काठमाण्डु, २५ साउन-एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रमुख दलको सहमतिमा संविधानसभामा पेस भएको मस्यौदामा संशोधन गर्ने प्रशस्त ठाउँ भएकाले नआत्तिन आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घले संविधानको मस्यौदामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा प्रष्ट नभएको र अझै पनि नियन्त्रण गर्ने प्रावधान कायम...
काठमाण्डु, २५ साउन-नेपालको लिपुलेक क्षेत्रमा चीन र भारतले गरेको सम्झौताप्रति आपत्ति जनाउँदै नेकपा माओवादीले सोमबार विरोधसभा गरेको छ । स्थानीय सुनधारामा सोमबार भएको सभामा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले लिपुलेकको सम्झौता तत्काल खारेज नगरिए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए । विरोधसभामा पोलिटव्युरो सदस्य...
काठमाण्डु, २५ साउन– रुकुमबाट प्रतिनिधित्व गर्ने सभासद र राजनीतिक दलका नेताहरुले रुकुम जिल्लालाई टुक्राएर गरिएको सीमांकन आफूहरुलाई स्वीकार नभएको स्पष्ट पारेका छन् । सोमबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले सो असन्तुष्टि पोखेका हुन् । रुकुमलाई टुक्राएर सुदुरपश्चिममा राखेकोप्रति असन्तुष्टि प्रकट गर्दै सिंगो...
काठमाण्डु, २५ साउन– विश्वको सर्वोच्चो शिखर सगरमाथा, किलर पर्वत मनास्लु , अफ्रीकाको किलिमन्जारो ,अमेरिकाको अकोन्कागुआ, यूरोपको एल्ब्रुस लगाएत छ महादेशका उच्च शिखरहरुको सफल आरोहण गरेका कीर्तिमानी विश्व पर्वतारोही तथा अल्ट्रा धाबक संजय पण्डितले जापानको सर्वोच्च शिखर फुजिको सफल र्कीतिमानी आरोहण गरेका छन् । सोमबार...
भीमदत्तनगर, २५ साउन-भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले पश्चिमी सीमा महाकाली नदी वारपार गर्न राखिएका तुइनबाट नेपालीलाई आवागमनमा अवरोध पु¥याएको छ । दार्चुलाको सदरमुकाम उत्तरतर्फ पर्ने तीन चार तुइन काटेर एसएसबीले नेपालीलाई आवागमनमा अवरोध पु¥याएको दार्चुलाका प्रजिअ प्रेमसिंह कुँवरले जानकारी दिए । लिपुलेकबारे माओवादीलगायत...
सुर्खेत, २५ साउन– सुर्खेतमा अखण्ड मध्यपश्चिमको माग गर्दै भएको आन्दोलनमा दुईजना आन्दोलनकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–४ निवासी टिकाराम गौतम र यामबहादुर बिसी छन्। प्रदर्शनकारीले कांग्रेसका सह–महामन्त्री पूर्ण बहादुर खड्काको घरमा ढुङ्गामुढा तथा आगजनी गरेपछि प्रहरीले गोली चलाएको थियो । घटनामा प्हरी...
काठमाण्डु, २५ साउन– नेपाली कांग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले संविधान जारी भएपछि नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले एमाले र कांग्रेसबीच पहिला नै संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरी...
जुम्ला, २५ साउन– कर्णाली स्वायत्त प्रदेशको माग गरिरहेको संयुक्त सङ्घर्ष समिति जुम्लाले ुोमबार गरेको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड भएको छ । तोडफोडबाट प्रशासन कार्यालयको भवनमा आंशिक क्षति पुगेको छ भने अञ्चल तथा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको...
बनेपा, २५ साउन-गाउँ पसेको पाटे चितुवालाई स्थानीय बासिन्दाले कोठामा थुनेर प्राविधिक टोलीलाई जिम्मा लगाएका छन् । काभ्रेपलाञ्चोकको मादनकुँडारी गाविसको दोभानमा अकस्मात आएको पाटे चितुवालाई चिकित्सकसहितको प्राविधिक टोलीले सोमबार नियन्त्रणमा लिएको हो । स्थानीय बासिन्दाले झुक्याएर कोठामा थुनेको पाटे चितुवालाई ललितपुरस्थित चिडियाघरबाट गएको...
प्यूठान, २५ साउन-प्यूठानको सदरमुकाम खलङ्गाबाट बाङ्गेफेदी जाँदै गरेको ना३ख ८३८३ नंको यात्रुबाहक बस आइतबार सदरमुकाम नजिकै दुर्घटना हुँदा चारजनाको घटनास्थलमा मृत्यु भएको छ । घटनामा परी २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । मृतकहरुको सनाखत हुन सकेको...
चितवन, २५ साउन-इजरायलबाट कृषिकर्म गरेर फर्किएका चितवनका युवा कृषि उद्यमी बन्न सुरु गरेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा अहिले उनीहरुले आफूले सिकेको सीप प्रयोग गरेर व्यावसायिक कृषिकर्म गर्न थालेका छन् । उनीहरुलाई व्यावसायिक तरकारीखेती तथा पशुपालनका लागि यो वर्ष सरकारले जिल्ला कृषि विकास...
काठमाण्डु, २५ साउन-व्यवस्थापिका–संसद्को विकास समितिले मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को स्तरोन्नति तथा गुणस्तरीय सेवा सञ्चालनबारे चासो लिएको छ । समितिले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मन्त्रालयका सचिव तथा मातहत निकायका पदाधिकारीसँग छलफल गरी गुणस्तरीय सेवा सञ्चालनतर्फ हालसम्म भएको कार्यप्रगतिबारे...