बागलुङ, २४ साउन–दलहरुबीच शनिबार मध्यराति संघीयताको सीमांकनमा भएको सहमतिले बागलुङ जिल्ला टुक्राएको भन्दै राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायीले आइतबार बिहानैदेखि जिल्ला बन्द गराएका छन् । बन्दका कारण बागुलुङ बजारबाट थप्प रहेको छ भने बजारबासीहरु प्रदर्शनमा उत्रिएका छन् । राजनीतिक दलका जिल्ला तहको नेतृत्वमा...
खोटाङ, २४ साउन-धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसी महादेव गुफामा पस्ने भलबाढी छेक्न बनाइएको बाँध भत्काउनेलाई कारबाही भएको छैन । किरात, हिन्दू र बुद्ध धर्मालम्बीहरुको सङ्गमस्थल हलेसी गुफा संरक्षण गर्न निर्माण गरिएको बाँध स्थानीयले भत्काए पनि उनीहरुमाथि कारबाही नभएको हो । गुफाभित्र छिर्ने वर्षाको...
गोरखा, २४ साउन – भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँका भूकम्पपीडित बालबालिकामा फैलिएको जन्डिस नियन्त्रणमा आएको छ । गत असारदेखि बालबालिकामा देखिएको कमलपित्त रोगको भाइरल नियन्त्रणमा आएको बारपाक– ४ का तेजबहादुर घलेले जानकारी दिए । मेवा, फर्सी, उखुलगायत फलफूल, अलिनो तरकारी खुवाएपछि जण्डिस रोग नियन्त्रणमा...
काठमाण्डु, २४ साउन – भूकम्पपीडितको राहत र पुनःस्थापना कार्यमा सघाउनका लागि लीलाराम–कुन्तीदेवी न्यौपाने प्रतिष्ठान, काठमाण्डुले ११ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिष्ठानले सहयोग रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेको हो । प्रधानमन्त्री कोइरालाले...
काठमाण्डु, २४ साउन– दलहरुले राष्ट्रिय सुरक्षा परिषदमा नेपाली सेनालाई पनि सहभागी गराउने सहमति गरेका छन् । शनिबार राती संवाद समिति अन्र्तगतको शीर्ष नेताहरुको विशेष समितिले राष्ट्रिय सुरक्षा परिषदमा नेपाली सेनालाई पनि सदस्य राख्ने प्रावधानको व्यवस्था गरेको हो । नयाँ सहमति अनुसार संविधानको धारा २६१...
काठमाण्डु, २४ साउन– प्रमुख दलले बराबरी मत पाए गोलाप्रथाबाट राष्ट्रपति चयन गर्ने व्यवस्था परिमार्जन गरेका छन् । संविधानको प्रारम्भिक मस्यौदामा दलहरुले बराबरी मत ल्याए गोलाप्रथाबाट राष्ट्रपति विजयी घोषणा गर्ने प्रावधान राखेका थिए । जनताबाट आएको राय सुझावका आधारमा शीर्ष नेता सम्मिलित विशेष समितिको शनिबार...
काठमाण्डु, २४ साउन–प्रमुख प्रतिपक्षी दल एमाओवादीले शनिबार मध्यरातमा भएको चार दलहरुका बीचको सहमतिमा १२ बुँदे फरक मत राखेको छ । आफ्ना असहमतिलाई फरक मतका रुपमा राख्दै संविधान निर्माणको कार्यलाई पूर्णता दिने भन्दै माओवादीले सहमतिमा फरक मत राखेको बताएको छ । एमाओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति...
काठमाण्डु, २४ साउन– प्रमुख दलहरुबीच शनिबार मध्यरातमा भएको सहमतिमा डीभि पीआर तथा ग्रिनकार्डको विषय पनि समावेश गरिुउको छ । सहमति अनुसार विदेशी मुलुकको डीभी, पीआर तथा ग्रीनकार्ड लिएकाहरुलाई संवैधानिक तथा राजनीतिक नियुक्तिबाट बञ्चित गरिने भएको हो । सो व्यवस्था संविधानमै राखेर यसमा कडाई गरिन...
चितवन, २४ साउन– हिन्दूको पवित्र महिना साउनमा चोखो खाने र शिवको व्रत बस्ने भएका कारण कुखुराको मासुको खपतमा २० प्रतिशतको हाराहारीमा कमी आएको छ । व्यवसायीका अनुसार भूकम्पपछि असार महिनामा खपतको अवस्था पूर्ववत् अवस्थामा फर्किए पनि साउन लागेपछि पुनः ओरालो लागेको छ । पोल्ट्री...
काठमाण्डु, २४ साउन– लामो समयदेखि मिल्न नसकेको संघीयताको विषयमा अन्ततः प्रमुख दलहरुले मध्यरातमा सहमति गर्दै देशलाई ६ प्रदेशमा लैजाने सहमति गरेका छन् । प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, संवाद समितिका सभापति बाबुराम भट्टराईसहितका नेताहरूबीचको छलफलबाट भएको सहमतिका आधारमा...
काठमाण्डु, २४ साउन – आइतबार बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको परकम्प गएको छ । बिहान ७ . ५५ मा बजे ४.१ म्याग्निच्यूड को परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । वैशाख १२ मा गोरखाको बारपाक केन्द्रि विन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प...
काठमाण्डु, २४ साउन– प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित विशेष समितिमा भएको सहमतिअनुसार ७५ जिल्लामध्ये तीन जिल्ला टुक्र्याएर प्रदेश निर्माण गरिएको छ । टुक्रिएका जिल्लाहरुमा रुकुम, बागलुङ र नवलपरासी रहेका छन् । प्रदेश ४ मा बागलुङको पूर्वी भाग र नवलपरासीको (बर्दघाट सुस्ता पूर्व भाग), प्रदेश...