तनहुँमा अठार विद्यालय गाभिए

काठमाण्डु टुडे २०७२ साउन २६ गते १५:०६ मा प्रकाशित

school
तनहुँ, २६ साउन-गत आर्थिक वर्ष विद्यार्थी अभावका कारण तनहुँमा १८ वटा विद्यालय गाभिएका छन् । आव २०७१र७२ मा जिल्लाभित्र रहेका ती विद्यालय गाभिएको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ ।

 

विद्यार्थी सङ्ख्या न्यून रहेका ती विद्यालयका विद्यार्थीलाई घर पायक पर्ने विद्यालयमा गाभिएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

 

उनका अनुसार सतिस्वाँरा–२ स्थित शिव प्रावि, रुपाकोट–१ स्थित बालज्योति प्रावि, जामुने–३ स्थित लक्ष्मी प्रावि, तनहुँसुर–७ स्थित भुवानी प्रावि, तनहुँसुरस्थित महादेव प्रावि, मनपाङ–३ स्थित बालदेवी प्रावि, घाँसीकुवा–३ स्थित कोटकालिका प्रावि, बन्दिपुर–९ स्थित बालकन्या प्रावि, माझकोट–४ स्थित पोखरीभञ्ज्याङ प्रावि, मिर्लुङ गाविसस्थित गणेश प्रावि, वरभञ्ज्याङ गाविसस्थित प्रगतिसदन प्रावि, मिर्लुङ गाविसस्थित जनजागृति प्रावि बन्द भई अर्को विद्यालयमा गाभिएका हुन् ।

 

त्यसैगरी, रुपाकोट–७ स्थित विद्याज्योति प्रावि, चोकचिसापानी–६ स्थित कालिका प्रावि, बन्दिपुर–२ स्थित शेर प्रावि, कोटदरवार–५ स्थित मदनआश्रित प्रावि, केशवटार–७ स्थित दुर्गा भवानी प्रावि बन्द भई अर्को विद्यालयमा गाभिएको शिक्षा कार्यालय तनहुँले जनाएको छ ।

 

पछिल्लो समयमा सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएपछि सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून हुन जाँदा सरकारी विद्यालय बर्सेनि बन्द हुने अवस्था बढ्दै गएको पाइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us