
काठमाण्डू, १२ फागुन– जिल्ला प्रशासन कार्यालय काठमाण्डूले आगामी १५ चैतमा गणतन्त्रवादी र राजावादीलाई दुई फरक स्थानमा प्रदर्शनका लागि स्थान तोकेको छ ।
काठमाण्डूका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग भृकुटीमण्डप र दुर्गा प्रसाईंसहित राजावादी समूहलाई तीनकुनेमा स्थान दिइएको बताए ।
समाजवादी मोर्चा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गणतन्त्रको पक्षमा र प्रसाईं समूहसहित राजावादीले १५ चैतमा राजधानीमा प्रदर्शन गर्दैछन् ।