सुर्खेत, २७ साउन–सुर्खेतमा अखण्ड मध्यपश्चिमको माग गर्दै शनिबारदेखि सुरु भएको आन्दोलन बुधबार पनि जारी छ । बुधबार पनि बिहानैदेखि सुर्खेतवासीहरु सुर्खेतलाई सुदूरपश्चिममा राखेको र मध्यपश्चिमाञ्चललाई खण्डित बनाएको भन्दै विरोधस्वरुप आन्दोलनमा उत्रिएका हुन् । नेतृत्व नहुँदा आन्दोलन नियन्त्रण बाहिर गएको भन्दै दलका शीर्ष नेताहरुले सबैलाई...
काठमाण्डु, २७ साउन – प्रधानमन्त्री सुशील कोइरालाले सङ्घीयताको सीमांकनको विषयलाई लिएर भइरहेको आन्दोलन फिर्ता लिन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । सुर्खेतलगायत मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्रमा भइरहेको आन्दोलनप्रति चासो जनाउँदै प्रधानमन्त्री कोइरालाले अहिलेको अवस्थामा मुलुकले कुनै पनि आन्दोलन, तोडफोड र हिंसा थेग्न नसक्ने भन्दै...
काठमाण्डु, २७ साउन – बुधबार बिहान माइक्रोबसले त्रिचन्द्र क्याम्पस अगाडि ठक्कर दिएपछि गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ । बा१ज ९१३६ नम्बरका माइक्रोबसले त्रिचन्द्र क्याम्पसमा बिएससी प्रथम वर्षमा अध्ययनरत नामगेल शेर्पालाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि बागबजारस्थित मोडेल अस्पतालमा लगिएकोमा त्यहाँ उपचारको...
काठमाण्डु, २७ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टीलगायत दलले संविधानसभाको बुधबारको बैठक बहिष्कार गरेका छन् । प्रमुख चार राजनीतिक दलले संविधानका विषयमा गरेको सहमतिमा आफूहरुको धारणा समावेश नगरिएको भन्दै ती दलले...
सिन्धुली, २७ साउन– पछिल्लो समय जिल्लामा बलात्कारका घटना बढ्न थालेका छन् । पछिल्लो वर्षका आँकडाले बलात्कारका घटना बढ्दो क्रममा रहेको देखाएको छ । विविध कारणले महिला तथा कम उमेरका बालिकामाथि हुने बलात्कारका घटनामा वृद्धि भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार २०६७ सालदेखि...
विराटनगर, २७ साउन–मोरङमा गएराति एक पुरुष मृत अवस्थामा भेटिएका छन् । विराटनगर–१९ स्थित मलाया रोडमा मङ्गोलियन अनुहार भएका अन्दाजी २८–३० वर्षीय पुरुष मृत अवस्थामा भेटिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले बताएको छ । स्थानीयवासीले सडक किनारमा मृत अवस्थामा पुरुष देखिएपछि प्रहरीलाई खबर गरेका थिए...
म्याग्दी, २७ साउन – म्याग्दीको बेनी नगरपालिका–३ गौश्वारामा रहेको गौश्वारा सामुदायिक वनको आम्दानीबाट गौश्वारामा मोटरबाटो र विद्युत् सेवा प्राप्त हुनुका साथै विद्यालयसमेत सञ्चालनमा आएको छ । गौश्वारा सामुदायिक वनका बुढा र पुराना काठ, घाँस तथा जडीबुटी बिक्री गरेर वन उपभोक्ता समितिले प्राप्त गर्ने आम्दानीबाट...
इलाम, २७ साउन– सवारी ज्यान मुद्दामा डेढ वर्षदेखि फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नयाँबजार–४ का २४ वर्षीय दीपेन्द्र भनिने देवेन्द्र जोगी रहेका छन् । सवारी ज्यान मुद्दामा धरौटीमा रिहा भएका जोगीलाई जिल्ला अदालत इलामले एक महिना कैद र...
भीमदत्तनगर, २७ साउन – पहिरोमा परी एकै परिवारका पाँचसहित छ जनाको ज्यान लिएको डोटीको डौड गाविस–३ मा आएको पहिरोले थप ३२ परिवार विस्थापित भएका छन् । सोमबार रातिदेखि आइरहेको पहिरोका कारण यस क्षेत्रका ३२ परिवार हालसम्म विस्थापित भइसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ...
चितवन, २७ साउन–चितवनको भरतपुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मङ्गलबार भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख १८६३ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको ना २८ प ५१२ नम्बरको मोटरसाइकललाई ठक्कर...
काठमाण्डु, २६ साउन– थारुहरुको जिल्लाबाट पहिचान र जमिन ओखिएको भन्दै थारुहट संयुक्त संघर्ष समितिले बुधबारदेखि ६ दिनसम्म तराईका २२ जिल्ला बन्द गर्ने भएको छ । समितिले मंगलबार एक विज्ञप्ती निकाल्दै समउन ३२ गतेसम्मका लागि बन्द आह्वान गरेको हो । कञ्चनपुरदेखि नवलपरासीसम्मको भूभागलाई थरुहट प्रदेश...
सुनसरी, २६ साउन– जिल्लाको धरानमा एक बालक मृत अवस्थामा फेला परेका छन् । धरान–७ बस्ने किशोर साहका ५ वर्षीय छोरा बिष्णु साह धरान–८ स्थित खहरेखोलामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् । स्थानीय पिन्डेश्वरी मन्दिरमा बोल बम गई घर फर्कने क्रममा सोमबार धरान–३ स्थित...