समाचार

संविधान निर्माण प्रमुख आवश्यकता : घर्ती

२०७० फागुन २४ गते ९:१६

काठमाण्डु, २४ फागुन – संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्तीमगरले देशका सबैखाले विभेद्हरुको अन्त्यका लागि संविधान निर्माण प्रमुख आवश्यकता भएको बताएकी छिन् । सामाजिक लोकतन्त्र नामक मासिक पत्रिकाको संवाद डबलीमा विमोचन गर्दै उनले निर्माण गरिने संविधान परिवर्तनको संविधान हुनुपर्ने र त्यसले सम्पूर्ण जातजाति भाषाभाषीको अपनत्व गराउने...

एमाओवादी र मधेसवादीले संविधान बन्न दिएनन् : नेपाल

२०७० फागुन २४ गते ९:१३

जनकपुरधाम, २४ फागुन – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले एकीकृत माओवादी र मधेसवादी दलको बखेडाका कारण समयमा संविधान निर्माण हुन नसकेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल धनुषाद्वारा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले पहिलो संविधानसभाबाट संविधान निर्माण हुन...

घरेलु हिंसाबाट पन्ध्र सय ६९ महिला पीडित

२०७० फागुन २४ गते ८:४२

ललितपुर, २४ फागुन – यस वर्ष घरेलु हिंसाबाट एक हजार ५ सय ६९ जना महिला पीडित भएको एक प्रतिवेदनले देखाएको छ । १०४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकले) सो प्रतिवेदन सार्वजनिक गरेको हो । यस वर्ष...

काठमाण्डुमा पुनः अर्को विमानमा आगो लाग्यो

२०७० फागुन २४ गते ८:३३

काठमाण्डु, २४ फागुन – नेपाल वायुसेवा निगमको अन्तिम ट्विनअटर विमानमा आगो लागेको भोलिपल्टै इन्डिगो एयरलाइन्सको विमानमा पनि आगलागी भएको छ । भारतको दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको एअर बस ३२० विमानमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएको हो । यद्यपी त्यसमा सवार १ सय...

एमाओवादी जिल्ला संयोजकहरुको भेला सम्पन्न

२०७० फागुन २४ गते ८:२१

काठमाण्डु, २४ फागुन – एमाओवादी राज्य तथा जिल्ला संयोजकहरुको भेला सम्पन्न भएको छ । राजधानीमा शुक्रबार र शनिबार चलेको भेला त्यसक्रममा आएका लिखित र मौखिक सुझावअनुसार केन्द्रीय संगठन विभागले आवश्यक निर्देश गर्ने निर्णयका साथ सम्पन्न भएको हो । साथै भेलाले जिल्लास्तरबाट आएको सुझावका आधारमा...

प्रचण्डकी पुत्री ज्ञानुको स्वास्थ्य अवस्था गम्भीर

२०७० फागुन २४ गते ८:०३

काठमाण्डु, २४ फागुन – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री ज्ञानु केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । करिब ८ वर्षदेखि स्तन क्यान्सरबाट पिडित ज्ञानुको ओम अस्पताल चावहिलमा उपचार भइरहेको छ । यसअघि दिल्लीको फोर्टिज अस्पतालमा उनको उपचार गराइएको थियो । ज्ञानुलाई गत...

साँझ ३ घण्टा लोडसेडिङ गर्दिन : उर्जामन्त्री

२०७० फागुन २४ गते ७:३८

काठमाण्डु, २४ फागुन – उर्जामन्त्री राधा ज्ञवालीले साँझ ६ बजेदेखि बेलुका ९ बजेसम्म विद्युतभार कटौती नगर्ने व्यवस्था गर्न लागेको बताएकी छिन् । अन्तराष्ट्रिय महिला दिवसका अवसरमा डिल्लीबजार कन्या क्याम्पसद्वारा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले सो कुरा बताएकी हुन् । ‘महिला दिदीबहिनीहरुले घरमा काम गर्ने तथा...

लोक गायक ढकालको दोहोरी साँझमा आगलागी

२०७० फागुन २४ गते ७:०५

काठमाण्डु, २४ फागुन – लोक गायक राजु ढकालको दोहोरी साँझमा बिहान आगलागी भएको छ । सुन्धारामा रहेको कुसुमे रुमाल दोहोरी साँझमा बिहान भएको आगलागीबाट लाखौंको क्षति भएको छ । गएरातिबाट लागेको आगो बिहान ५ वटा दमकलको सहायताले निभाईएको हो । आगलागीबाट करिव ५० लाख...

आफ्नै लगानीमा स्थानीयले बनाए सडक

२०७० फागुन २४ गते ६:३५

म्याग्दी, २४ फागुन – सर्वसाधारणले  आफ्नै लगानीमा गाउँमा सडक निर्माण गरेका छन् । म्याग्दीको पिप्ले गाविसको अच्छेत गाउँका सर्वसाधारणले गाविसको वडा नं ५ नागबारीदेखि वडा नं ६ अच्छेत हुँदै वडा नं ७ कलेजाबाङ जोड्ने करिब तीन किलोमिटरको सडक निर्माण गरेका हुन् । अच्छेत गाउँका...

‘५० करोड नहुँदा ५० सिट आएन’

२०७० फागुन २४ गते ३:०५

काठमाण्डु, २४ फागुन – संविधानसभामा समानुपातिक तर्फ २४ सिट ल्याएको राप्रपा नेपालले ५० करोड खर्च गर्न नसक्दा ५० सिट ल्याउन नसकेको निष्कर्ष निकालेको छ । संविधानसभा निर्वाचनको समीक्षा गर्दै तयार पारिएको प्रतिवेदनमा उम्मेदवार छनोट, एजेन्डा र संगठन बिस्तारमा पनि कमजोरी रहेको उल्लेख छ ।...

श्रमिक महिला दिवस मनाइदै

२०७० फागुन २४ गते २:४५

काठमाण्ड, २४ फागुन –आज १०४ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै छ । महिला समानता नै सवैको प्रगती भन्ने अन्र्तराष्ट्रिय नारा र महिला नेत्तृत्वका लागि हौ जम्मा, घरदेखि संवीधानसभासम्म भन्ने नाराका साथ नेपालमा पनि बिबिध कार्यक्रम गरी मनाईंदै छ । नेपालका...

प्लाष्टिकको झोलामा छोरी भेटिइन्

२०७० फागुन २४ गते २:३८

काठमाण्डु, २४ फागुन – मेची अञ्चल अस्पताल भद्रपुरको प्रसूति वार्ड अघिल्तिर एक हुल कुकुर पलाष्टिकको झोलमा लुछाचुडी गर्दै थिए । अस्पतालमा ओहोरदोहोर गर्नेलाई त्यतातिर कुनै मतलव थिएन् । जव कुकुरले तान्दै गरेको झोलाबाट बेवारिसे शिशु शव भुँइमा फुत्त खस्यो, अस्पतालमा दिनभर खैलाबैला मच्चियो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us