समाचार

सीमा र संगीतालाई एसिड हान्ने पक्राउ, प्रहरीले ११ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

२०७१ चैत ६ गते ३:१७

काठमाण्डु, ६ चैत–  दुई युवतीमाथि एसिड प्रहार गर्ने फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्त जीवन बिकलाई प्रहरीले आजै ११ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ । हनुमान ढोका प्रहरीले समातेर काठमाण्डु प्रहरीलाई बुझाएको प्रहरी प्रवक्ता नारायणसिंह  खडकाले जानकारी...

डोटीमा ढुङ्गाले च्याप्पिएर तीनको मृत्यु

२०७१ चैत ६ गते ३:०२

डोटी, ६ चैत– डोटीमा ढुङ्गा निकाल्दै गर्दा च्यापिएर तीन जनाको मृत्यु भएको छ । डोटी जिल्लाको उत्तरमा पर्ने डौड गाविसको भल्मा भन्ने ठाउँमा घरको छाना छाउने ढुङ्गा निकाल्ने क्रममा बिहीबार च्याप्पियर तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।...

ओली पक्षधरले नेपाल पक्षीय युवासंघ नेताको टाउको फुटाए

२०७१ चैत ५ गते १५:३३

काठमाण्डु, ५ चैत-एमाले युवा संघका सचिव अशोक चन्दमाथि अज्ञात व्यक्तिले आक्रमण गरेका छन् । आक्रमणबाट उनको टाउकोमा चोट लागेको छ । चन्द नेता माधवकुमार नेपाल पक्षधर हुन् । नेपाल पक्षीय युवा संघको बागबजारस्थित हार्दिक होटलमा बसेको बैठकन्मा सहभागी भएर घर फर्कने क्रममा राति करिब...

अख्तियारको निशानामा परे नापी सर्वेक्षक

२०७१ चैत ५ गते १४:२५

काठमाण्डु,५ चैत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिने रुपन्देही नापी कार्यालयका नापी सर्वेक्षक रामराज यादवविरुद्ध बिहिबार आरोपपत्र दायर गरेको छ । नापी सर्वेक्षक यादवले जग्गा हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ६ हजार घुस लिएको पुष्टि भएकाले कानुनबमोजिम सजायको मागदावीका साथ विशेष अदालतमा आरोपपत्र...

पेट्रोल चोर्ने आफ्नै सहकर्मी खोज्दै प्रहरी

२०७१ चैत ५ गते १४:२०

काठमाण्डु,५ चैत- नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालस्थित पेट्रोलपम्पमा भएको अनियमितता छानविन गर्न प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालको अध्यक्षतामा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले बिहिबार जारी गरेको विज्ञप्तिअनुसार छानविन समितिमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखाका प्रहरी...

आयुष्मान लिखिएको कुभिन्डो भेट्टियो, भगवान भन्दै पूजा गर्नेको भिड

२०७१ चैत ५ गते १४:०३

मोरङ, ५ चैत– मोरङको कोशी हरैचा नगरपालीका–९ का स्थानीय कृषक किशोर रिजालको घरमा अचम्मको कुभिन्डो फलेको छ । रिजालको करेसाबारीमा फलेको कुभिन्डोमा आयुष्मान लेखिएको भेटिएपछि भगवान भन्दै पूजा गर्नेहरुको भिड लागेको हो । बुधवार साँझ खाने तरखरमा टिपेर पखाल्दा कुभिन्डोमा आयुष्मान लेखिएको देखेपछि कृषक...

प्रचण्डसँग नझुक्ने वैद्यको घोषणा

२०७१ चैत ५ गते १३:४३

काठमाण्डु, ५ चैत– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले ध्रुवीकरण र पार्टी एकताका नाममा प्रचण्ड नेतृत्वको एमाओवादीसँग नझुक्ने बताएका छन् । पार्टी सम्वद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघले बिहीबार राजधानीमा गरेको कार्यक्रममा उनले एकताका नाममा आत्मसमर्पण गर्न नसकिने बताए । वैद्यले एमाओवादीसँग सम्मानजनक एकताका लागि छलफल अघि...

जब नयाँ गभर्नरको मोबाइलमा सुमार्गीको फोन आयो…

२०७१ चैत ५ गते १३:३३

काठमाण्डु, ५ चैत– विवादास्पद व्यापारी अजयराज सुमार्गीले राष्ट्र बैंकका नवनियुक्त गर्भनर डा. चिरञ्जिवी नेपाललाई बधाई दिएका छन् । नेपाल गभर्नरमा नियुक्त भएको खबर पाउनेबित्तिकै टेलिफोन गरी सुमार्गीले उनलाई बधाई दिएका हुन् । अर्थमन्त्री रामशरण महत संयोजकत्वको समितिको सिफारिसमा बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई...

गोरखा सैनिक अधिकारबाट बञ्चित हुँदा १० खर्ब नोक्सान

२०७१ चैत ५ गते १३:३२

काठमाण्डु,५ चैत- ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरुको सत्याग्रह सङ्घर्ष समितिले सरकारले कुटनीतिक वार्ताको माध्यमबाट गोर्खालीलाई ब्रिटिससरह समान पेन्सन तथा औषधोपचारको व्यवस्था गर्न माग गरेको छ । बिहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक लालबहादुर घिसिङले ब्रिटिस सरकारले गरेको विभेदका कारण गोर्खालीले पाउनुपर्ने अधिकारबाट वञ्चित हुँदा...

नेपालमा सुन बेचेर हङकङ जान लागेका त्रिपास एयरपोर्टबाटै पक्राउ

२०७१ चैत ५ गते १३:३१

काठमाण्डु, ५ चैत– बुधबार राति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मनोहलाल त्रिपास असुधानी २ करोड ७३ लाखसहित पक्राउ परेका छन् । ४.४ किलो सुन नेपालमा बेचेर ड्रागन एयरबाट हङकङ जाने क्रममा उनको लगेज चेकगर्दा प्रहरीले सो रकम बरामद गरेको थियो । धेरै परिणाममा रकम बरामद भएपछि...

भतिजीको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्ने को ?

२०७१ चैत ५ गते १२:५६

झापा, ५ चैत– झापाको बाहुनडाँगीमा एक व्यक्तिले भतिजीको घाँटी रेटी हत्या गरेपछि आफूले पनि झुन्डिएर आत्महत्या गरेका छन् । बाहुनडाँगी–९ का ३४ वर्षीय उमेश राईले माइला दाजुकी छोरी २० वर्षीया अनिताको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भान्साकोठामा अनिताको...

सुरु भयो खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घको शिखर सम्मेलन

२०७१ चैत ५ गते १२:५४

काठमाण्डु,५ चैत- खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घको दोस्रो राष्ट्रिय शिखर सम्मेलन   बिहिबारदेखि सुरु भएको छ । दिगोपनका लागि सुचारुपन,सुशासन र प्रभावकारी लैङ्गिक सहभागितालाई विशेष जोड दिने, खानेपानी सरसफाइ र स्वच्छताको विकासमा आएका बाधा अड्चनलाई नीति निर्माता,नीति कार्यान्वयन पक्ष,उपभोक्ता र दातृ निकायको संयुक्त पहलमा फुकाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us