घाँटीमा केरा अड्किँदा बालकको मृत्यु

काठमाण्डु टुडे २०७२ साउन २५ गते १२:२१ मा प्रकाशित

Damauli
दमौली, २५ साउन – तनहुँको सतिस्वाँरा–२ घर भई हाल मिर्लुङ– ६ आरुबोटस्थित मामाको घरमा बस्दै आएका दुई वर्षीय बालकको आइतबार राति घाँटीमा केरा अड्किएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा संगीता अधिकारीका छोरा टेलिङ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । हजुरआमाले दिएको केरा खाँदा घाँटीमा अड्किएर ती बालकको मृत्यु भएको बताइएको छ ।

राति २ बजे डुम्रेस्थित मोती मेडिकल हलमा पुर्‍याइएका  ती बालकलाई त्यहाँका स्वास्थ्यकर्मीले मृत्यु भइसकेको बताएका थिए ।

मृतक बालकको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएकोे छ ।

यसैगरी तनहुँको जामुने गाविस– ५ पसले निवासी २० वर्षीय अभिषेक सुनार विष सेवनबाट गम्भीर विरामी भएका छन् ।

मुसा मार्ने औषधि खाई विरामी भएका सुनारको अहिले दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ ।

सोमबार बिहान सुनारले एक्कासि उक्त विष खाएको थाहा पाएपछि परिवारजनले अस्पताल पु¥याएका थिए । उनले विष सेवन गर्नुको कारण भने खुल्न सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us