समाचार

सिद्धबाबा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

२०७२ साउन २४ गते १९:०७

पाल्पा, २४ साउन-पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा नजिकै शनिबार सडकमाथिबाट खसेको पहिरोले बस बगाउँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।   पाल्पाको ताहँु गाविस–८ की ४० वर्षीया विष्णुमाया श्रेष्ठको आइतबार शव भेटिएपछि मृत्यु हुनेको सङ्ख्या तीन पुगेको प्रहरीले बताएको छ ।   श्रेष्ठकी छोरी १७...

संघीय खाकाप्रति कर्णालीका सभासदहरुको व्यापक असहमति

२०७२ साउन २४ गते १८:५९

काठमाण्डु, २४ साउन– कर्णालीका सभासदहरुले नयाँ प्रस्तावित संघीय खाकाप्रति व्यापक असहमति जनाएका छन् । उनीहरुले आफ्नो ध्यानाकर्षणपत्र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई बुझाउँदै सो असहमति जनाएका हुन् । यसरी फरक मत राख्ने सभासदहरुमा जीवनबहादुर शाही (हुम्ला), महेन्द्रबहादुर शाही(कालिकोट), तुलराज विष्ट (कालिकोट), ललितजंग शाही...

सुरक्षित भवन प्रदर्शनी २५ हजारले अवलोकन गरे

२०७२ साउन २४ गते १८:४२

काठमाण्डु, २४ साउन-भवन निर्माण प्रविधिको विषयमा जानकारी दिन आयोजित ‘सुरक्षित भवन प्रदर्शनी’ करिब २५ हजार दर्शकले अवलोकन गरी आइतबार सम्पन्न भएको छ ।   सर्वसाधारणका घर तथा कार्यालयका भवन संरचनालाई भूकम्प प्रतिरोधी बनाउन विभिन्न उपायका बारेमा जानकारी दिन स्थानीय भृकुटीमण्डपमा तीनदिनदेखि प्रदर्शनी सञ्चालन भएको...

६ प्रदेशको सहमतिमा महरासहित पाँच सभासदको फरक मत

२०७२ साउन २४ गते १८:२९

काठमाण्डु, २४ साउन– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा एमाओवादीका पाँच जना सभासदले फरक मत पेश गरेका छन् । शनिबार राती प्रमुख दलका शीर्ष नेताहरुले हस्ताक्षर गरेको प्रदेशको बाँडफाँटमा पहिचान र सामथ्र्यको मान्यता विपरीत काम भएको भन्दै आइतबारको संवाद समितिको बैठकमा माओवादी महासचिव कृष्णबहादुर...

कास्कीका दलितले आन्दोलन चर्काउने

२०७२ साउन २४ गते १७:३४

पोखरा, २४ साउन– संविधानको मस्यौदामा दलितका अधिकार कटौती भएको विरोधमा कास्कीका दलितहरुले आन्दोलन चर्काउने भएका छन् । आइतबार पोखरामा भएको दलितहरुको बृहत भेलाले दोश्रो चरणको आन्दोलनअन्तर्गत विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । आन्दोलनलाई अघि बढाउन विभिन्न राजनीतिक दल निकट भातृसंगठन, जातीय समाज एवं...

हिसिलाका कर्मचारीको रकम ठग्ने रसाईली प्रहरी नियन्त्रणमा

२०७२ साउन २४ गते १७:२१

काठमाण्डु, २४ साउन– आइएमईमा राखेको रकम नक्कली कागजात बनाई झिकेको आरोपमा सुमी डिष्टीलरीका एक कर्मचारी आइतबार पक्राउ परेका छन् । सुमी डिष्टीलरी दाङ शाखाका ताराप्रसाद रसाइलीलाई प्रहरीले पक्राउ गरेको हो । रुकुमस्थित हिसिला इन्टरप्राईजेजका प्रोपाइटर बिनोदकुमार ओलीले मिति २०७१ माघ २३ गते रुकुमबाट आइएमई...

