काठमाण्डु १० चैत– प्रधानमन्त्री सुशील कोइरालाले ताप्लेजुङ्गको सदरमुकाम फुङ्लिङ् बजारमा आगजनीबाट भएको ठूलो क्षतिप्रति दुःख प्रकट गरेका छन् । उनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पुनस्थापना कार्यमा जुट्न स्थानीय प्रशासन, सुरक्षा निकाय र सबै राजनीतिक दलका स्थानीय कार्यकर्ता एवं सामाजिक संघसंस्थाहरुलाई अपिल पनि...
काठमाण्डु, १० चैत– सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सोमबार ताप्लेजुङको फुङलिङमा भएको आगलागीप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल राहत उपलव्ध गराउन सरकारसंग माग गरेका छन् । पौडेलले मंगलबार एक विज्ञप्ती जारी गर्दै घटनाका पीडितहरुकालागि आपतकालीन र दीर्घकालीन राहतको व्यवस्था गर्न माग गरेका...
काठमाण्डु, १० चैत– तीस दलीय मोर्चाले गत पुसमा आव्हान गरेको बन्दका क्रममा जनकपुरमा मृत्यु भएका राजाराम झाको परिवारलाई एनेकपा माओवादीले ५० हजार रुपैया राहत प्रदान गरेको छ । एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराइले मंगलबार फेसबुकमा स्टाटस् लेख्दै आफ्नो र आफ्नो पार्टीको तर्फबाट मृतक परिवारलाई...
अर्जुन अधिकारी/भोजपुर १० चैत्र– पदीय लडाईका कारण भोजपुरमा कांग्रेस भित्रको आन्तरीक विवाद अझै साम्य भएको छैन् । षडानन्द नगरपालीका बनेसंगै पदीय दायीत्व जोगाउन सुरुभएको आन्तरीक लडाइले उग्र रुप लिदै गएको छ । नगरपालीका संयोजक को रहने भन्ने सामान्य विषयलाई लिएर सुरुभएको कांग्रेसीहरुको विवाद केन्द्र...
झापा, १० चैत– मेची अञ्चलको हिमाली जिल्ला ताप्लेजुङको फुङ्लिङ बजारको तोक्मेमा गएराति भएको भीषण आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको छ । स्थानीय पूर्वेली होटेलबाट ग्यास चुहावट भई सुरु भएको आगलागीबाट ३५ घर जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
भक्तपुर, १० चैत– भौतिक पूर्वाधार तथा यातायत मन्त्री विमलेन्द्र निधिले पूर्वका तीन र पश्चिमका दुई जिल्लाका विषयमा संविधान निर्माणका क्रममा देखिएको विवाद चाँडै मिल्ने बताएका छन् । कटुञ्जे–घट्टेखोला खानेपानी जलस्रोत समितिले बनाएको छ लाख लिटर पानी अट्ने रिजर्भ ट्याङ्कीको मंगलबार भक्तपुरमा शिलान्यास गर्दै उनले...
इलाम, १० चैत– एसएलसी परीक्षामा खटिएका इलामका एक केन्द्राध्यक्षले गएराति आत्महत्या गरेका छन् । सूर्योदय नगरपालिकास्थित वीरेन्द्र माविमा कार्यरत केन्द्राध्यक्ष बिमल प्रधानले विष सेवन गरेर आत्महत्या गरेका हुन् । सोमबारको विज्ञान विषयको परीक्षा सम्पन्न गरेपछि मेचीखोलामा गएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।...
काठमाण्डु, १० चैत– सोमबार राति भएको सडक दुर्घटनामा परेकी एक महिलाको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ । नयाँ बसपार्कबाट स्वयम्भूतर्फ जाँदै गरेको बा२ख ८४१० नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आएको बा४०प ३०७१ नम्बरको मोटरसाइकललाई ढुङ्गेधारामा ठक्कर दिएपछि मोटरसाइकल पछाडि बस्ने टोखाकी ५३...
काठमाण्डु, १० चैत– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आगामी चैत १८ गर्ने भनेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ । विप्लव माओवादीले पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ भएपछि बन्दको कार्यक्रम फिर्ता लिएको हो । नेकपा माओवादीका महासचिव विप्लवले मंगलबार एक विज्ञप्ति...
हेटौँडा, १० चैत– बाराको अमलेखगन्जबाट इन्धन लोड गरी काठमाण्डुतर्फ जाँदै गरेको ना४ख ५५५७ नं को तेल ट्याङ्करले लोथरबाट मनहरितर्फ आउँदै गरेको ना३त ५३८६ नं को ट्र्याक्टरलाई मंगलबार बिहान हेटौँडा–नारायणघाट सडकखण्डको सिम्पानीमा ठक्कर दिँदा ट्र्याक्टरमा सवार रहेका १४ वर्षीय बालकको घटनास्थलमा नै मृत्यु भएको छ...
चितवन, १० चैत– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको पिप्लेमा ट्याङ्करले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । पिप्ले गाविस–७ गड्यौलीमा सोमबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एच ३८ एल ४३७२ नम्बरको भारतीय ग्यास ट्याङ्करले पैदल यात्री स्थानीयवासी ५४ वर्षीय विष्णुबहादुर श्रेष्ठलाई ठक्कर दिएको प्रहरीले...
कञ्चनपुर, १० चैत– युएनको गाडीको ठक्करले कञ्चनपुरको बेलौरी नगरपालिकाका एक बालकको सोमबार दिउँसो मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलौरीले दिएको जानकारीअनुसार युएनको ६६–१–१३–१५ नम्बरको जिपले ठक्कर दिँदा बेलौरी नगरपालिका–६ दुम्ली खैरानाका–८ वर्षीय बालक सुवास भट्टको मृत्यु भएको हो । गाडीले ठक्कर दिएका...