समाचार

धर्म निरपेक्षको ठाउँमा धार्मिक स्वतन्त्रता राख्नुपर्छ : अनन्त

२०७२ साउन २६ गते १६:२५

काठमाण्डु, २६ साउन–एमाओवादीका सचिव वर्षामान पुन अनन्तले राज्य धर्मनिरपेक्ष भए पनि नागरिकको धर्म हुने भएकोले आफूहरु धर्म निरपेक्षभन्दा पनि धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन् । अखिल नेपाल जनजाति सम्मेलनले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको ‘नयाँ संविधानमा धर्म निरपेक्षताको सुनिश्चितताको प्रश्न’ विषयक अन्र्तक्रियामा...

बोलबम यात्रु बस दुर्घटनामा को–को परे ? (नामसहित)

२०७२ साउन २६ गते १६:२३

गौशाला, २६ साउन-महोत्तरीको बर्दिवासमा भएको बोलबम यात्रुको बस दुर्घटनामा मृत्यु भएका आठैजनाको मंगलबार सनाखत भएको छ ।   जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेहरुमा महोत्तरीको मटिहानी– ५ बस्ने १४ वर्षीय विवेक मण्डल, लोहारपट्टि– ३ का २५ वर्षीय मनोजकुमार साह, एकरहिया– २ का ३२...

नेपाली काँग्रेसको कार्यालयमा आगजनी

२०७२ साउन २६ गते १६:१९

जुम्ला, २६ साउन-अखण्ड कर्णालीको माग गर्दै आन्दोलनकारीले मंगलबार जुम्ला सदरमुकाम खलङगास्थित नेपाली काँग्रेसको कार्यालयमा आगजनी गरेका छन् ।   विशेष अधिकारसहितको स्वायत्त कर्णाली प्रदेशको माग गर्दै आन्दोलनकारीले लगातार दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । नारा जुलुससहित आएको आन्दोलनकारीको एक समूहले काँग्रेस कार्यालयमा...

जुम्लामा प्रहरीले गोली चलायो

२०७२ साउन २६ गते १६:१४

जुम्ला, २६ साउन– विशेष अधिकारसहितको स्वायत्त कर्णाली प्रदेश माग्दै आन्दोलनमा उत्रिएकाहरु माथि प्रहरीले गोली चलाउँदा निर्माण व्यवसायी संघका अध्यक्ष राज बहादुर महत घाइते भएका छन् । बिहान खलंगास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय कागजनी गरेका आन्दोलनकारीले दिउँसो पनि उग्र रुपमा प्रदर्शन गरेका थिए । उनीहरुले...

‘भदौको दोस्रो साता संविधान, तेस्रोमा ओलीको नेतृत्वमा सहमतिको सरकार‘

२०७२ साउन २६ गते १५:०८

काठमाण्डु, २६ साउन– नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले ढिला भए पनि भदौको दोस्रो साताभित्र संविधान जारी भएर तेस्रो साताभित्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनिसक्ने दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले सरकार निर्माणको...

तनहुँमा अठार विद्यालय गाभिए

२०७२ साउन २६ गते १५:०६

तनहुँ, २६ साउन-गत आर्थिक वर्ष विद्यार्थी अभावका कारण तनहुँमा १८ वटा विद्यालय गाभिएका छन् । आव २०७१र७२ मा जिल्लाभित्र रहेका ती विद्यालय गाभिएको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ ।   विद्यार्थी सङ्ख्या न्यून रहेका ती विद्यालयका विद्यार्थीलाई घर पायक पर्ने विद्यालयमा गाभिएको जिल्ला...

गोरखापत्रका अस्थायी पत्रकारलाई स्थायी गर्न निर्देशन

२०७२ साउन २६ गते १५:०१

काठमाण्डु २६ साउन– अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको मंगलबारको बैठकले गोरखापत्रमा लामो समयदेखि कार्यरत अस्थायी पत्रकार र कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन, २०५१ र श्रम ऐन, २०४८ अनुसार तत्काल स्थायी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।   बैठकमा सभासद्हरुबाट सरकारी निकायअन्तर्गतकै सञ्चारमाध्यममा ऐन लागू...

सञ्चारमन्त्रीले भने, ‘श्रमजीवी पत्रकारहरुको पारिश्रमिकका विषयमा केही दिनमै निर्णय गर्दैछौं’

२०७२ साउन २६ गते १४:५४

काठमाण्डु, २६ साउन-सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले न्यूनतम पारिश्रमिक निर्धारण समितिले दिएको प्रतिवेदनका आधारमा केही दिनमै श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरवलोकन हुने बताएका छन् ।   संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको मंगलबारको बैठकमा मन्त्री रिजालले पत्रकारले न्यूनतम पारिश्रमिक पाउने कुरा सुनिश्चित गर्न सरकार प्रतिबद्ध...

मुगु मंगलबार पनि बन्द

२०७२ साउन २६ गते १४:३४

मुगु, २६ साउन-सीमाङ्कनमा कर्णाली अञ्चललगायत मध्यपश्चिम क्षेत्रलाई सुदूर पश्चिममा मिलाई यो क्षेत्रका जनतालाई राणाकालीन युगमै पु¥याएको विरोधमा अखण्ड मध्यपश्चिमको माग गर्दै गत आइतबारदेखि सुरु भएको आन्दोलन अन्तर्गत मंगलबार तेस्रो दिन पनि बन्द यथावत् रहेको छ ।   आइतबार र सोमबार सरकारी कार्यालय, गैरसरकारी सङ्घसंस्था...

प्रदेश सीमांकनको विरोध गर्दै हवाईमार्ग समेत बन्द

२०७२ साउन २६ गते १४:१४

हुम्ला, २६ साउन-प्रदेश सिमाङ्कनको विरोध गर्दै हुम्लामा मंगलबार बिहानदेखि त्यहाँ रहेका नेपाली काँग्रेस, एनेकपा माओवादी, नेकपा एमाले, राप्रपा नेपाल लगायत १२ वटा पार्टीले सदरमुकाम सिमीकोट बजारलगायत हवाई मार्गसमेत बन्द गराएका छन् ।   कर्णाली अञ्चलका सबै जिल्लालाई मध्यपश्चिममा जोड्नुपर्ने माग राखी मंगलबार बिहानैदेखि स्वतःस्फूर्त...

पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु

२०७२ साउन २६ गते १४:०९

गुल्मी, २६ साउन-गएराति करिब ३ बजेतिर गुल्मी दिवु्रङ गाविस वडा नं ३ गल्छेकमा घरमाथिबाट खसेको पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।   गुल्मी दिवु्रङ गाविस वडा नं ३ गल्छेकका खड्कबहादुर सार्कीको घरमाथिबाट आएको पहिरोले घर पुरिएर ३५ वर्षीया श्रीमती आशा सार्की,...

प्रादेशिक राजधानी सुर्खेत माग्दै जाजरकोट बन्द

२०७२ साउन २६ गते १३:५३

जाजरकोट, २६ साउन-प्रमुख दलहरुले सङ्घीय प्रदेशहरुको सीमाङ्कन गरेर आफूमाथि अन्याय गरेको भन्दै जाजरकोटवासीले मंगलबारदेखि जिल्ला बन्द गरेका छन् । अखण्ड मध्यपश्चिम हुनुपर्ने तथा प्रादेशिक राजधानी सुर्खेत हुनुपर्ने मागसहित उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।   चरणबद्ध आन्दोलनको घोषणा गर्दै उनीहरुले सदरमुकाम खलङ्गामा प्रमुख दलहरुको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us