काठमाण्डु, २४ साउन-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानको मस्यौदामा जनताको भावना नसमेटिएकामा असहमति जनाउँदै संविधानसभामा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको आइतबार सिंहदरबारमा बसेको बैठकले संविधानको मस्यौदामा सहमति नरहेको निष्कर्ष निकालेको छ । सो पार्टीले...
काठमाण्डु, २४ साउन–प्रमुख राजनीतिक दल सबद्ध १२ वटा ट्रेड युनियनहरुले संयुक्त रुपमा बन्द हड्ताल गर्न पाउने अधिकारलाई मौलिक हकको रुपमा स्थापित गर्नु पर्नेसहित नयाँ बन्ने संविधानमा समावेश गर्नु पर्ने १७ बुँदे सुझाव सार्वजनिक गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा १२ ट्रेड युनियनहरुको साझा...
काठमाण्डु, २४ साउन-प्रादेशिक सीमांकनमा बागलुङ जिल्लालाई विभाजन गर्न नहुने धारणासहित बागलुङ र धौलागिरि अञ्चलका विभिन्न जिल्लाका डेढ दर्जन सभासद्ले लिखित ध्यानाकर्षण गराएका छन् । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको जारी बैठकमा सो क्षेत्रका सभासद्हरुले बागलुङ जिल्लाले पाइरहेको सुविधासमेत वञ्चित हुने गरी...
काठमाण्डु, २४ साउन– अब बन्ने संविधानले धर्मबाट अलग रहने स्वतन्त्रता नदिने भएको छ । शनिबार राती दलहरुबीच भएको सहमतिमा ‘कुनै धर्मबाट अलग रहने स्वतन्त्रता’ भन्ने शब्दावली हटाएको छ । तर धर्म निरपेक्ष वा धार्मिक स्वतन्त्रताको विषयमा भने अझै सहमति हुन सकेको छैन । प्रारम्भिक...
भक्तपुर, २४ साउन-वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले अब साउनभित्रै संविधान जारी हुने बताएका छन् । भूसंरक्षण दिवसका अवसरमा ‘क्षतिग्रस्त भूमि पुनः स्थापनाको आधार व्यवस्थित र संरक्षित जलाधार’ भन्ने नाराका साथ आइतबार भू(संरक्षण तथा जलाधार विभाग र मनोरम समाजले आइतबार भक्तपुरको मनोहरा खोला किनारमा...
काठमाण्डु, २४ साउन–कांग्रेसका युवा नेता तथा सभासद डा. अमरेशकुमार सिंहले दलहरुबीचमा भएकामे ६ प्रदेशको सीमाकंन सहितको विषयमा फरकमत राखेका छन् । सिंहले आइतबार संवाद समितिको बैठकमा आफ्नो फरक मत प्रस्तुत गरेका हुन् । उनले राखेको फरक मतमा झापादेखि कञ्चरपुरको मधेसको भागलाई दुई प्रदेश बनाउनु...
काठमाण्डु, २४ साउन– राप्रपा नेपाल र मधेस केन्द्रित चार दलले संवाद समितिको बैठक बहिस्कार गरेका छन् । राप्रपा नेपालले धर्म सम्वन्धि व्यवस्था र मधेस केन्द्रित दलहरुले संघीयतामा असन्तुष्टि जनाउँदै बैठक बहिस्कार गरेका हुन् । बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान र संघस्य लोकतान्त्रिक राष्ट्रिय मञ्च...
काठमाण्डु, २४ साउन-आइतबार दिउँसो १ बजेका लागि तय भएको संविधानसभाको बैठक साँझ ५ बजेका लागि सरेको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा संविधानको प्रारम्भिक मस्यौदा परिमार्जनका विषयमा छलफल जारी रहेकाले बैठक सरेको संविधानसभा व्यवस्थापिका–संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।...
म्याग्दी, २४ साउन-म्याग्दीको ओखरबोटमा घर पहिरोको जोखिममा परेपछि २४ घरधुरी विस्थापित भएका छन् । ओखरबोट–९ जुगेपानीमा गएको पहिरोले सातवटा घर भत्किसकेका छन् भने २७ घर जोखिममा परेका छन् । तीन घरपरिवार भने सर्ने ठाउँ नभएकाले जोखिमयुक्त घरमै बस्ने गरेका छन् । तीन वर्षअघि...
काठमाण्डु, २४ साउन-गोकर्णेश्वर नगरपालिकाको भगवतीस्थानदेखि सुन्दरीजलसम्मको सडक मेलम्ची खानेपानी आयोजनाका ठूला मालवाहक ट्रकले बिगारेको भन्दै स्थानीयवासीले सडक अवरुद्ध गरिदिएका छन् । सडक अवरुद्ध हुँदा कार्यालय हिँडेका कर्मचारी पैदल हिँड्न बाध्य भएका छन् भने विद्यालय र क्याम्पस हिँडेका विद्यार्थी घर फर्केका छन् । गोकर्णस्थित...
बर्दिया, २४ साउन-विद्युत्भार कटौतीका कारण एसएलसी पूरक परीक्षा दिने विद्यार्थी समस्यामा परेका छन् । विद्युत्भार कटौतीले पटकपटक बत्ती जाने गरेपछि पढ्न नपाएर विद्यार्थी समस्यामा परेका हुन् । पूरक परीक्षा दिन जिल्लाका विभिन्न विद्यालयबाट सदरमुकाम गुलरिया आएका अधिकांश विद्यार्थीले बिहान–बेलुकाको विद्युत्भार कटौतीका कारण पढ्न...
काठमाण्डु, २४ साउन-संवैधानिक राजनीतिक सहमति तथा संवाद समितिको बैठक सुरु भएको छ । चार प्रमुख दलका शीर्ष नेताहरुको उपस्थितिसँगै सुरु भएको बैठकमा शनिबार राति सहमति भएका प्रादेशिक सीमाङ्कनका बारेमा छलफल सुरु भएको छ । सो छलफलमा बागलुङ जिल्लालाई टुक्र्याउन नहुने सम्बन्धमा छलफल...