फेरि सर्‍यो संविधानसभाको बैठक !

२०७२ साउन २४ गते १७:१०

काठमाण्डु, २४ साउन–आइतबार साँझ पाँच बजेका लागि बोलाइएको संविधानसभाको बैठक फेरि सरेको छ । बैठक ७ बजेसम्मका लागि सरेको संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिए । यसअघि दिउँसो १ बजे नै संविधानसभा र ३ बजे संसदको बैठक बस्ने तयारी थियो ।बिहान ११...

ताप्लेजुङका आधादर्जन गाविस असफल

२०७२ साउन २४ गते १६:३८

ताप्लेजुङ, २४ साउन-ताप्लेजुङमा यस वर्ष आधा दर्जन बढी गाविस न्यूनतम सर्त तथा कार्यसम्पादन मापन मूल्याङ्कन (एमसिपिएम)मा असफल भएका छन् ।   जिविसका अनुसार जिल्लाका आठवटा गाविस एमसिपिएममा असफल भएका हुन् । असफल हुने गाविसहरुमा पूर्वका खेबाङ, मामांखे, तेल्लोक, कालीखोला, फावाखोला, चाक्सिबोटे, पेदाङ र पश्चिमी...

यी हुन् मौरीको आम्दानीले दश रोपनी जग्गा जोड्ने परिश्रमी किसान

२०७२ साउन २४ गते १५:५५

इलाम, २४ साउन-व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका सिद्धिथुम्का–३ का तेजराम न्यौपानेले मौरीपालनबाट मनग्य आम्दानी लिएका छन् ।   वि.सं २०५८ देखि उनले मौरीपालनलाई व्यावसायिक रुपमा अघि बढाउन थालेका हुन् । मुढेघारमा मौरीपालन गरेको देखेपछि त्यसैबाट प्रभावित भएर उनले व्यवसाय थालेका हुन् । वि.सं २०५५...

पर्यटन पत्रकारले पाए सञ्चार सामग्री

२०७२ साउन २४ गते १५:३३

काठमाण्डु, २४ साउन-पर्यटन पत्रकार सङ्घले पर्यटन पत्रकारलाई विभिन्न सञ्चार सामग्री प्रदान गरेको छ ।   सङ्घमा आबद्ध विभिन्न सञ्चारमाध्यमका १७ जना पर्यटन पत्रकारलाई जनही २५ हजार मूल्य बराबरको झोला, टेप रिकर्डर, इन्टरनेट डिभाइस,प्रेस ज्याकेटलगायतका सामग्री प्रदान गरिएको हो । खुम्बिला संरक्षण प्रतिष्ठानको सहयोगमा प्रदान...

मिडियामा विदेशी लगानीलाई अनुमति दिएको भन्दै केवल व्यवसायी आन्दोलित

२०७२ साउन २४ गते १५:३०

काठमाडौ, २४ साउन–सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने कानुनी व्यवस्थाविपरीत सिम्पल मिडियाको नामबाट सिम टिभीलाई विदेशी लगानी ल्याउने गरी दिएको अनुमतिविरुद्ध नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले आन्दोलन गर्ने भएको छ । नेपाल केवल टेलिभिजन ब्यवसायी महासंघ र नेपाल केवल टेलिभिजन महासंघले आइतबार रिपोर्टर्स क्लब...

सामुदायिक विद्यालयका कर्मचारीले अस्थायी शिक्षक सरह सुविधा पाउने

२०७२ साउन २४ गते १५:२३

काठमाण्डु, २४ साउन–सामुदायिक विद्यालयका कर्मचारीहरुले पनि अस्थायी शिक्षक सरह सेवा सुविधा पाउने भएका छन् । नेपाल विद्यालय कर्मचारी युनियनले आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको छलफल कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरी लम्सालले २०५९ उता नियुक्ति पाएका सामुदायिक विद्यालयका कर्मचारीहरुलाई अस्थायी शिक्षक सरह सेवा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us