समाचार

प्रहरी झुक्याउने जुक्ति काम लागेन

२०७१ चैत १० गते ११:१९

विराटनगर, १० चैत– मोरङ प्रहरीले ३२ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर ११ का ४२ वर्षीय शिवनारायण महतो, मोरङ, बुधनगर–७ का २० वर्षीय बिक्रम राजवंशी र धरान–१७ का २२ वर्षीय हरिचन्द्र तामाङ छन् । मंगलबार विहान ३ बजे इटहरीबाट...

ट्र्याक्टरको ठक्करबाट चौहानको मृत्यु

२०७१ चैत १० गते ११:१४

उर्लाबारी,१० चैत- मोरङको इटहरा–२ मा सोमबार राति ट्र्याक्टरले ठक्करदिँदा एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । को १ त ११५५ नम्बरको ट्र्याक्टरले साँझ ६ः १५ बजे ठक्कर दिँदा पैदलयात्री भारत,आसाम बस्ने ४५ वर्षीय गोपाल चौहानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ...

खुमबहादुरले संविधानसभा घेर्ने

२०७१ चैत १० गते ११:०३

काठमाण्डु, १० चैत– हिन्दुराष्ट्रको माग गर्दै नेपाली कांग्रेसका नेता खुमहादुर खड्काले संविधानसभा घेर्ने भएका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गर्दै चैत्र १५ गते दिउँसो दुई बजे खड्काको नेतृत्वमा हिन्दुवादीहरुले नयाँ बानेश्वरमा प्रदर्शन गर्ने भएका हुन् । हिन्दु राष्ट्रको मागसहित गरिने प्रदर्शनमा खुमबहादुर...

छट्टपटिदै बसमाडी बस दुर्घटनाका पीडित

२०७१ चैत १० गते १०:५८

इलाम,१० चैत- जिल्लालाई नै स्तब्ध पार्ने गरी गत कात्तिक १५ गते बिहान मकवानपुर जिल्लाको बसामाडी बस दुर्घटनामा परेका मृतकका परिवारले अझै राहत नपाएको गुनासो गरेका छन् । मृतकका लागि पाइने क्षतिपूर्तिको प्रक्रिया कहाँ पुग्यो त्यसको कुनै जानकारी नभएको र दुर्घटनामा परेका आफ्ना परिवारका सदस्यको...

शङ्कास्पद मृत्यु भएका सेनको छानबिन हुनुपर्ने माग

२०७१ चैत १० गते १०:१८

काठमाण्डु,१० चैत- भूतपूर्व सैनिक महासङ्घ नेपालले सोमबार हत्या गरिएका दाङ,तुल्सीपुर घर भई हाल काठमाण्डु महानगरपालिका वडा नं १० थापागाउँ बस्ने अवकाश प्राप्त सुवेदार द्रोणबहादुर सेनको घटनाका सम्बन्धमा छानबिन गर्न माग गरेको छ । सेनको शव सोमबार बिहान धोवीखोला किनारमा शङ्कास्पद अवस्थामा फेला परेको थियो...

एकजुट हुँदै द्वन्द्वपीडित संघ–संस्था

२०७१ चैत १० गते १०:०१

काठमाण्डु,१० चैत- आफ्नो हक अधिकार प्राप्तिका लागि सरकारी तथा गैरसरकारी संस्थामा आश्रित द्वन्द्वपीडित एउटै साझा चौतारीमा आबद्ध भएका छन् । द्वन्द्वपीडितका नाममा खोलिएका विभिन्न १५ संस्थाका प्रतिनिधिले द्वन्द्वपीडित साझा चौतारी गठन गरेर सङ्घर्षरत रहने मंगलबार ललितपुरमा आयोजित अन्तक्र्रियामा घोषणा गरेका हुन् । चौतारीका अध्यक्ष...

