महोत्तरी, २६ साउन– महोत्तरीको बर्दिवासमा सोमबार साँझ बोलबमको बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ मृतकमध्ये मंगलबार बिहानसम्म चार जनाको सनाखत भएको छ । सनाखत भएकामा महोत्तरीको एरहिया–३ बस्ने मनोज साह, जगदीश साह, मटिहानी–५ बस्ने विवेक मण्डल र धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–५ बस्ने...
प्यूठान, २६ साउन– प्यूठान सदरमुकाम नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० मध्ये नौ जनाको सनाखत भएको छ । सोमबार दिउँसो सदरमुकामबाट बाङ्गेफेदी जाँदै गरेको ना३ख ८३८३ नम्बरको यात्रुबाहक बस साँगुरो घुम्ती रहेको सारिवाङको सडकबाट खोलामा पल्टिँदा घटनास्थलमै छजना र उपचारका लागि लैजाँदै गर्दा...
काठमाण्डु, २६ साउन–एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले थारु समुदायप्रतिको उपेक्षा र अवहेलाना असह्य भएको बताएका छन् । कैलाली र कञ्चनपुरजस्ता थारुको बाहुल्यता भएको जिल्लालाई सुदूरपश्चिममा राखिएकोमा संकेत गर्दै उनले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उनले यस्तो बताएको हुन् । एमाओवादीले मूल रुपमा उठाउँदै आएको पहिचानको...
जाजरकोट, २६ साउन– जाजरकोको मजकोट गाविसमा रहेको उपस्वास्थ्य चौकीमा उपचार गर्ने सामान्य कोठासमेत नहुँदा यस क्षेत्रका बिरामीको खुला आकासमुनि उपचार गर्नुपर्ने बाध्यता छ । चौकीमा पुरानो जीर्ण एककोठे भवनमा दैनिक उपचार गर्दा निकै अप्ठ्यारो भएको चौकीका प्रमुख सुनिल बज्राचार्यले बताउँछन् । दैनिक दर्जनभन्दा बढी...
इलाम, २६ साउन– कृषि विकास बैंक जिल्ला शाखा इलामले बैंकको नीतिअनुसार नियमित किस्ता र ब्याज बुझाउने तीन सय ग्राहकलाई असल ग्राहक परिचयपत्र प्रदान गरेको छ । नियमितरूपमा कर्जाको साँवा, ब्याज तिर्ने असल ग्राहकलाई बैंकले गत आव २०७१/०७२ मा असल ग्राहक परिचयपत्र वितरण गरेको हो...
नर्थ क्यारोलिना– अमेरिकास्थित नेपालीहरुको दोश्रो पुरानो संस्था नेप्लिज असोसिएसोन इन साउथ इस्ट अमेरिका ‘नासा’ को एघारौं सम्मेलनको तयारी तीव्र भएको छ । नेप्लिज एसोसिएसोन इन साउथ इस्ट अमेरिका र एसोसिएसोन अफ नेप्लिज इन मिडवेस्ट अमेरिकाले संयुक्तरुपमा सम्मेलन आयोजना गर्नेछन् । आगामी सेप्टेम्बर ४ देखि...
गौशाला, २५ साउन-बोलबम यात्री सवार ज१ख ५२९ नंको बस सोमबार साँझ बर्दिवास–५ स्थित भोगटे पुलमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । एक महिला र पाँच पुरुषको बर्दिबासस्थित जनसेवा र होप अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब...
काठमाण्डु, २५ साउन-संविधानसभा सचिवालयले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आइतबार संविधानसभामा पेस गरेको प्रतिवेदन सभासद्हरुलाई वितरण गरेको छ । सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार संविधानसभामा प्रतिनिधित्व गर्ने दलका सबै सदस्यलाई संसदीय दलमार्फत ‘पिजन होल’मा पु¥याइएको छ । सभाध्यक्ष सुवास नेम्वाङले...
प्युठान, २५, साउन-सदरमुकाम नजिकै सोमबार अपराह्न भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । घटनास्थलमै छ र उपचारका लागि लैजाँदै गर्दा चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । एकजनाको शव च्यापिएकाको अवस्थामा बसभित्रै रहे पनि निकाल्न...
काठमाण्डु, २५ साउन-राहदानी विभागले पहिलोपटक लिङ्गको महलमा ‘ओ’ अर्थात् अन्य उल्लेख गरेर राहदानी वितरण गरेको छ । विभागले सोमबार तेस्रोलिङ्गी मनोज शाही ‘मोनिका’लाई लिङ्गको महलमा ‘ओ’ उल्लेख एमआरपी राहदानी दिएको हो । विभागका महानिर्देशक लोकबहादुर थापाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समलिङ्गी, तेस्रोलिङ्गी,...
काठमाण्डु, २५ साउन– विभिन्न मन्त्रालयले खर्च शीर्षकको बजेट विवरण समयमै नपठाएकाले विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल प्रभावित भएको छ । व्यवस्थापिका संसदमा बजेट पेश भएपछि मन्त्रालयले विनियोजन भएको खर्चको शीर्षक अनुसारको कार्यक्रमको योजना तयार पारेर संसद सचिवालयमा पठाएपछि मात्र दफवार छलफल हुन्छ । संसद सचिवालयका...
भीमदत्तनगर, २५ साउन-खोलामा दाउरा निकाल्ने क्रममा सोमबार बाजुरामा एक बालकको मृत्यु भएको छ । स्थानीय बाउली खोलामा दाउरा निकाल्ने क्रममा बडीमालिका नगरपालिका–१२ गडखेतका नौ वर्षीय ओमकार बडुवालको खोलाले बगाउँदा मृत्यु भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ । यसैबीच खोला तर्ने...