मुगु मंगलबार पनि बन्द

काठमाण्डु टुडे २०७२ साउन २६ गते १४:३४ मा प्रकाशित

mugu
मुगु, २६ साउन-सीमाङ्कनमा कर्णाली अञ्चललगायत मध्यपश्चिम क्षेत्रलाई सुदूर पश्चिममा मिलाई यो क्षेत्रका जनतालाई राणाकालीन युगमै पु¥याएको विरोधमा अखण्ड मध्यपश्चिमको माग गर्दै गत आइतबारदेखि सुरु भएको आन्दोलन अन्तर्गत मंगलबार तेस्रो दिन पनि बन्द यथावत् रहेको छ ।

 

आइतबार र सोमबार सरकारी कार्यालय, गैरसरकारी सङ्घसंस्था र व्यापार–व्यवसाय बन्द रहेपनि मंगलबारदेखि शैक्षिक संस्था पनि बन्द भएका छन् । सुर्खेतमा प्रहरीबाट भएको दमन र हत्याको विरोधमा सोमबार साँझ युवाले मसाल जुलुस निकालेका थिए भने मंगलबार युवाले जुलुस निकालेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us