समाचार

सप्तरीमा ८ जना निरीक्षक निष्कासित

२०७१ चैत ९ गते ९:५४

सप्तरी,९ चैत- यस वर्षको एसएलसी परीक्षाको चोथौ दिन सोमबार अनिवार्य विज्ञान विषयको परीक्षामा सप्तरीको विभिन्न परीक्षा केन्द्रबाट अमर्यादित कार्य गरी चिट चोरी गरेको भन्दै आठ निरीक्षकसहित १९८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव र जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद...

भारत र चीनको सुझाव मान्न सकिन्छ, हस्तक्षेप मान्य हुँदैनः प्रचण्ड

२०७१ चैत ९ गते ९:२२

काठमाण्डु, ९ चैत– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भ्रमणका सिलसिलामा सोमबार चीन गएका छन् । महासचिव कृष्णबहादुर महरा र पत्नि सीताका साथ उनी चीनको कुन्मिङ प्रस्थान गरेका हुन् । चीन प्रस्थान गर्नुअघि अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षका सञ्चारकर्मीसँग कुरा गर्दै उनले...

गाउँमै विस्कुट उद्योग खोलेर मासिक ४० हजार आम्दानी

२०७१ चैत ९ गते ८:४८

धनकुटा,९ चैत- लगनशील भएर काम गर्न सके गाउँघरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् धनकुटा–३ बाँघेखोलाका टीकाराम कटुवाल । उनी अहिले घरमै बसीबसी मासिक ४० देखि ५० हजारसम्म आम्दानी गरिरहेका छन् । विदेश जाने र पैसा कमाउने लहर चलिरहेका बेला...

बैठकमै घनश्यामले किन दिए ईश्वरलाई युद्ध गर्ने चुनौती ?

२०७१ चैत ९ गते ८:२२

काठमाण्डु, ९ चैत– एमाले उपमहासचिव घनश्याम भुसालले महासचिव ईश्वर पोखरेललाई पार्टीभित्र युद्धको घोषणा हुन सक्ने चेतावनी दिएका छन् । केन्द्रिय सदस्यहरुको कार्यविभाजनको प्रस्तावमा छलफल गर्न सोमबार बिहान पार्टी मुख्यालय बल्खुमा बसेको सचिवालयको बैठकमा भुसालले त्यस्तो चेतावनी दिएका हुन् । स्रोतका अनुसार बैठकमा महासचिव पोखरेलले...

छोरीको बञ्चरो प्रहारले ८० वर्षीय बाबुको मृत्यु

२०७१ चैत ९ गते ८:२०

बागलुङ बजार,९ चैत- बागलुङको तित्याङ–८ मा छोरीको बच्चरो प्रहारबाट बाबुको मृत्यु भएको छ । चालीस वर्षीय शर्मिला थापाको बञ्चरो प्रहारबाट करिब ८० वर्षीय बाबु पतिराम थापाको घटनास्थलमै मृत्यु भएको हो । आफ्नै छोरीको बञ्चरो प्रहारबाट ७५ वर्षीया आमा जमुना थापा पनि गम्भीर घाइते हुनुभएको...

राजधानीमा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन सुरु

२०७१ चैत ९ गते ८:०२

काठमाण्डु, ९ चैत– सोमबारदेखि काठमाण्डुमा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन सुरु भएको छ । विकास, शान्ति र सहभागिता प्रबद्र्धनका लागि युवा स्वयंसेवा भन्ने नाराका साथ सो सम्मेलनको सुरुवात भएको हो । कार्यक्रमको उद्.घाटन गर्दै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले युवाको क्षमता अभिवृद्धिका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको...

विद्यालय व्यवस्थापनको चुनावमा गोली चल्यो, दुईको मृत्यु

२०७१ चैत ९ गते ७:४०

धनुषा, ९ चैत– विद्यालय व्यवस्थापन समितिको चुनावको विषयमा दुई पक्ष बीच झडप हुँदा धनुषामा दुई जनाको मृत्यु भएको छ । सबैला नगरपालिका १ स्थित मदनआश्रित निमावि व्यवस्थापन समितिको चुनावको विषयमा गए राति दूई पक्षबीच झडप भएको थियो । सोमवार हुने भनिएको उम्मेदवारी दर्ताका लागि...

माधवद्धारा ओली निवासको बैठक आज पनि बहिष्कार

२०७१ चैत ९ गते ७:००

काठमाण्डु, ९ चैत–एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा सोमबार बसेको पार्टीको स्थायी कमिटीको बैठक नेता माधवकुमार नेपालले बहिष्कार गरेका छन् । ओली निवासमा आईतबार बसेको बैठक पनि नेता नेपालले बहिष्कार गरेका थिए । सञ्चो भइसक्दा पनि पार्टी कार्यालयमा बैठक नडाकेर आफ्नो निवासमा डाकेको भन्दै...

कांग्रेसमा विवाद चुलियो

२०७१ चैत ९ गते ६:५४

कैलाली, ९ चैत– कैलाली जिल्लामा नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्यता वितरणमा विवाद चुलिएको छ । पार्टीको सदस्यता फर्म अनधिकृत रुपमा वितरण गरेको ठहर गर्दै नेपाली कांग्रेसको जिल्ला कार्य समितिको बैठकले उपाध्यक्ष लोकबहादुर महतोलाई पदमुक्त गरेको जिल्ला सचिव प्रकाश बमले बताए । केन्द्रीय कार्यालयबाट आएका...

काठमाण्डु जोड्ने मध्यपहाडी लोकमार्गको बैकल्पीक बाटोमा नेताहरु सहमत

२०७१ चैत ९ गते ६:१७

अर्जुुन अधिकारी/भोजपुर, ९ चैत– काठमाण्डु जोड्ने मध्यपहाडी लोकमार्गको बैकल्पीक बाटोका रुपमा तुम्लीङ्टार लम्छुवा बाट सिदै ट्याम्के जोड्ने गरी अगाडी बढ्न भोजपुर र संखुवासभाका नेताहरु सहमत भएका छन् । मध्यपहाडी लोकमार्गका रुपमा हाल सरकारले धनकुटाको लेगुवाबाट भोजपुर जोडिएको बाटोलाई प्रार्थमिकता दिएपछि संखुवासभा, खोटाङ् र भोजपुरका...

प्रचण्ड चीन जाँदै

२०७१ चैत ९ गते ५:०८

काठमाण्डु, ९ चैत– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार चीन भ्रमणमा जाँदैछन् । चिनिया कम्युनिष्ट पार्टीको औपचारिक निमन्त्रणामा प्रचण्ड चीन जान लागेका हुन् । उनी दिउँसो तीन बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । प्रचण्डका साथमा महासचिव कृष्णबहादुर महरा र पत्नि सीता चीन जाँदैछन्...

राजधानीमा अवकाश प्राप्त सैनिक अधिकृतको रहस्यमय हत्या

२०७१ चैत ९ गते ४:५४

काठमाण्डु, ९ चैत– राजधानीको थापागाउँमा हत्या भएका व्यक्ति नेपाली सेनाका पूर्वसुदेवार रहेको खुलेको छ । प्रहरीका अनुसार मृतक दाङ स्थायी ठेगाना भई हाल बानेश्वर डेरा गरी बस्ने नेपाली सेनाका अवकाशप्राप्त सुबेदार द्रोणबहादुर सेना हुन् । उनको शव हनुमानस्थान र बिजुलीबजार बीचको पुल छेउमा सोमबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us