आठ वर्षीया बालिकाको बाबु दुश्मन, प्रहरी अभिभावक भएपछि

२०७१ चैत १० गते ९:३९

झापा,१० चैत- आफ्नै जन्मदिने बुबाले खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा दिनहुँ कुटपिट गर्दै होटलमा काम गर्न लगाएपछि धनुषाकी आठ वर्षीया एक बालिका भागेर झापा आएर प्रहरीको शरण परेकी छिन् । नेपाली भाषासमेत राम्रोसँग बोल्न नजान्ने मनिषाकुमारी मण्डल बुबाको कुटाई सहन नसकेर घरबाट भागेर हिँडेको...

एक दर्जन चौतारीका पत्रकारले दिए राजीनामा

२०७१ चैत १० गते ९:१०

मोरङ, १० चैत– मोरङका एमाले निकट प्रेस चौतारी एक दर्जन बढी सदस्यहरुले बिभिन्न असन्तुष्टि जनाउँदै मंगलबार सामूहिक राजीनामा दिएका छन् । संगठन भित्रको अस्वस्थ प्रतिस्पर्धा, सम्मान र पुरस्कारमा सिण्डिकेट, आर्थिक अपारदर्शिता, व्यवसायिक पत्रकारको उपेक्षा लगायतका असन्तुष्टि ब्यक्त गर्दै उनीहरुले साधारण सदस्य समेत नरहने गरी...

महोत्तरीमा परीक्षा सुरु भएलगत्तै १० बोरा चिट बरामद

२०७१ चैत १० गते ८:४१

महोत्तरी, १० चैत । एसएलसीको पाँचौँ दिनको परीक्षा सुरु भएलगत्तै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट मंगलबार बिहान १० बोरा चिट बरामद भएको छ । सामाजिक विषयको परीक्षाका लागि विद्यार्थीले लुकाएर लैजाँदै गरेका गाइड, सहयोगी किताब र स–साना कागजका टुक्रा गरी १० बोरा चिट बरामद गरिएको...

घुस लिने कर्मचारीविरुद्ध विशेषमा मुद्धा

२०७१ चैत १० गते ८:२७

काठमाण्डु, १० चैत– थ्रि फेज विद्युत लाईन जडानका लागि ७० हजार रुपैयाँ घुस लिने नेपाल विद्युत प्राधिकरण सर्लाहीमा कार्यरत तीन कर्मचारीविरुद्ध अख्तियारले मंगलबार मुद्धा दर्ता गरेको छ । नेपाल विद्युत प्राधिकरण मलङवा वितरण केन्द्रका सुपरभाइजर मोहनकुमार सिंह, इलेक्ट्रिसियन आत्माराम ढुंगेल र इलेक्ट्रिकल हेल्पर रामशंकर...

राष्ट्रपति यादवको भ्रमण महत्वपूर्णः चिनीया राजदुत

२०७१ चैत १० गते ८:०५

काठमाण्डु, १० चैत– चिनीया राजदुत वु छुन्ताईले राष्ट्रपति डा. रामवरण यादवको भ्रमणलाई चीनले निकै महत्व दिएको बताएका छन् । राजदुत छुन्ताईले मंगलबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर राष्ट्रपति डा. यादवको भ्रमणलाई चीनले निकै महत्व दिएर तयारी गरिरहेको जानकारी दिए । राष्ट्रपति डा. यादव चीनको उष्णप्रदेशीय...

तराइमा दुई र पहाडमा आठ प्रदेश बनाउनु पर्छ : भट्टराई

२०७१ चैत १० गते ८:०४

जनकपुर, १० चैत– एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले तराइमा दुई प्रदेश र पहाडमा सात देखि आठ प्रदेश बनाउनु पर्ने बताएका छन् । मिथिला ऋतु सप्ताहिकका सम्पादक उमेश साहद्वारा लिखित ‘नियति’ व्यङ्ग्य सङ्ग्रहको लोकार्पण गर्दै डा. भट्टराईले सबै जातजाति र भाषा भाषीलाई अधिकार दिन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us