बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी

काठमाण्डु टुडे २०८१ चैत ११ गते १७:१३ मा प्रकाशित

काठमाण्डू, १२ चैत– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक जारी छ । केही बेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमतका अध्यक्ष सीके राउत, गृहमन्त्री रमेश लेखक, एमाले महासचिव शंकर पोखरेल,उपमहासचिव विष्णु रिमाल, जसपाका अध्यक्ष अशोक राईलगायत सहभागी रहेको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ ।

सरकारले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि विपक्षी दलहरूले विरोध गरिरहेका बेला सत्तापक्षीय बैठक बसेको हो । बैठकमा सरकार सञ्चालन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us