समाचार

पाल्पामा पहिरोसँगै बस तिनहुमा खस्यो, दुई जनाको शव फेला

२०७२ साउन २३ गते १५:२३

बुटवल, २३ साउन– सिद्धार्थ राजमार्ग बुटवल–पाल्पा सडकखण्डमा पर्ने दोभान नजिकै सिद्धबाबामा अपराह्न २ बजेतिर पहिरो खस्दा पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु१ख ५७७१ नंको बस तिनाउ नदीमा खसी दुर्घटनामा परेको छ ।   बसमा सवार २६ जनामध्ये अहिलेसम्म दुई जनाको शव भेटिएको छ । करिब...

करेन्ट लागेर २८ वर्षीय चौधरीको मृत्यु

२०७२ साउन २३ गते १५:१७

कावासोती, २३ साउन-नवलपरासीको देवचुलीमा शुक्रबार करेन्ट लागेर रुपन्देहीको मदौलिया निवासी २८ वर्षीय शन्तराम चौधरीको मृत्यु भएको छ ।   इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक परशुराम तिवारीका अनुसार मौलाकालिका प्लास्टिक उद्योगमा काम गर्ने क्रममा बिहान करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा...

मानव संसाधन सम्मेलन हुने

२०७२ साउन २३ गते १४:५०

काठमाण्डु, २३ साउन – आगामी साउन २९ गते राजधानीमा चौथौ राष्ट्रिय मानव संसाधान सम्मेलन हुने भएको छ । राजधानीको होटल सोल्टीमा मानव संसाधान समाज नेपालले आयोजना गर्ने सम्मेलनमा देश र विदेशका गरी १ सय २० मानव संसाधन प्रमुख र व्यवस्थपकहरु सहभागी हुने आयोजकले जनाएको...

सनातन संस्कृति र पहिचान गुम्ने खतरा छ: थापा

२०७२ साउन २३ गते १४:४९

काठमाण्डु, २३ साउन-राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् सभासद् गणेश थापाले जनताबाट आएका सुझावलाई समावेश गरी नयाँ संविधान जारी गर्नुपर्ने बताएका छन् ।   काठमाण्डु निर्वाचन क्षेत्र नं ८ स्थित पार्टी निकट युवक सङ्गठनको क्षेत्रीय भेलामा पार्टीका युवा विद्यार्थी तथा खेलकुद विभाग प्रमुख थापाले मुलुकमा...

नेपाल प्रहरीको अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र नवलपरासीमा

२०७२ साउन २३ गते १४:४२

परासी, २३ साउन-नवलपरासीको रामनगरस्थित जर्गाहमा शनिबारबाट नेपाल प्रहरीको पहिलो अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र सञ्चालनमा आएको छ ।   प्लेन अपहरण, संसद्लगायत महत्वपूर्ण क्षेत्रको सुरक्षा, दैवी प्रकोपका बेला सुरक्षा मजबुत बनाउन जनशक्ति तयार गर्ने उद्देश्यले सो स्थानमा नेपाल प्रहरीको पहिलो अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र सञ्चालनमा आएको हो...

जनमत संग्रहले मात्र कैलाली र कञ्चनपुरको टुंगो लाग्छः साउद

२०७२ साउन २३ गते १४:२७

काठमाण्डु, २३ साउन – सिचाई मन्त्री एनपी साउदले जनमत संग्रह गरेर मात्र कैलाली र कञ्चनपुरलाई राख्ने प्रदेशको बारेमा निणय गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले शनिबार गरेको कार्यक्रममा मन्त्री साउदले स्थानीय जनतालाई नसोधी बाहिरबाट प्रदेशको टुंगो लगाउन नहुने तक गरे । ‘बाहिरको मानिसहरुलाई कैलाली...

