समाचार

एसएलसी दिदै किरियापुत्री

२०७१ चैत ६ गते ८:५९

झापा,६ चैत- झापाको शनिअर्जुन नगरपालिका–४ मा रहेको भानु उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट शुक्रबार दुई जना किरियापुत्रीले परीक्षा दिएका छन् । शनिश्चरे उच्च माध्यमिक विद्यालयका विद्यार्थी राजु भुजेल र यमुना भुजेलले दोस्रो दिनको नेपाली विषयको परीक्षा दिएको केन्द्राध्यक्ष रुपक दाहालले जानकारी दिए । उनीहरु...

सहयात्री दलहरुलाई बाहिर राखेर संविधान जारी हुनै सक्दैनः श्रेष्ठ

२०७१ चैत ६ गते ८:४९

मोरङ,६ चैत- एकीकृत नेकपा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतिबिना संविधान निर्माण गर्ने कुरा कहिल्यै पूरा हुन नसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्री दललाई बाहिर राखेर संविधान जारी हुन नसक्ने ठोकुवा गरे ।...

एसिड आक्रमणकारी पत्रकार सम्मेलनमै बेहोस भएपछि…

२०७१ चैत ६ गते ८:४४

काठमाण्डु, ६ चैत– बसन्तपुरमा ट्युसन पढिरहेका छात्रा संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गर्ने युवक पक्राउ परेका छन् । प्रहरीले धेरै दिनको खोजीपछि अन्ततः संगीताका परिवारजन डेरा गरी बस्ने घरमै डेरा लिएर बसेका जीवन बिकलार्इ समातेको हो । बिकलाई शुक्रबार बिहान ११ बजे...

बालबालिकामाथि हुने हिंसा रोक्न २२ हजार हस्ताक्षर

२०७१ चैत ६ गते ८:३७

काठमाण्डु,६ चैत- बालबालिका तथा किशोरकिशोरीमाथि हुने विभिन्न प्रकारका हिंसाका विरोधस्वरुप सङ्कलित २२ हजार हस्ताक्षर शुक्रबार बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान(सिजप)लाई हस्तान्तरण गरिएको छ । शुक्रबार राजधानीमा आयोजित मानवअधिकार विश्वव्यापी आवधिक समीक्षा कार्यक्रममा बालबालिका तथा किशोरकिशोरीका सवाललाई प्राथमिकताका साथ उठाउँदै सो हस्ताक्षर सङ्कलन...

संविधानसभालाई कमजोर हुनबाट बचाऊः महत

२०७१ चैत ६ गते ८:१९

चितवन,६ चैत- अर्थमन्त्री रामशरण महतले संविधानसभाको बैठक यथाशीघ्र डाकेर संविधान निर्माणको प्रक्रिया थाल्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानसभाको अधिकार हनन गर्ने कसैलाई नभएकाले विवाद मिलाउने नाममा लामो समय संविधानसभा रोक्न नमिल्ने बताए । सभाध्यक्षले यथाशीघ्र...

नेपालले भने,‘स्थानीय निर्वाचन नुहँदा समस्या सिर्जना भयो’

२०७१ चैत ६ गते ८:१२

रौतहट,६ चैत- नेकपा एमालेका नेता माधवकुमार नेपालले स्थानीय निकायमा जनप्रतिनिधि नभएका कारण स्वास्थ्यलगायत विकास निर्माणका कार्य प्रभावित भइरहेको बताएका छन् । शुक्रबार रौतहटको चन्द्रनिगाहापुरमा आयोजित दिगो फोहोर मैला व्यवस्थापनका चुनौती तथा अवसर विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा...

सडक दुर्घटनामा ट्रक चालकको मृत्यु

२०७१ चैत ६ गते ७:४८

कावासोती,६ चैत- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको तिलकपुर–७ बासामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा ट्रकका चालक चितवन कुमरोज–१ का सूर्य राउतको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार विपरीत दिशातर्फ गुडिरहेका ना१ख ९१३६ नंको ट्रक र ना४ख ३४८ नंको बस एकापसमा ठक्कर खाँदा ट्रक...

यी हुन् सीमा र संगितालाई एसिड हान्ने युवक

२०७१ चैत ६ गते ७:१२

काठमाण्डु, ६ चैत– दुई किशोरी सीमा बस्नेत र संगिता मगरमाथि बसन्तपुरको एक इन्स्टिच्युटमा पढ्न गइरहेको समयमा एसिड प्रहार गर्ने जीवन विकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले विकलाई काठमाण्डुको टोखा–६, विनायकमार्गमा रहेको उसैको कोठाबाट बिहीबार राति ११ बजे पक्राउ गरी शुक्रबार बिहान...

आधा दर्जन सरकारी कार्यालय भाडाकै भरमा

२०७१ चैत ६ गते ४:५८

सप्तरी ६ चैत– सप्तरीको सदरमुकाम राजविराजमा रहेका करिब आधा दर्जन सरकारी कार्यालय आफ्नो भवन नहुँदा भाडामा सञ्चालन भइरहेका छन् । सप्तरीस्थित राजविराजमा रहेको भूमिसुधार कार्यालय, नापी शाखा कार्यालय, जिल्ला आयुर्वेद उपचार केन्द्रको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्राविधिक कार्यालय, कृषि...

पर्यटकीय जिल्ला मुस्ताङमै छैन होम स्टे

२०७१ चैत ६ गते ४:४५

मुस्ताङ, ६ चैत– हिमाली जीवनशैली, हिमश्रृङखला, भू–बनोट, धार्मिक स्थल र प्राकृतिक सुन्दरतामा रमाउन मुस्ताङमा बर्सेनि हजारौँ पर्यटक भित्रिन्छन् । अन्नपूर्ण पदमार्गको मुख्य गन्तव्यभित्र पर्ने मुस्ताङमा पछिल्लो वर्षहरूमा बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको छ । तर, जिल्लामा भित्रिने पाहुनालाई आफ्नो जीवनशैली, स्थानीय...

श्रीमतीका नाममा फेसबुक चलाउँछन् प्रचण्ड

२०७१ चैत ६ गते ३:५३

काठमाण्डु, ६ चैत– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हरेक विषयमा प्रष्ट बुझिने गरी भाषण र प्रशिक्षण दिन सक्छन् । खास गरी पार्टीका आन्तरिक बैठक र प्रशिक्षणहरुमा उनले विज्ञान र प्रविधिको कुरा ल्याएकै हुन्छन् । कम्युनिष्ट आन्दोलन परम्परागत ढर्राबाट मात्र अघि जान सक्दैन भन्ने...

सुदूरपश्चिममा एचआइभी सङ्क्रमितको सङ्ख्या छ हजार नाघ्यो

२०७१ चैत ६ गते ३:३९

कञ्चनपुर, ६ चैत– सुदूरपश्चिममा एचआइभी एडस सङ्क्रमितको सङ्ख्या बर्सेनि बढ्न थालेको छ । पछिल्लो एक वर्षमा मात्रै सुदूरपश्चिमा तीन सय ५० एचआइभी सङ्क्रमितको सङ्ख्या थपिएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलको पछिल्लो तथ्याङ्कअनुसार सुदूरपश्चिमभर एचआइभी सङ्क्रमितको सङ्ख्या छ हजार दुई सय नाघेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us