समाचार

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

२०७१ चैत ७ गते ६:१८

सिराह, ७ चैत– सिरहाको सिलौरा पछवारी–९ स्थित नहरमा फसेको एउटा ट्र्याक्टर बाहिर निकाल्ने क्रममा आज बिहान अर्को ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । नहरमा फसेको स१त ३६७५ न।को गिट्टी लादिएको ट्र्याक्टरलाई नहरबाट बाहिर निकाल्ने क्रममा स१त ५७८ नंको अर्को ट्र्याक्टर पल्टिँदा सो ट्र्याक्टरका...

तीन दिनपछि शव बुझे मृतकका परिवारले

२०७१ चैत ७ गते ६:०१

सिन्धुपाल्चोक, ७ चैत– सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानी आयोजना कम्पनीअन्तर्गत सिएमसी इटलीको ग्यालथुम अडिटमा तीन दिनअघि सुरुङभित्र मृत्यु भएका सिन्धुली–४ हतपत्तेका ३० वर्षीय सुरेशबहादुर सुनुवारको शब परिवारले बुझेका छन् । मृतकका परिवारलाई एकमुष्ट रु १५ लाख तथा मृतकका श्रीमतीलाई सिएमसीमै जागिर दिने सहमतिपछि परिवारले आज...

राष्ट्रवादीको एकता कायम गर्ने भन्दै लावतीले बनाए ९ दलीय कार्यदल

२०७१ चैत ७ गते ४:५५

काठमाण्डु, ७ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लावती समूहले समान विचारधारा भएका दल, समूह र व्यक्ति विशेषसँग एकता वार्ता गर्ने भनी ९ दल सम्मेलित कार्यदल निर्माण गरेको छ । लावती समूहले राष्ट्रवादी एकतामा जोड दिँदै देशमा रहेका राष्ट्रवादी शक्तिलाई एकत्रित गरी राजनीतिक निकास प्रदान...

आलु गोदाममा आगलागी, दुई लाखभन्दा बढीको आलु डढेर नष्ट

२०७१ चैत ७ गते ४:२३

उदयपुर, ७ चैत – उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित गाईघाट बजारको तरकारी बजारको एक आलु गोदाममा गएराति आगलागी भएको छ । राति जोगेन्द्र साहको आलु गोदाममा आगलागी हुँदा गोदामघर पूर्णरुपमा जलेर नष्ट भएकोे छ । आगलागीबाट झन्डै रु दुई लाख ५० हजार बराबरको क्षति भएको...

चितवनमा चेपाङ र तामाङ परिवारलाई सोलार

२०७१ चैत ७ गते ४:०१

चितवन ७ चैत – आर्थिक अभावले सोलार किन्न नसकेका चितवनको विकट कोराकका विपन्न ४८ चेपाङ र तामाङ परिवारले सोलार बत्ती पाएका छन् । अगुल्टो बालेर साँझ बिहान टार्ने उनीहरू लक्ष्मी प्रतिष्ठानको अगुवाइमा सोलार पाएपछि खुसी भएका छन् । चेपाङहरूकै क्षेत्रमा काम गर्ने संस्था लक्ष्मी...

झापा कारागारबाट फरार कैदी भारतको पूर्णियामा पक्राउ

२०७१ चैत ७ गते ३:१६

झापा, ७ चैत – झापा कारागारबाट फरार कैदी कमल सेख हुसेन मिँया गएराति भारतको पूर्णियाबाट प्रक्राउ परेका छन् । भारतीय प्रहरीको सहयोगमा उनलाई पूर्णियास्थित एक घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चोरी मुद्दामा फागुन १३ गते पुर्पक्षका लागि झापा कारागार...

‘ह्यारी पोटर’की लेखिका जेके रोलिङ नेपालमा

२०७१ चैत ७ गते २:४३

काठमाण्डु, ७ चैत– ‘ह्यारी पोटर’ लेखेर संसारभर चर्चामा आएकी बेलायती लेखिका जेके रोलिङले आफूलाई स्वागत गर्न बसेका ब्रिटिस विद्यार्थीलाई शुक्रबार आफ्नो उपन्यासको पहिलो अनुच्ेछ सुनाएर धन्यवाद दिइन् । निजी विमानबाट बुधबार बिहान राजधानी ओर्लिएकी रोलिङले ब्रिटिस स्कुलका विद्यार्थीमाझ उपन्यास लेख्दा र त्यसपछिका दिनको अनुभव...

लोमान्थाङ पर्यटकका लागि खुल्ला गरियो

२०७१ चैत ७ गते २:४१

  मुस्ताङ, ७ फागुन – बाक्लो हिमपातका कारण बन्द भएको लोमान्थाङ पर्यटकलाई खुल्ला गरिएको छ । बाटोमा जमेको हिउँ पग्लेका कारण पर्यटकहरू लोमान्थाङ जान थालेका छन् । फागुन दोस्रो साता तीन दिनसम्म निरन्तर हिउँ परेका कारण बन्द गरिएको लोमान्थाङ मौसममा सुधार आएका कारण भ्रमण...

इलामको महमाईमा घुम्ती शिविर

२०७१ चैत ७ गते २:३५

  इलाम, ७ चैत – इलामको दक्षिणी गाविस महमाईमा दुईदिने घुम्ती शिविर सुरु गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयले महमाईका बासिन्दालाई लक्षित गरेर सञ्चालन गरेको सो शिविरमा फोटोसहितको मतदाता नामावली, कम्प्युटरबाट नागरिकता वितरण, माटो शिविर, अपाङ्गता परिचयपत्र वितरण, पशु स्वास्थ्य शिविर, स्वास्थ्य परीक्षणलगायत काम...

बाग्लुङमा होमस्टेले बढायो आम्दानी

२०७१ चैत ७ गते २:२८

बागलुङ, ७ चैत – जिल्लाको होमस्टे गाँउको रुपमा परिचय बनाएको भकुण्डेमा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने क्रम बढेको छ । तीन वर्ष अघिदेखि सञ्चालित होमस्टेको प्रचारप्रसारसँगै पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । पर्यटकको सङ्ख्यामा भएको वृद्धिसँगै भकुण्डेवासीको आम्दानीसमेत बढ्न थालेको छ । होमस्टेमा विशेषगरी...

परोपकारी पत्रकार मञ्च गठन

२०७१ चैत ७ गते २:२१

  बझाङ, ७ चैत – जिल्लामा रहेका दीनदुखी, असहाय तथा गरिबको सहयोगका लागि बझाङ जिल्लाका पत्रकारले परोपकारी पत्रकार मञ्च गठन गरेको छ । शुक्रबार जिल्लास्थित सञ्चारकर्मीको भेला भई जिल्लामा रहेका दीनदुखीलाई सहयोग गर्ने उद्देश्यले ११ सदस्यीय मञ्च गठन गरिएको हो । मञ्चको अध्यक्षमा जगदिश...

तरकारी उत्पादनमा आत्मनिर्भर बन्दै जाजरकोट

२०७१ चैत ७ गते २:१९

जाजरकोट, ७ चैत – पहाडी जिल्ला जाजरकोट तरकारी उत्पादनमा आत्मनिर्भर बन्न थालेको छ । गाउँगाउँमा व्यावसायिक तरकारी खेती हुन थालेपछि जिल्ला तरकारीमा आत्मनिर्भर बन्न थालेको हो । अहिले किसान धमाधम परम्परागत खेती छोडेर व्यावसायिक तरकारी खेतीतर्फ लाग्न थालेका छन् । परम्परागत खेतीबाट जीवन गुजरा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us