काठमाण्डु,१० चैत- संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक आह्वान गर्ने विषयमा संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरु बुधबार छलफल गर्ने भएका छन् । संविधानका विवादित विषयमा सहमति जुटाउन दललाई सभाध्यक्ष नेम्वाङले यही चैत ११ गतेसम्मको समयसीमा प्रदान गरेका थिए । एकीकृत नेकपा माओवादी...
काठमाण्डु, १० चैत– एनसेलको नम्बर प्रयोग गरी चिठ्ठाका नाममा ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटकी रेखा थापा भनिने लीला तामाङसहित भारतीय र पाकिस्तिानी नागरिक छन् । उनीहरूलाई महानगरीय प्रहरी अपराध महाशाखा हनुमान ढोकाको टोलीले बालाजुबाट पक्राउ गरेको...
काठमाण्डु,१० चैत- सरकारी छाप र दस्तखत किर्ते मुद्दामा फरार तीन अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २३ वर्षपछि मंगलबार पक्राउ गरी काठमाण्डु जिल्ला अदालतमा पेस गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका नैकापका रवीन्द्र श्रेष्ठ,बाबुराज श्रेष्ठ र श्यामबहादुर श्रेष्ठ रहेका छन् । कास्की जिल्ला अदालतको...
चितवन,१० चैत- दुर्लभ एकसिङ्गे गैँडाको खाग तस्करी गरेको आरोप लागेका चितवन कोराकका राजकुमार प्रजाविरुद्ध चितवन राट्रिय निकुञ्जमा १९ मुद्दा दर्ता भएको छ । निकुञ्जका अनुसार केही मुद्दा फैसला भएको र केही विचाराधीन रहेकाले निकुञ्जका प्रमुख कमलजङ्ग कुँवरको इजलासबाट मंगलबार उनलाई भरतपुर कारागार चलान गरिएको...
भक्तपुर,१० चैत- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठक आन्तरिक तयारी नपुगेको भन्दै बुधबारसम्मका लागि स्थगित गरिएको छ । बैठकका लागि वरिष्ठ नेता झलनाथ खनाल,उपाध्यक्ष भीम रावल र विद्या भण्डारी,सचिव प्रदीप ज्ञवाली,स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङ,मुकुन्द...
काठमाण्डु, १० चैत – एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सडकबाट संविधान बनाउने कुरा हावादारी भएको बताएका छन् । मिडिया एड्भोकेसी गु्रपले मंगलबार काठमाडौमा गरेको कार्यक्रममा एमाओवादी उपाध्यक्ष श्रेष्ठले संविधानसभाबाट सहमतिका आधारमा संविधान बनाउनुको विकल्प नभएको भन्दै सडकबाट कुनै हालतमा सविधान बन्न नसक्ने बताए...
काठमाण्डु, १० चैत– नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने नदिने भन्ने विषयमा व्यवस्थापिका संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिमा विवाद भएको छ । यस अघि समितिले गरेको निर्णयमा समितिका सदस्यहरुको मत बाझिएपछि पुनः छलफल हुने भएको छ । समितिले शिक्षा मन्त्रालयका उच्च अधिकृत,...
बागलुङ,१० चैत- एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सहमतीय संविधान बनाउने सुनिश्चितासहित संविधानसभाभित्र बनेको प्रश्नावली समिति खारेज भए आन्दोलनका कार्यक्रम फिर्ता हुने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ बागलुङलले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन् । कार्यक्रममा पौडेलले...
शरद रेग्मी/दाङ, १० चैत– बढ्दै गएको बलात्कारको घटना नियन्त्रण गर्न सचेतना र सुरक्षाको ज्ञान नागरिकहरुलाई दिनुपर्ने एक कार्यक्रमका सहभागिहरुले निष्कर्ष निकालेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले मंगलबार घोराहीमा आयोजना गरेको जबरजस्ती करणी नियन्त्रण अभियानमा जिल्ला स्तरीय कार्यशाला सञ्चालन एवं अन्तरक्रिया कार्यक्रममा बोल्ने विभिन्न...
काठमाण्डु,१० चैत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थ्री फेज विद्युत् लाइन जडानको क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ परेका नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रका एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगकाअनुसार मलङ्गवा वितरण केन्द्र लालबन्दी प्रशासन शाखामा कार्यरत कर्मचारी रामाशङ्कर पासवान...
म्याग्दी,१० चैत- मिर्गौला रोगबाट पीडित म्याग्दी दरबाङ दिच्याम–७ का टेकबहादुर रोकाको उपचारका लागि बेलायतमा रहेका नेपालीले एक लाख ४६ हजार ३ सय आर्थिक सहयोग गरेका छन् । धौलागिरि नौमती बाजा समूह र पुनमगर समाज युकेका अध्यक्ष विल पुर्जामगरको सक्रियतामा सञ्चालन गरिएको आर्थिक सङ्कलन अभियानबाट...
ललितपुर,१० चैत- पछिल्लो समयमा प्रलोभन तथा ललाइफकाईमा पारेर जर्बजस्ती करणीका घटना हुने गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर,ललितपुरले मंगलबार आयोजना गरेको ‘जर्बजस्ती करणी अपराध नियन्त्रण’ विषयक कार्यशालामा वरिष्ठ प्रहरी उपरीक्षक पुष्पचन्द्र रञ्जितले जिल्लामा विगत तीन वर्षको अवधिमा ६३ करणीका घटना रहेको र सबैभन्दा...