समाचार

आत्माविश्वासका साथ परीक्षा दिदै तेजाव पीडित छात्रा

२०७१ चैत ५ गते १०:०४

काठमाण्डु,५ चैत- सामान्यतः अस्पतालको उपचार कक्षमा बिरामी रहनु स्वाभाविक हो । सङ्गीता मगर र सीमा बस्नेतचाहिँ बिरामीमात्र होइन,उपचारकक्षमै परीक्षार्थी पनि बनेका छन् । परीक्षाको तयारीका क्रममा ट्युसन सेन्टरमा पढ्न जाँदा गत महिना सङ्गीता र सीमाले अज्ञात व्यक्तिबाट अचानक तेजाब ९एसिड० प्रहारको सिकार हुनुपरेपछि उपचारस्थलमै...

सिन्डिकेट प्रणाली तोड्न गृहलाई निर्देशन

२०७१ चैत ५ गते ९:४६

काठमाण्डु,५ चैत- संविधानसभाको व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हितसम्बन्ध समितिअन्तर्गत गठित आपूर्ति र उपभोक्ता हितसम्बन्धी उपसमितिले गृह मन्त्रालयलाई उपभोक्तामा नकारात्मक असर पार्ने सबै आलोपालो प्रणाली (सिन्डिकेट) तोड्न निर्देशन दिएको छ । उपसमितिका संयोजक सुवासचन्द्र शाह ठकुरीको संयोजकत्वमा बसेको बैठकले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले...

सुत्केरी भएको २४ घन्टामै परीक्षा हलमा सावित्री

२०७१ चैत ५ गते ९:३७

जुम्ला,५ चैत- दुर्गा उच्च माध्यमिक विद्यालय लाम्रा परीक्षा केन्द्रमा लाम्रा–५ जुम्लाकी सावित्री नेपाली सुत्केरी भएको २४ घन्टाभित्र पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षामा सामेल भएकी छन् । बीस वर्षीया नेपालीले हिजो बेलुका साँझ करिब पौने ८ बजेतिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा छोरी जन्माएकी थिइन्...

जंगलमा विष्फोट, एक महिलाको मृत्यु

२०७१ चैत ५ गते ९:३२

काठमाण्डु, ५ चैत– प्यूठानको ओखरकोट–५, आलुखोलामा विष्फोटक पदार्थ विष्फोट हुँदा स्थानीय नमादेवी पोख्रेलको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार जंगलमा घाँस काट्न गएकी अन्दाजी ६२ वर्षकी पोख्रेलको विष्फोटमा मृत्यु भएको हो । युद्धकालमा माओवादीले लुकाएको बम विष्फोट भएको हुन सक्ने प्रहरीले अनुमान...

जवर्जस्ती करणी गरेको अभियोगमा शिक्षक पक्राउ

२०७१ चैत ५ गते ९:२७

पोखरा,५ चैत- आफू रहेकै विद्यालयकी एक छात्रालाई जर्वजस्ती करणी गरेको अभियोगमा कास्कीको लुम्ले गाविस–६ का ६२ वर्षीय डिलबहादुर गुरुङ घर्तीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बिहिबार पक्राउ गरेको छ । अभियुक्तले सो ठाउँमा रहेको सिद्धसिंहमा ‘वि’ को कक्षा ९ मा अध्ययनरत एक १६ वर्षीया छात्रालाई...

संगै बसेर चिया खाँदैमा पार्टी एकता हुँदैन ः थापा

२०७१ चैत ५ गते ९:१२

काठमाण्डु, ५ चैत–राप्रपाका वरिष्ठ नेता सुर्यबहादुर थापाले राप्रपा नेपालका नेताहरूसंग एकसाथ बसेर बढिमा चियामात्रै खान सकिने बताएका छन् । राप्रपा नेपालसंग शिद्धान्त नै नमिल्ने भएकोले एकताको सम्भावना टाढा–टाढासम्म पनि नरहेको उनले स्पष्ट पारेका छन् । आफ्नो ८८ औं जन्मदिनका अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा...

