राजेश्वर देवकोटाको निधन

काठमाण्डु टुडे २०७२ साउन २५ गते १०:१९ मा प्रकाशित

rajeshwarकाठमाण्डु, २५ साउन– राजनीतिज्ञ तथा वरिष्ठ साहित्यकार राजेश्वर देवकोटाको सोमबार बिहान निधन भएको छ ।

८६ वर्षको उमेरमा देवकोटाको काठमाण्डुस्थित न्यूरो अस्पतालमा निधन भएको हो । उनी केही समयदेखि निमोनियाबाट पीडित थिए । देवकोटा पञ्चायतकालमा राजनीतिमा सक्रिय थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि आवद्ध थिए । तर पछिल्लो समय उनी कुनै पनि दलमा आवद्ध थिएनन् । देवकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सोमबार बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । साहित्यतर्फ देवकोटाको ठूलो योगदान छ । उनले मदन पुरस्कार र साझा पुरस्कारसमेत प्राप्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us