कञ्चनपुर, २७ फागुन – उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया पु¥याएर चाँडै स्थानीय निकायको चुनाव गरिने बताएका छन् । प्रेस युनियन कञ्चनपुर शाखाले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले स्थानीय निकायको चुनावका लागि स्थानीय...
काठमाण्डु, २७ फागुन –बामदेव उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले मुलुकको सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी महानिरीक्षकसहित पाँचै विकास क्षेत्रका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् । गृहमन्त्री गौतमले आज प्रहरी प्रधान कार्यालय नक्साल पुगी प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित सबै उच्च प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका हुन् ।...
काठमाण्डु, २७ फागुन –आगामी शैक्षिकसत्रका लागि आवश्यक विद्यालय तहका पाठ्यपुस्तकको छपाइ गर्न जनक शिक्षा सामग्री केन्द्रले नभ्याउने भएको छ । जनकले नभ्याउने भएपछि साझा प्रकाशन, मुद्रण विभाग र गोरखापत्र संस्थानलाई पनि छपाइको जिम्मेवारी दिएको छ । केन्द्रको सञ्चालक समितिको बैठकको निर्णयअनुसार ती निकायलाई छपाइको...
काठमाण्डु, २७ फागुन – सरकारले न्युनतम् साझा सहमतिको कार्यक्रम छिट्टै ल्याउने गृहकार्यमा जुटेको छ । सरकारका काम कारबाहीलाई चुस्त र प्रभावकारी बनाउन न्यूनतम् साझा सहमतिको कार्यक्रम छिट्टै ल्याउने तयारीमा सरकार जुटेको हो । यस अघि हिजो बसेको मन्त्रीमपरिषदको बैठकले पनि चाडो भन्दा चाडो न्युनतम्...
दाङ, फागुन २७ –गएराति दाङमा भएको जीप दुर्घटनामा एकै गाउँका सात जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन । तुल्सीपुरबाट अमेलियातर्फ जाँदै गरेको बा. ११. च ११०८ नम्वरको जीप गएराति दुर्घटना भएको हो । दुर्घटनामा ज्यान जानेहरु फूलवारी ६ बखरियाका खड्गबहादुर...
काठमाण्डु, २७ फागुन –संविधानसभा, व्यवस्थापिका संसद नियमावली मस्यौदा समितिले विवादित विषयहरुको आज टुंगो लगाउने भएको छ । नयाँ संविधानलाई प्रमाणीकरण कसले गर्ने, ककस गठन गर्न पाउने कि नपाउने र संविधानसभामा ह्वीप लाग्ने की नलाग्ने भन्ने विषयमा प्रमुख दलहरुबीच विवाद देखिएको थियो । नयाँ संविधानको...
सल्यान, २७ फागुन । सल्यानको कुपिण्डेदह गाविसका श्रीमान्ले श्रीमती र दुई छोरालाई जिउँदै जलाएर मार्ने प्रयास गरेका छन् । कुपिण्डेदह–२ आगरनेटाका ३२ वर्षीय ठगे कवरले गएराति आफ्नै घरमा श्रीमती र छोराहरुलाई घरभित्र थुनेर आगो लगाएर मार्ने प्रयास गरेका हुन् । दुईवटी श्रीमती विवाह गरेका...
काठमाण्डु, २६ फागुन – नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले राजनीतिक समाधानका लागि सर्वपक्षीय राजनीतिक सम्मेलन नै उत्तम विकल्प भएको बताएका छन् । ललितपुरमा सोमबार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले मुलुकलाई राजनीतिक रुपमा अगाडि बढाउने हो भने नयाँ संयुक्त सरकार गठन हुनुपर्ने बताए । कार्यक्रममा...
काठमाण्डु, २६ फागुन – द्वन्द्वकालमा यौनहिंसामा परेका पीडित महिलाको न्यायका लागि आज महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले सिंहदरबार अगाडि दुई घण्टा धर्ना दिएको छ । १०४औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सञ्जालले १० वर्षे सशस्त्र द्वन्द्वका बेलामा बलात्कृत भएका र यौनहिंसामा परेको महिलाहरूको न्यायका लागि...
काठमाण्डु, २६ फागुन – सरकार गठन भएको झण्डै दुई महिना पछि मंगलबारसम्ममा न्युनतम साझा नीति तथा कार्यक्रम ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारसम्ममा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिने निर्णय गरेको हो । पुस २७ मा सुशील कोइरालाको नेतृत्वमा गठित गठबन्धन...
काठमाण्डु, २६ फागुन – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माण प्रक्रियालाई सहमतिका आधारमा अघि बढाउन प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् । प्रधानमन्त्री कोइरालासँग सोमबार आफ्नै निवासमा भएको भेटमा प्रचण्डले सहमतिका आधारमा संविधान निर्माण गर्नुपर्ने बताएका हुन् । ‘संविधान निर्माण प्रक्रियालाई...
काठमाण्डु, २६ फागुन – जनताको गुनासो सुन्न स्थापित ‘हेलो सरकार’मा गत माघ महिनामा प्राप्त ६ सय ४० गुनासो मध्ये ४ सय ५८ वटाको समाधान गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दावी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका सचिव कृष्णहरि...