कुलमान हटाएको विरोधमा संसद् अवरोध गर्ने विपक्षीको निर्णय

काठमाण्डु टुडे २०८१ चैत १२ गते ११:३१ मा प्रकाशित

काठमाण्डू, १३ चैत– संसदका विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधि सभा बैठकमा सशक्त विरोध जनाउने निर्णय गरेका छन ।

आज बुधबार बिहान सिंहदरबारमा बसेको प्रतिपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन ।

उनले भने, ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानजनक ढङ्गले दुई तिहाइ दम्भका आधारमा गलहत्त्याउने काम सरकारले गर्‍यो, यसबारे आज हामी सदनमा सशक्त आवाज उठाउने छौ, प्रश्न गर्नेछौ, सडकमा पनि यसको आवाज उठेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us