आर्थिक अभाव झेल्दै हात्तीपीडित दनुवार

२०७१ चैत ५ गते ९:१०

बिर्तामोड,५ चैत- दाउरा लिन गएका बेला हात्तीको आक्रमण परी घाइते भएका शनिअर्जुन–४ निवासी रविलाल दनुवारको आर्थिक अभावले उपचार गर्नलाई समस्या परेको छ ।   गत फागुन २७ गते बेलुका दहीझोडा सामुदायिक वनबाट दाउरा लिएर फर्किने क्रममा टाङ्टिङ खोलाको किनारमा उनलाई हात्तीले आक्रमण गरेको थियो...

जाजरकोटको दल्ली परीक्षा केन्द्रमा जन्मियो बच्चा

२०७१ चैत ५ गते ९:०१

जाजरकोट,५ चैत- जाजरकोटको एक एसएलसी परीक्षा केन्द्रमा बच्चा जन्मिएको छ । दल्ली परीक्षा केन्द्रमा परीक्षा दिने क्रममा बच्चा जन्मिएको हो । जुनी बाल संरक्षण मावि लहँ सिर्केकी आंशिकतर्फकी छात्रा पवित्रा सिंहले बच्चा जन्माएकी हुन् । परीक्षा सकिन आधा घन्टा बाँकी रहँदा उनलाई सुत्केरी बेथा...

मुख दिवसको अवसरमा देशव्यापी कार्यक्रम हुँदै

२०७१ चैत ५ गते ८:५१

काठमाण्डु, ५ चैत्र– नेपाल डेन्टल एशोसियसनले विश्व मुख स्वास्थ्य दिवस २०१५ का अवसरमा शुक्रबार देशव्यापी रुपमा ¥याली सहितको जनचेतनामूलक कार्यक्रमको आयोजन गर्ने भएको छ । बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी एशोसियसन नेतृत्वले सो जानकारी दिएको हो । एशोसियसनका अध्यक्ष डा.सुप्रभात श्रेष्ठले विगत...

परिषद् रोकेर बिस्तारित भेला गर्ने पाल नेतृत्वको युवासंघको निर्णय

२०७१ चैत ५ गते ८:४९

काठमाण्डु, ५ चैत– निरु पाल नेतृत्वको युवासंघले यहि चैत ६ र ७ गते हेटौंडामा गर्ने भनेको परिषद् बैठक रोक्ने निर्णय गरेको छ । एमाले भातृसंगठन युवासंघमा बढेको विवादले समानान्तर कमिटीले छुट्टाछुट्टै बैठक र भेला गर्ने तयारी गरेपछि पार्टीको अनुशासन आयोगले त्यसलाई रोक्न बुधबार पार्टीलाई...

चेतावनीयुक्त सन्देशले पायो एक करोड बराबरको पुरस्कार

२०७१ चैत ५ गते ८:४५

काठमाण्डु, ५ चैत– सुर्तीजन्य पदार्थको प्याकेटमा चेतावनीयुक्त सन्देश छाप्नु पर्ने अनिवार्य नियमबापत नेपाललाई एक अन्तर्राष्ट्रिय संस्थाले एक करोड रुपैयाँ बराबरको पुरस्कार दिएको छ । सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा उल्लेख्य काम गरेको भन्दै ब्लुमबर्ग फिलान्थ्रोपिज फाउण्डेसनले नेपाललाई यस्तो पुरस्कार दिएको हो । पुरस्कार स्वरुप एक...

ठड्याइयो शिवपुरीबाट ल्याइएको विस्केट जात्राको लिङ्गो

२०७१ चैत ५ गते ८:०३

काठमाण्डु,५ चैत- टोखामा एक महिनासम्म जारी रहने बिस्केट जात्राका लागि मंगलबार लिङ्गो ठड्याइएको छ । प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन विधिपूर्वक लिङ्गो उठाएपछि परम्परादेखि चल्दै आएको बिस्केट जात्रा सुरु भएको मानिन्छ । शिवपुरी राष्ट्रिय निकुञ्जबाट ल्याइएको करिब ६० फिट अग्लो लिङ्गोलाई मूल नाइकेले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us