समाचार

पहिरोले त्रसित गाउँलेहरु सामूहिक रुपमा बस्न अस्वीकार

२०७२ साउन २५ गते १५:०१

बनेपा, २५ साउन-काभ्रेपलाञ्चोकको टुकुचानाला गाविस वडा नं ७ स्थित घिमिरे गाउँमा गएको पहिरोबाट त्रसित बनेका स्थानीय बासिन्दाले सामूहिक रुपमा त्यहीँ बस्न अस्वीकार गरेका छन् ।   ‘चारवटा त्रिपालमा सामूहिक रुपमा बस्ने प्रबन्ध मिलाइएको छ तर उहाँहरु त्यसरी बस्न मान्नुभएको छैन,’ स्थानीय श्वेत बाराही उच्च...

सुर्खेतमा राति ९ बजेसम्म कफ्र्यु लाग्यो

२०७२ साउन २५ गते १४:२९

वीरेन्द्रनगर, २५ साउन-मध्यपश्चिम क्षेत्रलाई टुक्र्याइएको विरोधमा आक्रोशित सुर्खेतका जनताको आक्रोशलाई साम्य पार्न सुर्खेतमा मध्याह्न १ बजेदेखि राति ९ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, सुर्खेतले जानकारी दिएका छ ।   अहिले, सहमहामन्त्री खड्काको घरलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन्...

रुकुममा सभासदको घर घेराउ, जनार्दनको घरमा ढुङ्गा प्रहार

२०७२ साउन २५ गते १४:२५

रुकुम, २५ साउन– संघीयतामा रुकुमलाई दुई टुक्रा पारेको बिरोधमा आयोजित बिरोध कार्यक्रममा आन्दोलनकारीले रुकुमका सभासल जनार्दन शर्मा र मिठ्ठु मल्लको घर घेराउ गरेका छन् । अनिश्चितकालिन रुकुम बन्दको अवसरमा नगर परिक्रमा गर्ने क्रममा सभासदको घरका फुलहरु ओखल्ने काम भएको जिलला प्रहरी कार्यालय रुकुमले जनाएको...

असहायलाई घर निर्माण गरिदिने अभियान

२०७२ साउन २५ गते १४:०४

धादिङ, २५ साउन-घरमा सहयोग गर्ने नभएका गरिब परिवारलाई घर बनाएर हस्तान्तरण गर्ने कार्य उत्तरी धादिङको त्रिपुरेश्वर गाविसबाट सुरु भएको छ ।   अक्सफामले कोसोक नेपालको साझेदारीमा भूकम्पपीडितका लागि अस्थायी आवास कार्यक्रमअन्तर्गत यस्तो अभियान थालिएको अक्सफामका सरोज महर्जनले बताए ।   भूकम्पले घर भत्काएपछि घरबारविहीन...

छुवाछूतविरुद्ध सोह्र बुँदे घोषणापत्र जारी

२०७२ साउन २५ गते १३:४१

बागलुङ, २५ साउन-जातका आधारमा गरिने भेदभाव र छुवाछूत अन्त्यका लागि बागलुङमा १६ बुँदे घोषणापत्र जारी गरिएको छ ।   छुवाछूत अन्त्यका लागि हिन्दू धार्मिक समुदायको भूमिका विषयक क्षेत्रीय गोष्ठीले सो घोषणापत्र जारी गरेको हो ।   दलित गैरसरकारी संस्था महासङ्घ, राष्ट्रिय दलित आयोग, विश्व...

होसियार, आफ्नै नातेदार पनि महिला बेच्ने दलाल हुन सक्छन् !

२०७२ साउन २५ गते १३:३४

मेलम्ची, २५ साउन-भूकम्पपछि महिला तथा बालबालिका बेचबिखनमा वृद्धि भएको छ ।   पछिल्लो समय सिन्धुपाल्चोक जिल्लाका सात महिलालाई भारतबाट उद्धार गरी नेपाल फर्काइएको छ ।   भूकम्प प्रभावित जिल्लाको अध्ययन प्रतिवेदन, २०७२ अनुसार अतिप्रभावित जिल्लामा आफ्नै नातेदारबाट महिलालाई बेचबिखन गरिएको उल्लेख गरिएको छ ।...

