काठमाण्डु, ७ चैत– काठमाण्डु महानगरपालिका–२९ ठमेलस्थित पर्पल हेज गजल बारमा दुई जनालाई कुटपिट गरी घाइते बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर दुवाकोट–६ बस्ने २५ वर्षीय आशिष खत्री, काठमाण्डु लैनचौर बस्ने सिन्धुपाल्चोक चौताराका ३० वर्षीय भुपेन्द्र तामाङ र दुवकोट बस्ने...
मोरङ, ७ चैत– केराबारी–२ स्थित सामुदायिक बनबाट केराबारी–३ बस्ने २९ वर्षीय यज्ञबहादुर लिम्बु र केराबारी–२ बस्ने ४० वर्षीय यज्ञबहादुर बस्नेतलाई १ नाल लोड भएको भरुवा बन्दुकसहित शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
काठमाण्डु,७ चैत- निवृत्त कर्मचारीले बहालवाला कर्मचारीको तलब वृद्धि हुँदा आफूहरुलाई ६६ प्रतिशत मात्र निवृत्तिभरण वृद्धि गर्ने व्यवस्था खारेज गरी समान तह समान तलब वृद्धिको व्यवस्था हुनुपर्ने माग गरेका छन् । नेपाल राष्ट्रिय निवृत्त कर्मचारी सङ्घले आफ्नो पाँचौँ साधारणसभाको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा निवृत्त...
सर्लाही,७ चैत- एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले गिरिजाप्रसाद कोइरालाको अवसानसँगै मुलुकमा परिवर्तनसहितको नयाँ संविधान निर्माण अभियान कमजोर बनेको बताएका छन् । शनिबार सर्लाहीको हरकठवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले १२ बुँदे समझदारी, गणतन्त्र स्थापना,धर्म निरपेक्षता,सङ्घीयता,समावेशी,समानुपातिक प्रणालीसहितको परिवर्तनमा उनको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे...
काठमाण्डु, ७ चैत– एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई दासप्रथाबारे बोल्न लगाइयो भने उनले भाषण यसरी सुरु गर्नसक्छन्, ‘वर्तमान परिप्रेक्ष्यमा दासप्रथा नेपालबाट हटिसकेको छ ।’ नेता नेपालले यदि यसो भनी नै हाले पनि त्यो अनौठो हुनेछैन । किनभने ‘वर्तमान परिप्रेक्ष्य’ भनेको उनको थेगो हो । नेता...
काठमाण्डु, ७ चैत– एमाले नेता माधवकुमार नेपालले युवा संघको असन्तुष्ट पक्षको विचार गोष्ठीमा नेपालका प्रख्यात हास्यजोेडी कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको ‘जाली कुस्ती’ शिर्षकको कथा सुनाए । शनिबार बागबजारमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्नेक्रममा नेता नेपालले संस्थापन पक्षले पार्टीभित्र जाली खेल खेल्ने गरेको...
काठमाण्डु, ७ चैत– एमाले नेता माधवकुमार नेपालले युवा संघलाई रक्त चन्दन तस्कर, गुण्डाहरु र पैसा उठ्ती पुठ्ती गर्नेहरुबाट बचाउनु पर्ने बताएका छन् । युवा संघमा महेश बस्नेतले मैले जे गरे त्यहि निर्णय हो भन्ने गरेको आफूले सुनेको चर्चा गर्दै नेता नेपालले भने, ‘ मलाई...
हेटौंडा, ७ चैत–युवा संघको संस्थापन पक्षले हेटौंडामा शनिवार गरेको दोश्रो विस्तारित भेलालाई एमाले उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेलले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा दुवै नेताले युवासंघभित्रको विवादबारे केहि उच्चारण गरेनन् । काठमाण्डु फर्कनु पर्ने हतारो जनाउँदै शुरुमै बोलेका कार्यक्रमका प्रमुख अतीथि...
काठमाण्डु,७ चैत-उपराष्ट्रपति परमानन्द झाले नयाँ संविधानमा हिन्दी भाषालाई सम्पर्क भाषाका रुपमा मान्यता दिन उपयुक्त हुने बताएका छन् । अन्तर्राष्ट्रिय हिन्दी परिषद् नेपालले शनिबार ‘संविधान निर्माण प्रक्रियामा हिन्दी भाषाको स्थान’ विषयक अन्तक्र्रियामा उनले संविधानमा हिन्दी भाषालाई संवैधानिक मान्यता दिनुभन्दा पनि सम्पर्क भाषाका रुपमा राख्न उपयुक्त...
काठमाण्डु, ७ चैत– ५० औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (२१ मार्च) को सन्दर्भमा शनिबार जनयुद्ध पक्षधर तीनवटा दलित मोर्चाहरुले संयुक्त रुपमा मनाएका छन् । रिपोर्टर्स क्लब नेपालमा एमाओवादी निकट नेपाल राष्ट्रिय दलित मुक्ति मुक्ति मोर्चा, वैद्य माओवादी निकट दलित मोर्चा र विप्लव नेतृत्वको...
काठमाण्डु,७ चैत- नेकपा एमालेका स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले मुलुकमा २००७ सालपछि ६४ वटा सरकार परिवर्तन भएकाले स्थायित्व र शान्ति कायम हुन नसकेको बताएका छन् । नेकपा एमाले मजदुर विशेष जिल्ला कमिटी काठमाण्डुले शनिबार आयोजना गरेको छैटौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता...
मोरङ, ७ चैत– सरकारका मुख्य सचिव लीलामणि पौडेलले हरेक क्षेत्रमा राजनीति हुने गरेकाले मुलुकको विकासको गति ठप्प भएको बताएका छन् । उद्योग संगठन मोरङको ४३ औँ वार्षिक साधारणसभालाई विराटनगरमा सम्बोधन गर्दै पौडेलले न्याय दिने ठाउँमा पनि राजनीति भइरहेको बताए । उनले भने, ‘आफ्नो पक्षमा...