समाचार

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा आधा घण्टा स्थगित

२०८१ चैत १२ गते १२:१७

काठमाण्डू, १३ चैत– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठक प्रतिपक्षी दलहरुको अवरोधको कारण आधा घण्टको लागि स्थगित गरीएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे सरकारले दिनुपर्ने माग गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको...

कुलमान हटाएको विरोधमा संसद् अवरोध गर्ने विपक्षीको निर्णय

२०८१ चैत १२ गते ११:३१

काठमाण्डू, १३ चैत– संसदका विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधि सभा बैठकमा सशक्त विरोध जनाउने निर्णय गरेका छन । आज बुधबार बिहान सिंहदरबारमा बसेको प्रतिपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र...

हितेन्द्रदेव शाक्यद्वारा पदभार ग्रहण

२०८१ चैत ११ गते १९:३५

काठमाण्डू, १२ फागुन– नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । शाक्यले मंगलबार रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका हुन् । सोमबार बसेको कन्त्रिपरिषद बैठकले कुलमान घिसिठकले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको...

बिचौलियाको स्वार्थमा कुलमानलाई हटाइयोः माओवादी

२०८१ चैत ११ गते १९:३१

काठमाण्डू, १२ फागुन– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयप्रति आपत्ति जनाएको छ । सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै घिसिङलाई हटाइनु इमान र निष्ठाताथ काम गर्ने कुशल प्रशासकमाथि मनोवैज्ञानिक त्रास फैलाउन चालिएको...

गणतन्त्रवादीलाई भृकुटीमण्डप, राजावादीलाई तीनकुनेमा प्रदर्शन गर्न ठाउँ दिइयो

२०८१ चैत ११ गते १९:२२

काठमाण्डू, १२ फागुन– जिल्ला प्रशासन कार्यालय काठमाण्डूले आगामी १५ चैतमा गणतन्त्रवादी र राजावादीलाई दुई फरक स्थानमा प्रदर्शनका लागि स्थान तोकेको छ । काठमाण्डूका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग भृकुटीमण्डप र दुर्गा प्रसाईंसहित राजावादी समूहलाई तीनकुनेमा स्थान दिइएको बताए । समाजवादी मोर्चा...

ज्ञानेन्द्रले भारतको आडमा गद्धीमा फर्कने प्रयास गर्नु निन्दनीयः नागरिक अगुवा

२०८१ चैत ११ गते १९:१५

काठमाण्डू, १२ फागुन– नागरिक अगुवाहरुले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकको गतिविधिप्रति निन्दा गरेका छन् । ज्ञानेन्द्रले भारतीय पक्षको सहयोगमा राजगद्धीमा फर्कने प्रयास गरेको आरोप उनीहरुले लगाएका छन् । ज्ञानेन्द्रले व्यक्तिगत स्वार्थका लागि राजगद्दीमा फर्किन भारत सरकारको सहयोग लिन पहल गरिरहेको आरोप नागरिक अगुवाहरुको...

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाण्डू टेक्निकल स्कुल सञ्चालनमा, वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादनको लक्ष्य

२०८१ चैत ११ गते १८:२२

काठमाण्डू, १२ चैत– आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाण्डू टेक्निकल स्कुल सञ्चालनमा ल्याएका छन् । आज (मंगलबार) काठमाण्डूको धुम्बाराहीस्थित काठमाण्डू टेक्निकल स्कुलको प्राङगणमा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले उक्त...

कुलमानको समर्थनमा भएको प्रदर्शन सामान्यः सरकार

२०८१ चैत ११ गते १८:२०

काठमाण्डू, १२ चैत– सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको पक्षमा सडक र सञ्जालमा भइरहेको विरोध प्रदर्शनलाई सामान्य रुपमा लिएको बताएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले...

जब मोदी कुलमानका पक्षमा खुले…

२०८१ चैत ११ गते १७:५५

काठमाण्डू, १२ चैत– हिजो (सोमबार) साझ बसेको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयले संसद्को सार्वजनिक लेखा समितिमा चर्काचर्की भएको छ । नेकपा माओवादी सांसद अमनलाल मोदीले उक्त विषयमा सुरुमै बोल्न चाहेका थिए, तर सत्तारुढ सांसदहरूले प्रतिवाद गरेका थिए ।...

सरकारद्वारा कुलमान हटाउने निर्णय सार्वजनिक

२०८१ चैत ११ गते १७:४५

काठमाण्डू, १२ चैत– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय सरकारले सार्वजनिक गरेको छ । हिजो (सोमबार) साझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेकामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा जानकारी गराएका हुन् । यसअघि...

बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी

२०८१ चैत ११ गते १७:१३

काठमाण्डू, १२ चैत– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक जारी छ । केही बेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ,...

प्रधानमन्त्री ओलीको प्रश्नः कुलमानले बिजुली, चिम र ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए ?

२०८१ चैत ११ गते १७:०१

काठमाण्डू, १२ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानले बिजुली, चिम र ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए भन्दै प्रश्न गरेका छन । आज (मंगलबार) सुजाता कोइरालाद्वारा ‘म र सानोबुवा’ शिर्षकको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो प्रश्न गरेका हुन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us