समाचार

जिउँदै आगो लगाइएकी गर्भवतीको मृत्यु

२०७० फागुन २५ गते ५:४८

सप्तरी, २५ फागुन– अन्तर्राष्ट्रिय नारी दिवसका दिन शनिबार शरीरमा मट्टीतेल खन्याएर आगो लगाइएकी एक गर्भवती महिलाको ज्यान गएको छ । जिउँदै आगो लगाइएकी राजविराज  नगरपालिका–७ का गुडु अन्सारीकी श्रीमती अन्दाजी २६ वर्षीया नजराना खातुनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको...

बेनी–जोमसोम सडक दस दिनपछि खुल्यो

२०७० फागुन २५ गते ५:०४

म्याग्दी, २५ फागुन – मर्मतका लागि दस दिनपहिले बन्द गरिएको हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा आइतबार बिहानदेखि सिधा सवारी सञ्चालन हुन थालेको छ । सडक विभाग पोखराले म्याग्दीको दाना गाविसको काभ्रे भीरखण्डमा पिसिसी ढलान गरी सडक मर्मत गर्नका लागि फागुन १५ गतेदेखि एक...

प्रधानमन्त्री र राणाबीच भेट

२०७० फागुन २५ गते ४:५८

काठमाडौँ, २५ फागुन – प्रधानमन्त्री सुशील कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणाबीच आज प्रधानमन्त्री निवास वालुवाटारमा भेटघाट भएको छ । भेटघाटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण, स्थानीय निर्वाचन र सरकारमा राप्रपाको सहभागिता विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले एक...

शंकरदेवमा दुइ घण्टा थुनिए बिद्यार्थी

२०७० फागुन २५ गते ४:३२

काठमाण्डु, २५ फागुन – हतियार सहित पक्राउ परेका नेविसंघका नेता शुभराम बस्नेतको रिहाई गर्दै बिद्यार्थीले तालबन्दी गरेपछि शंकरदेव क्याम्पसका चार हजार बिद्यार्थी दुई घण्टा थुनिएपछि मुक्त भएका छन् । उनीहरु कक्षाकोठामा थुनिएका थिए । बिद्यार्थीले बाहिरबाट गेटमा ताला लगाएपछि उनीहरु भित्रै थुनिएका हुन् ।...

नियमावली मस्यौदा समितिको बैठक बस्दै

२०७० फागुन २५ गते ४:२२

काठमाण्डु, २५ फागुन –संविधानसभा नियमावली मस्यौदा समितिको बैठक आज बस्ने भएको छ । विहान ११ बजेपछि बस्ने आजको बैठकमा सहमतिको अन्तिम प्रयास हुने भएको छ । सहमति कायम हुन नसकेमा प्रक्रियाबाट भएपनि टुंगो लगाउनुपर्ने निष्कर्ष समितिका सदस्यहरुले निकालेका छन् । संविधानको प्रमाणीकरण कसले गर्ने,...

प्रधानमन्त्री कोइरालाले राष्ट्रपति भेट्ने

२०७० फागुन २५ गते २:३१

काठमाण्डु, २५ फागुन –प्रधानमन्त्री शुशील कोइरालाले आज राष्ट्रपति रामबरण यादबसंग भेटबार्ता गर्ने भएका छन् । म्यानमार भ्रमणबाट फर्किए लगत्तै सरकार बिस्तार र नीति तथा कार्यक्रमको छलफल गर्ने बताएका थिए । राष्ट्रपति भबन शीतल निवासमा साँझ हुने भेटमा म्यानमार भ्रमण, सरकार बिस्तार र संबिधान निर्माणमा...

डाक्टरले सुत्केरीको पाठेघरमा कपडा छोडेपछि …

२०७० फागुन २५ गते १:५८

गुल्मी, २५ फागुन – सल्यक्रिया गरेर बच्चा निकाल्दा सुत्केरीको पेटमा कपडा (गजपिस) छोडको भन्दै तम्घास अस्पताल विरुद्ध जिल्ला प्रसाशन कार्यालय,गुल्मीमा उजुरी परेको छ । अर्खले–९ भाडगाउँकी ३४ वर्षीया राधा खत्रीको माघ २४ गते सल्यक्रिया गरी बच्चा निकालेपछि पेटभित्रै गजपिस छाडेकाले गम्भीर बिरामी भएको भन्दै...

प्याब्सन अध्यक्षमा केसी

२०७० फागुन २५ गते १:४७

काठमाडौँ, २५ फागुन – निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को बाह्रौँ राष्ट्रिय महाधिवेशनले लक्ष्यबहादुर केसीलाई अध्यक्षमा निर्वाचित गरेको छ । गएराति सम्पन्न निर्वाचनको मतगणनामा केसीले एक हजार नौ मत प्राप्त गरेका थिए । प्रत्याशी टिआर ढकालले २४३ मत प्राप्त मात्रै पाए । वरिष्ठ उपाध्यक्षमा...

महिलालाई जिउँदै जलाएर मार्ने प्रयास

२०७० फागुन २४ गते १२:३५

सप्तरी, २४ फागुन – अन्तर्राष्ट्रिय नारी दिवस मनाईरहँदा सप्तरी सदरमुकाम राजविराजमा शनिबार दिउँसो एक महिलालाई जिउँदै जलाएर मार्ने प्रयास गरिएको छ । राजविराज नगरपालिका ७ निवासी गुडु अन्सारीकी श्रीमती अन्दाजी २६ वर्षिया नजराना खातुनलाई जिउँदै जलाएर मार्ने प्रयास गरिएको हो । नजरानाका श्रीमान् गुडु...

एकताका लागि दबाब दिन खनालको आह्वान

२०७० फागुन २४ गते १२:१४

काडमाण्डु, २४ फागुन – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पार्टीको नवौँ महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशन बनाउनका लागि दबाब सिर्जना गर्न समग्र पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् । एमाले राप्ती अञ्चल सम्पर्क कमिटीद्वारा त्यस क्षेत्रका सभासद्को सम्मानका लागि शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग

२०७० फागुन २४ गते ९:४२

विराटनगर, २४ फागुन – नेपाली काँग्रेसकी महिला नेत्री सुजाता कोइरालाले लामो समयदेखि ठप्प रहेको स्थानीय निकायको विकास निर्माणको काम सुचारु गर्न अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएकी छिन् । विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेत्री कोइरालाले संविधान जारी गर्ने बेलामा...

संविधानसभाले संविधान जारी गर्न सक्दैन : गुरुङ

२०७० फागुन २४ गते ९:३५

स्याङ्जा, २४ फागुन – नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले अहिलेको संविधानसभाले पनि संविधान जारी गर्न नसक्ने बताएका छन् । ‘संविधानसभाको निर्वाचन भएको यतिका दिन बितिसक्दा पनि दलहरू सामान्य मतभेद र आपसी कलहमा व्यस्त छन्’ क्रान्तिकारी पत्रकार महासङ्घ स्याङ्जाले वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव गुरुङले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us