समाचार

अर्थमन्त्रीले सचिवहरुलाई भने, ‘बहानाबाजी नगर्नुस्’

२०७० फागुन २३ गते १३:२४

काठमाण्डु, २३ फागुन – पुँजीगत खर्च गर्न नसक्नेहरुले बहानाबाजी गर्न नसुहाउने अर्थमन्त्री डा. रामशरण महतले बताएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा महतले चालु आर्थिक वर्ष ०६९/०७० को विनियोजित पुँजीगत बजेटमध्ये २० प्रतिशत मात्र खर्च भएपछि सचिवहरुलाई खर्च नहुनाको कारणमा बहानाबाजी नगर्न सुझाव...

संविधानमा महिला आरक्षणको माग

२०७० फागुन २३ गते १३:१८

काठमाण्डु, २३ फागुन – संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीले हरेक क्षेत्रमा महिलाको पहुँच पु¥याउन निर्वाचनप्रणालीमै संशोधन गर्न जरुरी रहेको बताएकी छिन् । एक सय पैंतिसौँ  वौद्धिक समूहद्वारा १०४ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा शुक्रबार राजधानीमा आयोजित ‘महिला प्रतिनिधित्व न्यूनीकरणले उब्जाएका प्रश्नहरु र समाधानका उपाय’ विषयको...

प्राध्यापक–शिक्षामन्त्री भेट

२०७० फागुन २३ गते १२:३७

काडमाण्डु, २३ फागुन – त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक संघले शिक्षामन्त्री चित्रलेखा यादवलाई प्राध्यापक सङ्घको आन्दोलनलगायत विषयमा  ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष प्रा वासुदेव घिमिरे नेतृत्वको प्राध्यापकको टोलीले मन्त्री यादवलाई जारी प्राध्यापकको आन्दोलन, विश्वविद्यालयमा रिक्त पदहरुको मनोनयनलगायतका विषयमा ध्यानाकर्षण गराएको हो । प्राध्यापकसँग विश्वविद्यालय...

वैकल्पिक ऊर्जाको विकासमा जोड

२०७० फागुन २३ गते १२:३५

काठमाण्डु, २३ फागुन – मुलुकको ऊर्जा सङ्कटको समाधानका लागि वैकल्पिक ऊर्जालाई तीव्रतर रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एसियाली विकास बैंकद्वारा संयुक्त  रुपमा शुक्रबार राजधानीमा आयोजित ‘सबैका लागि ऊर्जा’ विषयक कार्यक्रममा सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।...

काँग्रेस–एमालेका नेता जिम्वेवार बन्नुपर्छ : खनाल

२०७० फागुन २३ गते ११:१६

काठमाण्डु, २० फागुन – एमाले अध्यक्ष झलनाथ खनालले एमाले र काँग्रेसका नेताहरुलाई जिम्वेवार बन्न आग्रह गरेका छन् । जनताले आफूहरुको काधमा संविधान निर्माणको जिम्मेवार सुम्पिएको भन्दै खनालले जिम्मेवार र होसियार भएर बोल्न आग्रह गरेका हुन् । महिला हिंसाविरुद्ध शुक्रबार बल्खुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै...

बामदेवलाई पम्फाको चुनौती

२०७० फागुन २३ गते १०:३९

काठमाण्डु २३ फागुन-गोरखाको फुजेल घटनाका बारेमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले दिएको अभिव्यक्ति प्रति नेकपा माओवादीकी प्रवक्ता पम्फा भुसालले चुनौती दिएकी छिन । गैरजिम्मेवार अभिव्यक्ति तुरुन्त सच्याउन,वेपत्ता नागरिक सार्वजनिक गर्न र सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत समस्या समाधान गर्न भुसालले गौतमसँग जोडदार माग गरेकी...

उड्दा उड्दै जल्यो विमान, यात्रुहरु सकुशल

२०७० फागुन २३ गते १०:३६

काठमाण्डु, २३ फागुन – नेपाल वायुसेवा निगमको ट्विनअटर विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलको रन वे छोडेको केहीबेरमै ‘9N Alfa Bravo Unicorm’ विमानको दायाँ इञ्जिन पड्किएको थियो । सो समय विमानमा क्याप्टेन सञ्जय वैद्य र को पाइलत प्रशान्त राई सहित...

बम बिस्फोटमा बालक घाइते

२०७० फागुन २३ गते १०:२७

काठमाण्डु, २३ फागुन –बेवारीसे अवस्थामा रहेको बम विष्फोट हुँदा सिरहामा एक बालक घाईते भएका छन् । सिरहाको नरहा बलकवा–९ का गोविन्द सदायका ७ वर्षीय छोरा अजय कुमार सदाय बम विष्फोटमा परी गंभीर घाईते भएका प्रहरीले जनाएको छ । घर जनीकैको कलभर्ट मुनि बेवारीसे अवस्थामा...

जिल्लाको विकासका लागि सभासद्हरु सङ्गठित

२०७० फागुन २३ गते १०:१८

चितवन, २३ फागुन – चितवन जिल्लाको विकासका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासद्हरु सङ्गठित रुपमा लाग्ने भएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनले आज आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी सबै सभासद्ले जिल्लाको विकासका लागि एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् । सभासद्हरुले एकदशक लामो...

लोकतन्त्रको जगमा विकास : उपसभापति पौडेल

२०७० फागुन २३ गते १०:००

ललितपुर, २३ फागुन – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले लोकतन्त्रको जगमा मात्रै मुलुकको आर्थिक–सामाजिक विकास सम्भव हुने बताएका छन् । नेपाल दलित संघद्वारा ललितपुरमा आयोजित प्रथम राष्ट्रिय दलित सदनको प्रथम बैठकको उद्घाटन गर्दै उपसभापति पौडेलले मुलुकमा विद्यमान दलितप्रतिको परम्परागत विभेद तथा वर्गवादी विसङ्गतिलाई हटाउन...

जेष्ठ नागरिकका समस्या राष्ट्रिय समस्या

२०७० फागुन २३ गते ८:५१

काठमाण्डु २३ फागुन ‘जेष्ठ नागरिकहरुको हेरचाह, आदर सम्मान र सुरक्षाको समस्या राज्य, समाज र परिवरको साझा राष्ट्रिय समस्या हो । राज्यले जेष्ठ नागरिकहरुका हक,हित र प्रतिष्ठा मागहरु जायज मागहरु तत्काल पूरा गर्नु पर्दछ । उनीहरुको एक बर्षदेखिको अटुट आन्दोलनलाई सम्मान गर्नु पर्दछ । उनीहरुले...

‘स्थानीय चुनावको मिति तोक्न प्रधामन्त्रीको तदारुकता देखिएन’

२०७० फागुन २३ गते ८:३०

नेकपा एमालेका एक नेताले स्थानीय चुनाव गर्नको लागि प्रधानमन्त्रीले तदारुकता नदेखाएकोले गुनासो गरेको भए पनि कांग्रेसका एक नेताले प्रधानमन्त्रीको वचाउ गर्दै आफ्नो पार्टी छिटो स्थानीय निकायको चुनावको पक्षमा रहेको दाबी गरेका छन्। संविधानसभाको दोस्रो ठुलो दल नेकपा एमालेले आफ्नो केन्द्रिय कमिटीको बैठकको निर्णय बिहिबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us