समाचार

दुलेगौंडामा जीप दुर्घटना, १७ जना घाइते

२०७१ चैत ८ गते ११:३१

दमौली, ८ चैत- तनहुँको भिरकोट गाविस वडा नं २ को दुलेगौँडामा आइतबार ग१ज ५७३२ नम्बरको जिप दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । भिरकोटबाट यात्रु लिएर भिमादतर्फ आउँदै गरेको जिप अनियन्त्रित भई सडकमै पल्टिँदा यात्रु घाइते भएका हुन् । दुर्घटनामा परी गम्भीर...

सिराहाका २० गाविसमा पानीको हाहाकार

२०७१ चैत ८ गते ११:२०

सिरहा,८ चैत- पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फका सिरहाका २० गाविसमा खानेपानीको हाहाकार भएको छ । भूमिगत जलस्रोत सुकेपछि यस क्षेत्रमा रहेका खानेपानी र सिँचाइका लागि बनाइएको बोरिङ,चापाकल,इनार र कुवाहरु सम्पूर्ण रुपमा सुकेका छन् । जलाशय सुकेर पशुधनलाई पनि पानी खुवाउन समस्या उत्पन्न भएको छ । भूमिगत...

थाहानै नदिई वाणिज्य संघको सदस्यता खारेज भएपछि

२०७१ चैत ८ गते १०:०५

कञ्चनपुर,८ चैत- कञ्चनपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष हेमविक्रम थापाको साधारण सदस्यता खारेज गरिएको छ । सङ्घको ४० औं बैठकले निवर्तमान अध्यक्ष थापाले सङ्घको अहित हुने कार्य गरेको ठहर गर्दै सदस्यता खारेज गर्ने निर्णय गरेको हो । वाणिज्य सङ्घका अध्यक्ष गणेशदत्त जोशीले निवर्तमान अध्यक्ष...

चार निरीक्षक र ३८ परीक्षार्थी निष्काशित

२०७१ चैत ८ गते ९:४६

गौशाला,८ चैत- महोत्तरीको तीनवटा परीक्षा केन्द्रबाट आइतबार ३८ जना परीक्षार्थी र चारजना निरीक्षकलाई निष्काशन गरिएको छ । प्रवेशिका परीक्षाको तेस्रो दिन आइतबार गणित विषयको परीक्षामा अनियमितता गरेको आरोपमा ३८ जना परीक्षार्थी र दुई शिक्षकसमेत चार निरीक्षकलाई पनि निष्काशन गरिएको जिल्ला परीक्षा समन्वय समितिले जनाएको...

कानुनमन्त्रीले भने, ‘कर्कलो टिप्न बञ्चरो चाहिदैन’

२०७१ चैत ८ गते ९:३८

चितवन,८ चैत- कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले ३० दलीय मोर्चालाई आन्दोलन फिर्ता लिएर वार्तामा आउन आग्रह गरेका छन् । स्थानीय शान्ति समिति चितवनले संयोजन गरेको मध्यमाञ्चल क्षेत्रीय शान्ति सम्मेलनको आइतबार नारायणगढमा उद्घाटन गर्दै उनले सानातिना कुरामा चित्त सानो बनाएर आन्दोलनमा नजान अनुरोध...

एसएलसी दिने विद्यार्थीले आत्महत्या गरे

२०७१ चैत ८ गते ९:२०

सप्तरी, ८ चैत– सप्तरीको कञ्चरुप नगरपालिकामा एसएलसी परीक्षा दिइरहेका एक विद्यार्थीले आइतबार आँपको रुखमा झुन्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्ने कञ्चरुप नगरपालिका–८ निवासी उत्तम ढुङ्गानाको १७ वर्षीय छोरा कुल्दीप ढुङ्गाना रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कुन कारणले झुन्डिएर आत्महत्या गरेको...

हत्तीपाइलेको औषधिले छुटायो लीलाको एसएलसी

२०७१ चैत ८ गते ९:००

विष्णुकुमार देवकोटा दाङ, ८ चैत– फाइलेरिया अर्थात हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्दा दाङमा एक जना परीक्षार्थी एसएलसी दिनबाट वञ्चित भएका छन् । त्रिपुरनगरपलिका–७ स्थित हापुर बिजौरी माविबाट एसएलसी दिँदै गरेकी छात्रा लीला पुन मगर नेपाल सरकारले यही फागुन २३, २४ र २५ गते सञ्चालन...

पाँचवटै माओवादी एकै ठाउँमा, एकताको विषयमा आज ठोस छलफल हुने

२०७१ चैत ८ गते ८:२४

काठमाण्डु, ८ चैत–माओवादी आन्दोलनको पुनर्गठन र माओवादी दलहरुबीचको एकताको विषयमा छलफल गर्न माओवादी संवद्ध पाँचै दलको बैठक अहिले नेकपा–माओवादीको कार्यालय बुद्धनगरमा जारी छ । पाँच दलको बैठक बस्नुअघि आजै बिहान एमाओवादी र नेकपा–माओवादीका बीचमा भिन्दै छलफल भएको थियो । बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल,...

फेरि आमरण अनसनको यात्रामा डा.केसी

२०७१ चैत ८ गते ७:४३

काठमाण्डु, ८ चैत– यसअघि चिकित्सा क्षेत्रमा देखिएको विकृति र विसंगतिका मुद्दालाई उठान गर्दै पटक पटक लामो समय आमरण अनसन बसिसकेका डा.गोबिन्द केसी फेरि आमरण अनसनमा बसेका छन् । यसअघि सरकारलाई दिएका अल्टिमेटम पूरा नभएको भन्दै उनले आइतबारदेखि अनसन सुरु गर्न थालेका हुन् । अस्पतालका...

महोत्तरीमा एकै दिन १२ बोरा ‘चिट’ बरामद

२०७१ चैत ८ गते ७:४०

महोत्तरी, ८ चैत- प्रवेशिका परीक्षाको तेस्रो दिन आज महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट परीक्षा सुरु हुनुभन्दा अगावै १२ बोरा चिट बरामद भएको छ । कुल पच्चीस परीक्षा केन्द्रमा विद्यार्थी प्रवेश गर्ने क्रममै कडा जाँच गरेर उनीहरुको साथबाट गाइड र अन्य सहयोगी पुस्तक बरामद गरिएको जिल्ला...

टर्चलाइट बोकेर हिंसाका विरुद्ध पुरुष पदयात्रा हुँदै

२०७१ चैत ८ गते ७:३५

काठमाण्ठु, ८ चैत– देशव्यापी रूपमा बढिरहेको महिला, बालिका तथा किशोरीमाथि हुने सबै प्रकारका हिंसाका विरुद्ध ऐक्यवद्धता जनाउन नेपालमै पहिलो पटक पुरुष पदयात्रा हुने भएको छ । पुरुषहरूलाई एकै स्थानमा भेला गराई महिला, बालिका तथा किशोरीमाथि हुने हिंसाका सम्बन्धमा आवाज उठाउन तथा बहस चलाउन पुरुष...

काँग्रेस निकट मगर संघको महाधिवेशन हुँदै

२०७१ चैत ८ गते ७:२०

काठमाण्डु, ८ चैत– नेपाली काँग्रेस निकट नेपाल राष्ट्रिय मगर संघको राष्ट्रिय महाधिवेशन चैत २१ देखि २२ गतेसम्म हुने भएको छ । संघले आइतबार आयोजना गरेको पत्रकार सम्मेलन सो कुरा जानकारी गराएको हो । संघले सो महाधिवेशनको तयारी समेत थालिसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us