काठमाण्डु, २७ साउन – राष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका संसदको बैठकबाट पारित राष्ट्रिय युवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७१ लाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८७ बमोजिम आज प्रमाणीकरण गरेका छन् । व्यवस्थापिका–संसद सचिवालयले बुधबार विज्ञप्ती जारी गरेर राष्ट्रपति यादवले विधेयक...
झापा, २७ साउन– झापाको बिर्तामोडस्थित बुधबारे हटिया भर्न आएकी एक महिला बुधबार दिउँसै लुटिएकी छिन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले दिएको जानकारीअनुसार कनकाई नगरपालिका–२ की ६० वर्षीया नन्दमाया अधिकारी बुधबारे हटियाबाट दिउसै लुटिएकी हुन् । उनलाई दुईजना अपरिचित युवकले...
भक्तपुर, २७ साउन– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतको स्वार्थमा प्रदेशको सीमांकनमा दलहरुले सहमति गरेको आरोप लगाएका छन् । बुधबार रफत सञ्चारले गरेको अन्तरक्रियामा अध्यक्ष बिजुक्छेले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको भारत भ्रमणपछि सीमांकनको विषयले देशभर...
काठमाण्डु, २७ साउन– एकीकृत नेकपा माओवादीका सभासद गिरिराजमणि पोखरेलले सीमांकनसहितको संविधान आउने वातावरण बन्दै गएका बेलामा विभिन्न स्थानमा भएका आन्दोलन साम्य पार्न तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् । बुधबारको संविधानसभा बैठकमा सभासद पोखरेलले जनताको चाहना अनुसारको संविधान आउनेमा आशंका भएपछि गरीएका प्रर्दशन साम्य पार्न...
काठमाण्डु, २७ साउन–एमाले अध्यक्ष केपी ओलीले अहिलेको ६ प्रदेश सीमांकन नै उपयुक्त भएको बताएका छन् । सीमांकनको विषयलाई लिएर असन्तुष्ट पार्टीका मधेसी र थारु सभासदहरुसँगको छलफल कार्यक्रममा उनले पार्टीले संविधान निर्माणका क्रममा पार्टीले लिएका अडानका बारेमा स्पष्ट पारेका थिए । सीमांकनको विषयलाई लिएर चारैतर्फ...
काठमाण्डु, २७ साउन– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले गलत मनसायले मध्यपश्चिममा आन्दोलन गरेकाले त्यसलाई समयमै सम्बोधन गर्नुपर्ने बताएका छन् । बुधबारको संविधानसभा बैठकमा संवाद समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै नेता खड्काले केही सीमित तत्वले राजनीतिक स्वार्थ पूर्ति गर्ने उद्देश्यले सुर्खेतमा अराजनीतिक गतिविधि गर्दा तीनजना...
काठमाण्डु, २७ साउन– नेकपा एमालेका नेता एवम सभासद प्रकाश ज्वालाले मध्यपश्चिमका जिल्ला टुक्राएर गरिएको सीमांकन ब्यवहारिक नभएको भन्दै अहिलेको सीमांकनलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताएका छन् । रिपोर्टर्स क्लब नेपालल आयोजना गरेको साक्षात्कारमा उनले कर्णाली र थारुहरुलाई विशेष अधिकार दिएर मध्यपश्चिम अलग्गै प्रदेश...
काठमाण्डु, २७ साउन – विभिन्न दलका नेताहरुले नयाँ संविधानमा धर्मप्रति राज्य तटस्थ हुनुपर्ने बताएका छन् । बुधबार संवाद डबलीले गरेको कार्यक्रममा नेताहरुले मुलुक धर्म निरपेक्ष राज्य घोषणा भइसकेकाले धार्मिक स्वतन्त्रता हुनुपर्ने औल्याए । कार्यक्रममा नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नयाँ संविधानमा राज्य धर्मप्रति तटस्थ...
काठमाण्डु, २७ साउन– कर्णाली अञ्चलबाट प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सभासदहरुले कर्णाली स्वायत्त प्रदेश नबनेसम्म आफूहरुको आन्दोलनलाई जारी राख्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा सभासद प्रेमबहादुर सिंहले कर्णाली खस आर्य र नेपाली भाषाको जन्मभूमि भएकोले त्यसको संरक्षणको...
काठमाण्डु, २७ साउन– संविधानसभाले संवाद समितिले पेस गरेको प्रतिवेदनलाई पारित गरेको छ । बुधबारको संविधानसभाले प्रतिवेदन पारित गरेपछि विधेयकको रुप दिन मस्यौदा समितिमा जानेछ । संवाद समितिले सभामा पेश गरेपछि मंगलबार र बुधबार प्रतिवेदनमाथि छलफल भएको थियो । जनताले दिएका सुझावमा थप छलफल र...
इलाम, २७ साउन– हिन्दूधर्म सापेक्ष मुलुक बनाउने षड्यन्त्र सुरु भएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् आन्दोलित भएको छ । नेपालको अन्तरिम संविधान २०६३ ले निर्दिष्ट गरेका पूर्ण समानुपातिक, धर्म निरपेक्षता, पहिचानसहितको सङ्घीयतालाई सम्बोधन नगरी नेपालको संविधान २०७२ ल्याउन खोजिएको भन्दै परिषद्ले...
भीमदत्तनगर, २७ साउन– ‘लिपुलेक बचाउ अभियान’का क्रममा दार्चुला पुगेका नेकपा–माओवादी वैद्य समूहको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रत्न ढकाल नेतृत्वको टोली राष्ट्रिय झन्डा फहराउन बुधबार लिपुलेकतर्फ प्रस्थान गरेको छ । मङ्गलबार दार्चुला सदरमुकाम खलङ्गा पुगेको टोलीले जागरणसभाको आयोजनापछि बिहान पत्रकार सम्मेलन गर्दै सदरमुकामबाट नेपाली भूमिबाट...