प्रदेशको सीमांकन अन्तरिम मात्रः सिटौला

२०७२ साउन २५ गते १३:३४

झापा, २५ साउन– नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले ६ प्रदेशका लागि गरीएको सीमांकन अन्तरिम मात्र भएकाले विवाद नगर्न आग्रह गरेका छन् । सोमबार झापाको खजुरगाछीमा भएको कार्यक्रममा सिटौलाले सबैका माग सम्बोधन गराउन असन्तुष्टसँग वार्ता भइरहेको पनि बताए । सिटौलाले भने, ‘नेतृत्वले असन्तुष्टसँग अप्रत्यक्ष वार्ता...

सुर्खेतमा तनाब, सरकारी कार्यालय तोडफोड, पार्टी कार्यालयमा आगजनी

२०७२ साउन २५ गते १३:२९

सुर्खेत, २५ साउन– सुर्खेतमा अखण्ड मध्यपश्चिम हनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीले त्यहाँका सरकारी कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले जिलला प्रशासन कार्यालय, मालपोत कार्यालय, बन कार्यालय, स्वास्थ्य कार्यालय लगाएतका सरकारी भवनमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । निकै उग्र बनेका...

बागलुङमा अत्याधुनिक आँखा अस्पताल सञ्चालन हुँदै

२०७२ साउन २५ गते १३:२६

बागलुङ, २५ साउन-बागलुङमा चालु आर्थिक वर्षभित्रमै अत्याधुनिक सुविधा सम्पन्न आँखा अस्पताल सञ्चालन हुने भएको छ । चालु आवको पुस मसान्तसम्ममा अञ्चलमै पहिलोपटक विशेषज्ञसहित अस्पताल खुल्न लागेको हो ।   जिल्लामा अहिले नेपाल नेत्र ज्योति सङ्घले आँखाका सामान्य समस्याको उपचार गर्ने गरेको छ । सङ्घले...

रुद्राक्षको मोह बढेपछि…

२०७२ साउन २५ गते १३:०४

ताप्लेजुङ,२५ साउन-धार्मिक एवम् आध्यात्मिक रुपमा महत्वपूर्ण मानिने रुद्राक्षको माग बढ्दै गएपछि यसको खेतीतर्फ ताप्लेजुङका कृषक आकर्षित हुन थालेका छन् ।   पछिल्लो समय धान, मकै उब्जाउ हुँदै आएको खेतबारी नै मासेर यहाँका किसानले रुद्राक्ष रोप्न थालेका छन् । सदरमुकाम फुङ्लिङस्थित विभिन्न जातका बोटबिरुवा खरिद...

स्नातक तह दोश्रो वर्षको परीक्षा स्थगित

२०७२ साउन २५ गते १२:५६

जुम्ला, २५ साउन-सङ्घीय संरचनामा कर्णालीको अस्तित्व मेट्न खोजेको भन्दै कर्णालीवासी आन्दोलित भएका छन् ।   सीमाङ्कन निर्धारण गर्दा कर्णालीको अस्तित्व मेटिएको भन्दै पाँचवटै जिल्लामा आन्दोलन भइरहेको संयुक्त सङ्घर्ष समिति जुम्लाले जनाएको छ ।   आन्दोलनकारीले सोमबार जुम्ला बहुमुखी क्याम्पसमा सञ्चालित स्नातक तह द्वितीय वर्षको...

घाँटीमा केरा अड्किँदा बालकको मृत्यु

२०७२ साउन २५ गते १२:२१

दमौली, २५ साउन – तनहुँको सतिस्वाँरा–२ घर भई हाल मिर्लुङ– ६ आरुबोटस्थित मामाको घरमा बस्दै आएका दुई वर्षीय बालकको आइतबार राति घाँटीमा केरा अड्किएर मृत्यु भएको छ । मृत्यु हुनेमा संगीता अधिकारीका छोरा टेलिङ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । हजुरआमाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us