समाचार

प्रदेश सीमांकनको बिरोधमा पाँच दिनदेखि सुदूरपश्चिम बन्द

२०७२ साउन २५ गते १२:०७

सुर्खेत, २५ साउन– पाँच दिनदेखिको लगातार बन्दका कारण सुदूरपश्चिमको जनजीवन नराम्ररी प्रभावित बनेको छ । कैलाली र कञ्चनपुरमा मात्र बन्दकको आह्वान गरिएपनि त्यसको आंहिक प्रभाव भने सुदूरपश्चिमका ९ वटै जिल्लाहरुमा परेको छ । कैलाली र कञ्चनपुर बाहेकका जिल्लामा बजार खुले पनि लामो दूरिका यातायातका...

सामुदायिक वनको जैविक विविधतामा टेवा पुर्‍याउन कार्ययोजना

२०७२ साउन २५ गते ११:३६

कञ्चनपुर, २५ साउन – सामुदायिक वनको संरक्षण गरी जैविक विविधता जोगाउनमा मद्दत पुर्‍याउनका लागि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले वार्षिक कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । सामुदायिक वनको संस्थागत विकास गर्नका लागि आर्थिक वर्ष ०७२/७३ का लागि समन्वय समितिले ३३ बुँदे कार्ययोजना बनाएको हो ।...

आगलागीबाट दश लाखको क्षति

२०७२ साउन २५ गते ११:२५

झापा, २५ साउन – झापाको शनिअर्जुन नगरपालिका– ४ मा आइतबार राति आगलागीबाट १० लाख मूल्य बराबरको क्षति भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार भोजराज चौहानको घरमा राति २ बजे विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभए पनि घर...

हिन्दूराष्ट्रको माग गर्दै पर्सा बन्द

२०७२ साउन २५ गते ११:२२

पर्सा, २५ साउन – हिन्दूराष्ट्रलगायतका पाँच सूत्रीय माग राख्दै हिन्दूराष्ट्र संघर्ष समिति पर्साले सोमबार पर्सा जिल्ला बन्द आह्वान गरेपछि त्यहाको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले वीरगन्जमा रहेका पसल, उद्योग, शैक्षिक संस्था बन्द गराएका छन् भने वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि सञ्चालन हुने लामो...

तेह्र विद्यालयमा पुस्तकालय र प्रयोगशाला स्थापना

२०७२ साउन २५ गते ११:१७

प्यूठान, २५ साउन – गुणस्तरीय शिक्षण सिकाइ क्रियाकलापअन्तर्गत जिल्लाका १३ वटा विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापना भएका छन् । जिल्ला शिक्षा कार्यालय प्यूठानले गुणस्तरीय शिक्षामा सहयोग पु¥याउन भन्दै जिल्लाका १३ वटा विद्यालयमा विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापना गरेको हो । ४६ लाख...

म्याग्दीमा दुई करोड राहत वितरण

२०७२ साउन २५ गते ११:१२

म्याग्दी, २५ साउन – म्याग्दी जिल्लाका विभिन्न पीडितलाई करिब दुई करोड राहत रकम वितरण गरिएको छ । गत आर्थिक वर्ष २०७१/७२ मा जिल्ला प्रशासन कार्यालय म्याग्दीद्वारा विभिन्न शीर्षकमा पीडितलाई राहत रकम वितरण गरिएको हो । शान्ति तथा पुनःनिर्माण मन्त्रालयको राहत तथा पुनःस्थापना एकाइ बबरमहल...

म्याग्दीका धार्मिकस्थलमा श्रीखण्ड रोपियो

२०७२ साउन २५ गते ११:०३

म्याग्दी, २५ साउन – म्याग्दीका विभिन्न धार्मिक स्थलमा श्रीखण्डका बिरुवा रोपिएको छ । धार्मिक पूजापाठमा उपयोगी हुने सेतो चन्दनको नामले चिनिने श्रीखण्डको संरक्षणका लागि सो बिरुवा रोपण गरिएको हो । भू–संरक्षण दिवसको अवसरमा प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम, पौलस्त्य पुलाहाश्रम, महारानिथान, भगवतीदेवी मन्दिर, लक्ष्मीनारायण, शिवालय र...

राजेश्वर देवकोटाको निधन

२०७२ साउन २५ गते १०:१९

काठमाण्डु, २५ साउन– राजनीतिज्ञ तथा वरिष्ठ साहित्यकार राजेश्वर देवकोटाको सोमबार बिहान निधन भएको छ । ८६ वर्षको उमेरमा देवकोटाको काठमाण्डुस्थित न्यूरो अस्पतालमा निधन भएको हो । उनी केही समयदेखि निमोनियाबाट पीडित थिए । देवकोटा पञ्चायतकालमा राजनीतिमा सक्रिय थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि आवद्ध...

रेडक्रसले भूकम्पपीडितको राहत गोदाममै कुहायो तर बाँडेन

२०७२ साउन २५ गते ८:४३

पर्वत, २५ साउन– वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा पीडित बनेका पर्वतवासीका नाउँमा नेपाल रेडक्रस सोसाइटी पर्वतलाई विभिन्न दाताबाट प्राप्त भएको लाखौँ रुपैयाँ बराबरको राहत सामग्री गोदाममै कुहिने अवस्थामा पुगेको छ ।   समयमा वितरण हुन नसक्दा करिब पाँच लाखभन्दा बढीको खाद्यान्न सामग्री कुहिँदै...

भूकम्पका कारण महिलामा अझै मनोसामाजिक समस्या

२०७२ साउन २५ गते ८:०४

बनेपा, २५ साउन –भूकम्प गएको तीन महिना बितिसक्दा पनि मनोसामाजिक समस्याले महिला पीडित भएको देखिएको छ । काभ्रेपलाञ्चोकको पाँचखालमा आइतबार सञ्चालन भएको शिविरको मनोविमर्स कार्यक्रममा करिब ३२ वर्ष माथिका अधिकांश महिलामा त्यस्तो समस्या देखिएको तामाङ महिला घेदुङकी अध्यक्ष मायालु तामाङले जानकारी दिइन् ।उनका अनुसार...

गोरखामा बिहानै पराकम्पन

२०७२ साउन २५ गते ७:४९

काठमाण्डु, २५ साउन – सोमबार बिहान ४ बजेर १५ मिनेट जाँदा गोरखा जिल्लाको बालुवा आसपास केन्द्रबिन्दु भएको ४ दशमलव ९ रिक्टर स्केलको पराकम्पन गएको छ । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३७५ भन्दा बढी पराकम्पन गइसकेको खानी तथा...

चीनले सुरु गरेको ‘रेशम मार्ग’ नेपालको जमिनमुनिबाटै हुने सम्भावना

२०७२ साउन २४ गते १९:४७

नुवाकोट, २४ साउन-परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले आइतबार संयुक्तरुपमा नुवाकोटको अवलोकन भ्रमण गरेका छन् ।   भूकम्पले भैतिक संरचनामा पु¥याएको क्षतिको अध्ययन गर्न मन्त्री पाण्डे र राजदूत चुन्ताई संयुक्तरुपमा जिल्ला भ्रमणमा गएका हुन् । उनीहरुले देवीघाटस्थित वृद्धाश्रम, जिल्ला अस्पताल,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us