विपक्षीको अवरोधपछि प्रतिनिधिसभा आधा घण्टा स्थगित

काठमाण्डु टुडे २०८१ चैत १२ गते १२:१७ मा प्रकाशित

काठमाण्डू, १३ चैत– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठक प्रतिपक्षी दलहरुको अवरोधको कारण आधा घण्टको लागि स्थगित गरीएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे सरकारले दिनुपर्ने माग गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सदन सुरु गर्नेवित्तिकै विपक्षी दलहरूले उठेर अवरोध जनाएका थिए । सभामुख घिमिरेले पटक–पटक आग्रह गर्दा पनि विपक्षी दलका सांसद्हरू बसेनन् ।

त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् । विपक्षी दलहरूको तर्फबाट माओवादी सांसद शक्ति बस्नेतले घिसिङलाई हटाउनाको कारण प्रधानमन्त्रीले संसद्मा नदिँदासम्म बैठक सञ्चालन हुन नसक्ने समेत बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us