प्रतिबन्धित औषधि खुलेआम बिक्री

२०७२ साउन २३ गते १४:१८

मोरङ, २३ साउन-बढ्दो औषधि पसलको व्यावसायिकतासँगै विराटनगरका सरकारी र गैरसरकारी अस्पताल छेउमा सञ्चालित औषधि पसलमा प्रतिबन्धित औषधि खुलेआम बिक्री भइरहेका छन् ।   विराटनगरमा सञ्चालित कोसी अञ्चल अस्पताल, नोवेल अस्पताल, सप्तकोसी नर्सिङहोम, ग्रिनक्रस, विराटनर्सिङहोमलगायत ठूला र साना गरी दुई दर्जन अस्पताल र क्लिनिकको आसपासमा...

शीर्ष नेताहरु गम्भीर भएको पाएको छु: नेम्वाङ

२०७२ साउन २३ गते १४:०१

काठमाण्डु, २३ साउन-संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानको मस्यौदामाथि जनताले दिएका सुझावलाई संविधानमा समावेश गराउन प्रमुख राजनीतिक दलका शीर्ष नेता अहोरात्र रुपमा खटिरहेका बताएका छन् ।   उनले भने, ‘संविधानलाई अन्तिम रुप दिन शीर्ष नेता गम्भीरतापूर्वक लागिरहनुभएको छ, अब छिट्टै सार्थक परिणाम निस्कन्छ ।’  ...

उद्योगमन्त्रीले भने, ‘मन्दिर भत्किए बनाउन सकिन्छ, तर संस्कृति जोगाउन सकिदैन ’

२०७२ साउन २३ गते १३:५१

भक्तपुर, २३ साउन-उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको जीवित संस्कृति जोगाउनुपर्ने बताएका छन् ।   मानवीय आस्था नेपालले दधिकोटको काठमाण्डु स्कुल अफ ल मा आयोजना गरेको ‘भक्तपुरको कला, संस्कृति संरक्षणमा सरोकारवालाको भूमिका’ विषयका कार्यक्रममा उनले ‘भक्तपुरको संस्कृतिको संरक्षण गर्नुपर्छ, मन्दिर भत्किए फेरि बनाउन सकिन्छ तर पर्व,...

मोरङ समाजद्धारा मन्त्री पण्डित सम्मानीत

२०७२ साउन २३ गते १३:३६

काठमाण्डु, २३ साउन-सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई निजामती प्रशासन सेवालाई जनता र राष्ट्रप्रति उत्तरदायी र मर्यादित बनाउन महत्वपूर्ण योगदान पु¥याएको भनी अभिनन्दन गरिएको छ ।   मोरङ समाज काठमाण्डुद्वारा शनिबार आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उनलाई समाजका तर्फबाट अभिनन्दनपत्र प्रदान गरे ।   निजामती...

शनिबार पनि ४ रेक्टर स्केलको पराकम्प

२०७२ साउन २३ गते १३:२८

काठमाण्डु, २३ साउन-शनिबार बिहान ६ बजेर २४ मिनेट जाँदा सिन्धुपाल्चोक सदरमुकाम चौतारा आसपास केन्द्रबिन्दु भएको ४ रिक्टर स्केलको परकम्प गएको छ ।   गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३७० भन्दा बढी परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प...

नेपालीले खिचेको एउटा तस्वीरको मूल्य दश लाख

२०७२ साउन २३ गते १३:२६

काठमाण्डु, २३ साउन-चीनको सान्दोन जिनान चुबो सहरस्थित ब्याकयार्ड ग्यालरीमा भइरहेको कलाकार कविराज लामाको एकल कला प्रदर्शनीमा राखिएको ‘सिन, हेयर्ड, स्पोकन’ (हेरिएको, सुनिएको, बोलिएको) शीर्षक चित्रकलाकृति १० लाखमा बिक्री भएको छ । यही साउन ७ गतेदेखि एक महिनाका लागि गरिएको प्रदर्शनीमा जापानको सन् २०११ (विसं...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us