सरकारद्वारा कुलमान हटाउने निर्णय सार्वजनिक

काठमाण्डु टुडे २०८१ चैत ११ गते १७:४५ मा प्रकाशित

काठमाण्डू, १२ चैत– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय सरकारले सार्वजनिक गरेको छ ।

हिजो (सोमबार) साझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेकामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा जानकारी गराएका हुन् ।

यसअघि सोमबारको बैठकपछि भने गुरुङले कुलमानबारे निर्णय भएको आफूलाई जानकारी नभएको दाबी गरेका थिए । तर, अन्य मन्त्रीहरूले सोमबार नै कुलमान हटाएको सूचना सञ्चारमाध्यमलाई दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us