समाचार

रक्सी खाएर बुहारीलाई छुरा प्रहार

२०७० फागुन १७ गते ६:४५

इलाम, १७ फागुन – इलामको चुलाचुली–२ का वीरबहादुर लावतीले शनिबार बिहान मादकपदार्थ सेवन गरी आफ्नै बुहारीलाई छुरा प्रहार गरेका छन् । घरमा अरू कोही पनि नभएको मौका छोपी वीरबहादुरले बुहारी दिलमाया लावतीको दाहिने पाखुरामा छुरा प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । छुरा प्रहार...

हिमपातले तीन महिनादेखि बाटो बन्द

२०७० फागुन १७ गते ३:५७

जाजरकोट, १७ फागुन –जाजरकोट र जुम्ला जोड्ने मूलबाटो हिमपातका कारण तीन महिनादेखि अवरुद्ध भएको छ । जिल्लाको वारेकोट क्षेत्रको नायकवाडा गाविसबाट जुम्ला जाने मूलबाटो अवरुद्ध भएको हो । प्रत्येक वर्ष हिउँदको समयमा यो बाटो अवरुद्ध हुँदा जाजरकोट र जुम्लावासीलाई महँगो भाडा तिरेर नेपालगन्ज वा...

नियमावली मस्यौदा समितिको बैठक जारी

२०७० फागुन १७ गते ३:१६

काठमाण्डु, १७ फागुन –संविधानसभा नियमावली मस्यौदा समितिको बैठक बसिरहेको छ । शुक्रबार अन्तिमरुप दिने भन्दै दिनभरी भएको छलफलमा सहमति नजुटेपछि फेरि छलफल भइरहेको हो । पाँच वटा समितिमा सहमत भएका सभासद्हरु त्यसको कार्याक्षेत्रका विषयमा असहमत भएपछि अन्तिम निर्णय हुन नसकेको हो । सद्भावना पार्टीका...

सुदूरपश्चिमको जनजिवन प्रभावित

२०७० फागुन १७ गते २:२९

काठमाण्डु, १७ फागुन –सुदूरपश्चिमका केही जिल्लामा तीन दिनदेखि परेको पानीले जनजीवन प्रभावित बनेको छ । सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा, बझाङलगायतका क्षेत्रमा बिहीबार रातिदेखि पानी परिरहेको छ । वर्षाका कारण चिसो अत्याधिक बढेकाले उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम फिल्ड कार्यालय...

एमालेको केन्द्रीय कमिटिको बैठक चल्दै

२०७० फागुन १७ गते २:२५

काठमाण्डु, १७ फागुन –नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बसिरहेको छ । पार्टी मुख्यालय बल्खुमा जारी बैठकमा मुलुकको पछिल्लो राजनैतिक अवस्था, नवौं महाधिवेशनको तयारी लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ । शुक्रबारको बैठकमामा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्री चयनमा संस्थागत छलफल नभएको...

आज किसुनजीको श्राद्ध

२०७० फागुन १७ गते १:५८

काठमाण्डु, १७ फागुन – नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आज श्राद्ध गरिंदैछ । भट्टराई आश्रम बाँडेगाउँमा उनको श्राद्ध गरिने तत्कालिन सहयोगी अमिता कपालीले जानकारी दिइन् । श्राद्धमा काँग्रेस नेताहरु, अनुयायी र समर्थकलाई बोलाइएको उनले बताइन् । भट्टराईको स्मृति दिवस भने फागुन...

दक्षिणा बुझेर फर्किदै साधुसन्त

२०७० फागुन १७ गते १:१६

काठमाण्डु, १७ फागुन –शिवरात्रीको अवसरमा पशुपति आएका साधुसन्तलाई आज विदाई गरिदैछ । शनिवार बिहान साधुसन्तको विदाई हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिको दर्शनका लागि आएका साधुसन्तलाई हेरक वर्ष कोष र गुठी संस्थानले भेटी, दान दक्षिणा र उपहार दिएर विदाई गर्ने गरेका...

मोहन वैद्य स्वदेश फिर्ता

२०७० फागुन १६ गते १५:२२

काठमाण्डु, १६ फागुन– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य दुई साता लामो युरोप भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन् । सचिव देव गुरुङका साथ पार्टीसम्बद्ध जनप्रगतिशील मोर्चाको कार्यक्रममा भाग लिन त्यसतर्फ गएका वैद्यले बेल्जियममा युरोपभरका कार्यकर्तालाई जम्मा गरेर कार्यक्रम गरेका  थिए । सचिव गुरुङले भ्रमणको...

मस्यौदा समितिमा विवाद, काँग्रेस– एमालेले पेल्न खोजेको सानाको आरोप

२०७० फागुन १६ गते १४:४४

काठमाण्डु, १६ फागुन– दुई ठूला दल कांग्रेस र एमालेले पेल्न खोजेको भन्दै संविधानसभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिमा विवाद भएको छ । बिहीबारको सहमतिविपरीत कांग्रेस–एमालेले जथाभावी मस्यौदा संशोधन गरेको भन्दै समितिमा रहेका अन्य दलका प्रतिनिधिले विरोध गरेका हुन् । विषयगत तीन र प्रक्रियागत  दुईवटा समिति...

शिक्षक सेवा आयोगको नतिजा सार्वजनिक गर्न अख्तियारको निर्देशन

२०७० फागुन १६ गते १४:३३

काठमाण्डु, १६ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक सेवा आयोगको स्थायी शिक्षक पदपूर्तिसम्बन्धी परीक्षाको नतिजा छिटो प्रकाशित गर्न शिक्षक सेवा आयोगलाई निर्देशन दिएको छ । नतिजामा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले यसअघि परीक्षाफल रोक्न निर्देशन दिएको थियो । अख्तियारले शुक्रबार विज्ञप्ति जारी गर्दै...

प्रचण्डलाई कतारपछि अन्य देशका मजदुरको निम्तो

२०७० फागुन १६ गते १४:३२

काठमाण्डु, १६ फागुन – मलेसिया र दुबईका नेपाली श्रमिकहरुले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरुको पारिश्रमिक वृद्धिका लागि पहल गरिदिन आग्रह गरेका छन् । केही दिनअघि प्रचण्डले कतारका प्रधानमन्त्री अब्दुल्लाह विन नासिर विन अल थानी र श्रममन्त्री अव्दुल्लाहा सलेह अल खुलैफीलाई भेटेर नेपाली...

नेपाली प्रधानमन्त्री भन्छन्, ‘टनकपुर भारतकै हो’

२०७० फागुन १६ गते १३:२८

काठमाण्डु, १६ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले टनकपुर कहिले पनि नेपाली भूमि नरहेको बताएका छन् । शुक्रबार नेपालगञ्जमा डेमोक्रेटिक लयर्स एसोसिएसनको महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै कोइरालाले टनकपुर भारतकै भूमि भएको बताए । ‘टनकपुर भारतकै भूमि हो,’ उनले भने, ‘गिरिजाबाबुले बेचेको भनेर अनावश्यक प्रचार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us