
काठमाण्डू, १२ चैत– सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको पक्षमा सडक र सञ्जालमा भइरहेको विरोध प्रदर्शनलाई सामान्य रुपमा लिएको बताएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले यस बिषयलाई सामान्य रुपमा लिएको बताएका हुन ।
सरकारले गरेका निर्णयमा असहमति जनाउने अधिकार सबैमा हुने भन्दै त्यसलाई सरकारले अन्यथा नलिएको पनि उनले बताएका छन । उनले भने, ‘सरकारले गर्ने गरेको निर्णयमा असहमति जनाउने अधिकार छ ।
वक्तव्य दिन सक्छ, त्यसलाई हामीले अन्यथा मानेका छैनौं ।’ साथै, उनले मन्त्रिपरिषद्ले गर्ने हरेक निर्णय सुशासन प्रवद्र्धनसँग जोडिने दाबी गरे । उनले भने, ‘सबै कुरा सुशासनसँग सम्बन्धित हो । मन्त्रिपरिषद्का निर्णयले सुशासन प्रवद्र्धनसँग जोडिएर गरिएका निर्णय हो, ‘जे चिज आजको आवश्यकता हो त्यो गरेको हो ।’