समाचार

सभासद् मनोनयनबारे प्रधानमन्त्री कार्यालयको जवाफ

२०७० फागुन २० गते १३:१८

काठमाण्डु, २० फागुन – संविधानसभामा मनोनयन गरिने २६ सभासद्का सम्बन्धमा दायर रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सर्वोच्च अदालतमा जवाफ पेश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रिपरिषद् कार्यालय छुट्टा–छुट्टै निकाय भएको र यस कार्यालयलाई सभासद् नियुक्ति गर्ने अधिकार कानुनले प्रदान नगरेकाले विपक्षी...

एकीकृत विकास योजना आवश्यक : मन्त्री सिंह

२०७० फागुन २० गते १२:२७

काठमाण्डु, २० फागुन – उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले काठमाण्डु, ललितपुर तथा भक्तपुर जिल्लाको सबै भूगोललाई समेटी एकीकृत विकास योजना बनाउन आवश्यक भएको बताएका छन् । जिल्ला विकास समिति काठमाण्डुको सातौँ जिल्ला परिषद्बाट पारित आर्थिक वर्ष २०७१/०७२ को नीति, कार्यक्रम...

कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखामा पौडेल

२०७० फागुन २० गते ११:५६

काठमाण्डु, २० फागुन – नेपाल पत्रकार महासंघ कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखामा श्रीधर पौडेलको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार भएको शाखाको चौथो अधिवेशनबाट उपाध्यक्षमा मदन खनाल, सचिवमा सविन मिश्र, कोषाध्यक्षमा सिल्भिया राजोपाध्याय र सहसचिवमा राजेन्द्र शाक्य चयन भएका छन् । सदस्यहरुमा...

बिमस्टेकको अध्यक्षता नेपाललाई

२०७० फागुन २० गते १०:३०

२० फागुन, काठमाण्डु – बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी बंगालको खाडीको प्रयास ‘बिमस्टेक’को अध्यक्षता नेपालले पाएको छ । म्यानमारमा भएको तेस्रो शिखर सम्मेलनले नेपाललाई अध्यक्षता प्रदान गरेको हो । यसअघि बिमस्टेकको अध्यक्ष राष्ट्र म्यानमार रहेको थियो । सम्मेलनले नेपाललाई अध्यक्षता प्रदान गर्नुका साथै श्रीलंकाली...

अब एसएमएसबाटै सवारीको सुरक्षा

२०७० फागुन २० गते ८:५६

चितवन, फागुन – मोबाइलको एसएमएसबाटै सवारी साधनको सुरक्षा गर्न सकिने प्रविधिलाई चितवनमा प्रयोगमा ल्याउन थालिएको छ । सुरक्षा ट्रेडिङ सेन्टर, नारायणगढले चितवनमा यस्तो प्रविधि भित्र्याएको हो । आफ्नो मोबाइलको सहायताले आफ्नो सवारी साधनको अवस्था बुझ्न सकिने अत्याधुनिक इलेक्ट्रोनिक प्रणालीको विकास गरिएको ओरियन्टल सेक्युरिटी सर्भिसका...

लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

२०७० फागुन २० गते ८:३७

नेपालगन्ज, २० फागुन – बाँके जिल्ला इलाका प्रहरी कार्यालय जमुनहाबाट खटिएको विशेष प्रहरी टोलीले भारतबाट ल्याउँदै गरेको पाँच ग्राम लागुऔषध ब्राउनसुगरसहित एक जनालाई मंगलबार पक्राउ गरेको छ । प्रहरीका अनुसार, भारतको रुपैडिहा बजारबाट नेपालगन्ज ल्याउँदै गरेको सो लागुऔषधसहित कोहलपुर निवासी शङ्कर श्रेष्ठलाई पक्राउ गरिएको...

नियमावली मस्यौदा समितिको म्याद थपियो

२०७० फागुन २० गते ७:३७

काठमाण्डु, २० फागुन – संविधानसभाले संविधानसभा नियमावली मस्यौदा समितिको कार्यावधि आउँदो २७ गतेसम्मका लागि थप गरेको छ । संविधानसभाको मंगलबारको बैठकले नियमावलीमा उठेका दुई÷तीनवटा विषयमा रहेको विवाद टुङ्ग्याउन बाँकी रहेको तथा छपाइलगायतका प्राविधिक काम सक्नेसमेत समय अपुग भएको भन्दै सो समितिको म्याद थपेको हो...

विद्यालय भवन नहुँदा रुखमुनि पठनपाठन

२०७० फागुन २० गते ७:०३

कञ्चनपुर, २० फागुन – कञ्चनपुरको देखतभूली–६ बसन्तपुरमा रहेको सिद्धनाथ प्राथमिक विद्यालयमा भवन अभावका कारण विद्यार्थीलाई रुखमुनि राखेर पढाउने गरिएको छ । अधिकांश दलित र जनजातिका बालबालिका मात्रै अध्ययन गर्ने विद्यालयमा दुईकोठे पक्की र दुईकोठे अर्धपक्की भवन मात्रै रहेका छन् । भवनको तुलनामा विद्यार्थीको सङ्ख्या...

विजयकुमार गच्छदारलाई बोल्न प्रतिवन्ध

२०७० फागुन २० गते ५:४९

काठमाण्डु, २० फागुन – केही समय भयो, मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष एवं संसदीय दलका नेता विजयकुमार गच्छदारको बोली सुन्न पाइएको छैन । उनी न संविधानसभा, न त व्यवस्थापिका संसद वा अन्यत्र कतै सार्वजनिक समारोहमा भाषण गरेको वा कुराकानी गरेको नै सुन्न पाइएको छ...

कंगोमा नेपाली सेनाको टोलीमाथि ग्रिनेड प्रहार

२०७० फागुन २० गते ५:२४

काठमाण्डु, २० फागुन – शान्ति स्थापनार्थ कंगोमा खटिएको नेपाली सेनाको टोलीमाथि अज्ञात समूहले गिनेड आक्रमण गरेको छ । सोमबार अज्ञात समूहको ग्रिनड प्रहारबाट ६ जना नेपाली सैनिक घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । कंगोको माभिवि बिमानस्थलका लागि सामग्री ल्याउदै गर्दा स्कर्टिङमा खटिएको...

काँग्रेसले खानेपानी परियोजनाको निगरानी र खबरदारी गर्ने

२०७० फागुन २० गते ४:१८

इटहरी, २० फागुन । नेपाली काँग्रेसले एसियाली विकास बैंकको लगानीमा धरानमा प्रारम्भ भएको खानेपानी परियोजनाको निर्माण र परीक्षण अवधिभर भ्रष्टाचार, ढिलासुस्ती र अनावश्यक खर्च हुन नदिन, हालकै महसुल दर वा न्यूनतम महसुल दर निर्धारण गराउन तथा पारदर्शिताका लागि निरन्तर निगरानी र खबरदारी गर्ने भएको...

भारत–चीन सडक निर्माणको अवरोध खुल्यो

२०७० फागुन २० गते ४:१७

सङ्खुवासभा, २० फागुन – विगत एक वर्षदेखि अवरुद्ध कोसी राजमार्गको विवाद मिलेपछि भारत–चीन जोड्ने सो सडक निर्माणको बाटो खुलेको छ । आफूहरुले भनेको ठाउँबाट सडक नखने सडक निर्माण कार्य अघि बढ्न नदिने भन्दै सडक निर्माणका सम्पूर्ण सामग्री कब्जामा लिई आन्दोलनमा उत्रेका पाथिभरावासीले हेदाङ्ना गढीबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us