बर्दिया, १० चैत– उचित बासस्थान, प्रशस्त आहार र प्रजातिको प्राप्तिसँगै बाघको सङ्ख्या दोब्बर हुने अनुमान बर्दिया राष्ट्रिय निकुञ्जले गरेको छ । बाघ बढेसँगै समुदायमा मानव र बाघको द्वन्द्व नहुने बताइए पनि मानव र बाघको द्वन्द्व बढ्ने देखिन्छ । बाघको संरक्षणसँगै मानवको संरक्षणका लागि राज्यले...
काठमाण्डु १० चैत–एक अध्ययनले समाजमा व्याप्त कुरीतिका कारण प्रत्येक ३८ दिनमा एक महिलाको हत्या हुने गरेको देखाएको छ । जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा मानवतावादी समाज सोच नेपालले काठमाण्डुमा आयोजना गरेको ‘नयाँ संविधान र कुरीति’ विषयक अन्तरक्रियामा प्रस्तुत गरिएको अध्ययनले सामाजिक रुपमा रहेको जातीय...
काठमाण्डु, १० चैत– प्रधानमन्त्री सुशील कोइराला फेरि अस्वस्थ भएका छन् । केही दिनअघिबाट लागेको रुघाखोकि निको नभएपछि कोइराला बालुवाटारबाट बाहिर निस्केका छैनन् । ब्रोकाइटिसका पुराना बिरामी कोइरालालाई चिकित्सकले पूर्ण निको नहुँदासम्म बाहिर ननिस्कन सुझाव दिएका छन् । उनी पछिल्लो पटक शुक्रबार घोडेजात्राको कार्यक्रममा सहभागी...
रुपन्देही, ९ चैत– रुपन्देहीमा एसएलसी परीक्षा दिँदै गरेका एक विद्यार्थी अपहरणमा परेका छन् । बुटवलस्थित न्यू होराइजन स्कुलमा विद्यार्थी सुदीप अधिकारी अपहरणमा परेको आशंका प्रहरीले गरेको छ । उनी आइतबारदेखि बेपत्ता छन् । रुपन्देही प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र ढकालले सुदीपको खोजीमा व्यापक...
कास्की, ९ चैत- पोखराको आकाशमा उडेका दुई प्याराग्लाइडर सोमबार दिउँसो एकापसमा ठोकिँदा दुई जना घाइते भएका छन् । कास्कीको तोरीपानी र सराङकोटबाट उडेका प्याराग्लाइडर खपौंदीमाथिको डाँडामा आपसमा ठोकिँदा फ्लाइ नेपाल प्याराग्लाइडिङका सञ्चालक तथा प्यारापाइलट चेतबहादुर न्यौपाने र उनीसँगै उडेका चिनियाँ जोङ हुई लिन घाइते...
काठमाण्डु , ९ चैत–केन्द्रिय सदस्यहरुको कार्यविभाजन गर्न अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको एमाले स्थायी कमिटीको बैठक बिना निष्कर्ष सकिएको छ । सोमबार लगातार ७ घण्टासम्म चलेको बैठकमा सदस्यहरुले बोल्नेक्रम सकिएको र मंगलबारको बस्ने बैठकले कार्यविभाजन टुंगो लगाउने सचिव प्रदिप ज्ञवालीले काठमाण्डु टुडे डटकमलाई...
काठमाण्डु,९ चैत- चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले बेबारिसे अवस्थामा सोमबार हतियार बरामद गरेको छ । जंग गणको चप्परचुली पोष्टबाट आइतबार खटिएको गस्ती टोलीले कठरा गाविस–३ कण्टेश्वरी सामुदायिक वन क्षेत्रबाट क्यामोफ्लाइज झोलामा एम १६ ए १ राइफल (साइलेन्सर) सहित नाल एक,सोको म्याग्जिन...
काठमाण्डु, ९ चैत– क्रान्तिकारी कम्यूनिष्ट पार्टीका महासचिव मणी थापाले मुलुकमा पछिल्लो परिवर्तन माओवादी धारले गरेको भए पनि त्यो आन्दोलन विघठन र विचलनमा परेकोले समस्या उत्पन्न भएको बताएका छन् । उनले प्रचण्डले त्यसलाई स्विकारेकोले आफूहरु प्रचण्डको नेतृत्वमा पार्टी एकता गर्न तयार भएको बताए । उनले...
लहान,९ चैत- प्रहरीले लागुऔषधसहित एक औषधि पसल सञ्चालकलाई पक्राउ गरेको छ । औषधि पसलबाट लागुऔषध बिक्री भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले सिरहा मिर्चैया नगरपालिका–४ स्थित औषधि पसलबाट लागुऔषधसहित पसल सञ्चालक अनिरुद्ध सेठको पसलमा छापा मारी फोर्टबिन २५१ एम्पुल, नाइट्रोसन...
काठमाण्डु,९ चैत- अब १६ वर्षदेखि ३५ वर्ष उमेर समूहका मात्र ‘युवा’ मा पर्ने प्रस्ताव गरिएको छ । युवा तथा खेलकुद मन्त्रालय युथ भिजन २०२५ मस्यौदा तयारी कार्यदलले सोमबार आयोजना गरेको ‘युवा नीति २०६६ पुनरावलोकन तथा युथ भिजन २०२५ को मस्यौदा हस्तान्तरण’ कार्यक्रममा युवा तथा...
काठमाण्डु,९ चैत- प्रेस काउन्सिल नेपालको आयोजनामा सोमबार पत्रकार आचारसंहिता पुनरवलोकन परामर्श समीक्षा बैठक सम्पन्न भएको छ । काउन्सिलले वर्तमान समयमा विभिन्न सञ्चारमाध्यमका विकास र विस्तार हुँदै गएको अवस्था ध्यानमा राखी आचारसंहिता पुनरवलोकन सम्बन्धमा राखेको बैठकमा आचारसंहितासँग सम्बन्धित विज्ञ काशीराज दाहाल,विनोद ढुङ्गेल र क्यानडाली टोबी...
काठमाण्डु, ९ चैत– मौसम पूर्वानुमान महाशाखाले स्थानीय जलवाष्प सक्रिय भएकाले मौसममा केही परिवर्तन आएको जनाएको छ । अहिले मौसमी वायु सुरु हुनु अगावैको समय अवधि भएकाले हावाहुरी चल्ने, सामान्य वर्षा हुनु, चट्याङ पर्नेलगायत गतिविधिलाई सामान्य अवस्थाका रुपमा लिइने महाशाखाका मौसमविद् सुभाष रिमालले जानकारी दिए...