समाचार

संविधान जारी गर्न दलहरु गम्भीर छलफलमाः नेपाल

२०७२ साउन २३ गते १२:४७

काठमाण्डु, २३ साउन– नेकपा एमालेका नेता माधवकुमार नेपालले संघीयताको सीमांकनसहितको संविधान जारी हुने दोहोर्याएका छन् । शनिबार मोरङ सोसाइटी अफ काठमाडौंले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई अभिनन्दन गर्न गरेको कार्यक्रममा एमाले नेता नेपालले दलहरुबीच गभिर छलफल भइरहेकाले सीमांकन र नामांकन टुंगोमा पुग्ने दावी गरे...

चार सयभन्दा बढी वर्ष कैद फछ्र्योट

२०७२ साउन २३ गते १२:३५

झापा, २३ साउन – तीन इजलास रहेको जिल्ला अदालत झापाले आर्थिक वर्ष ०७१/७२ मा दुई हजार ६ सय ४४ थान मुद्दा फछ्र्योट गरेको छ । अवधिमा चार हजार १७ मुद्दामध्ये एक हजार २ सय ८७ थान मुद्दा जिम्मेवारी सरेर आएको तथा दुई हजार ७...

संघीयताको विवादमा संविधानसभा बन्धक

२०७२ साउन २३ गते १२:२४

काठमाण्डु, २३ साउन– प्रमुख चार दलका नेताहरुबीच सीमांकन र नामांकनको विषयमा सहमति हुन नसक्दा संविधान लेखनको काम फेरि पनि अवरुद्ध भएको छ । नेताहरु १० दिनदेखि दिनहुँ बैठक बसेपनि सीमांकनको विवाद यथावत छ । पछिल्ला दिनमा लगातार भएका छलफलमा नेताहरुले प्रदेशको सीमांकनका टुंगो लगाइसक्ने...

बन्दले कञ्चनपुरको जनजीवन प्रभावित

२०७२ साउन २३ गते ११:१०

कञ्चनपुर, २३ साउन – सुदूरपश्चिम क्षेत्रलाई टुक्र्याउने षड्यन्त्र भइरहेको भन्दै गरिएको बन्दको दोस्रो दिन शनिबार पनि कञ्चनपुरको जनजीवन प्रभावित भएको छ । सदरमुकाम महेन्द्रनगरबाट सञ्चालन हुने लामो र छोटो दूरीका यात्रुवाहक सवारीसाधन बन्द रहेका छन् । सवारीसाधन बन्द हँुदा यात्रु पैदल नै गन्तव्यमा जान...

संघीयतामा देशमात्रै अखण्ड हुन्छ अरु सबै खण्डित हुन्छन् : भट्टराई

२०७२ साउन २३ गते ११:०८

काठमाण्डु, २३ साउन– एमाओवादीका वरिष्ठ नेता तथा संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराई संघीयतमा देशमात्रै अखण्ड रहने बताएका छन् । दलका शीर्ष नेताहरुबाटै आफ्नो क्षेत्र, जिल्ला अखण्ड हुनुपर्छ भन्ने विषयले सीमांकनको विषयमा समस्या उत्पन्न भएपछि आफ्नो फेसबुक पेजमा स्टाटसमा लेखेका...

प्रधानमन्त्रीले भेट्न नमानेपछि राउटेहरु निराश

२०७२ साउन २३ गते १०:३१

काठमाण्डु, २३ साउन– प्रधानमन्त्री सुशील कोइरालाले दैलेखबाट आएका राउटेका प्रतिनिधि भेट्न अस्वीकार गरेका छन् । मुखियाको निर्देशनमा बुधबार राजधानी आइपुगेका ६ राउटे युवाले प्रधानमन्त्रीसँग भेट्न खोजेका थिए ।   तर पटकपटक कोसिस गर्दा पनि प्रधानमन्त्रीले भेटघाटका लागि समय नदिएको राउटे समुदायको हकहितका लागि सक्रिय...

गाउँको विकासमा जुटे सुन्दरीफाँटबासी

२०७२ साउन २३ गते १०:२५

कञ्चनपुर, २३ साउन – कञ्चनपुरको कृष्णपुर–१ सुन्दरीफाँटाका बासिन्दाले सामूहिक रुपमा कार्य गरी गाउँको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । वन जोगाउने, सडक खन्ने, चरिचरन बन्द गर्ने र नदी नियन्त्रणको कार्यका लागि यहाँका बासिन्दाले सामूहिक रुपमा कार्य गर्दै आएका हुन् । गाउँको विकासका...

विदेसिने महिलाको संख्यामा वृद्धि

२०७२ साउन २३ गते १०:१७

पर्सा, २३ साउन – रोजगारीका लागि पर्साबाट विदेसिने पुरुष भन्दा महिलाहरु नै बढी रहेका छन् । पर्साबाट रोजगारीमा जाने पुरुषको संख्या अघिलो वर्षको तुलनामा सात प्रतिशतले कम भएको छ भने महिलाको संख्या १८ प्रतिशतले वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको राहदानी फाँटले...

मुदीका पहिरोपीडितलाई आर्थिक सहयोग

२०७२ साउन २३ गते ९:१०

  म्याग्दी, २३ साउन – म्याग्दीको मुदी गाविसको गौखर्कमा भीषण वर्षापछि गत साउन १३ गते आएको पहिरोमा परी ज्यान गुमाएकाका आफन्तलाई आर्थिक सहयोग गरिएको छ । पहिरोमा परी ज्यान गुमाएका मुदीका दलदेवी पुन र तीर्थमान घर्तीका परिवार तथा पहिरोमा परी बेपत्ता भएका जितबहादुर घर्ती,...

३ सातादेखि कपिलवस्तु जिल्ला अदालत न्यायाधीशविहीन

२०७२ साउन २३ गते ९:०७

कपिलवस्तु, २३ साउन – कपिलवस्तु जिल्ला अदालत तीन साता बित्दासम्म पनि न्यायाधीशविहीन बनेपछि अदालतमा कानुनी सेवा लिन आएका सेवाग्राही मर्कामा परेका छन् । गत असार अन्तिम साता अदालतमा रहेका पाँचैजना न्यायाधीशको एकै पटक सरुवा भएपछि साउनको सुरुदेखि नै अदालत न्यायाधीशविहीन बनेको हो । सरुवा...

जग्गामा राजस्व छुट दिएपछि लक्षित वर्गको पहुँच वृद्धि

२०७२ साउन २३ गते ८:३४

  इलाम, २३ साउन – मालपोत कार्यालय, इलामले जग्गा पास गर्दा लाग्ने राजस्व छुट दिन थालेपछि जग्गामा लक्षित वर्गको पहुँच वृद्धि हुन थालेको छ । महिला, दलित र वृद्धवृद्धा गरी दुई हजार ११९ जनालाई गत आर्थिक वर्षमा रु ६४ लाखभन्दा बढी छुट दिएको सो...

संविधानमा सबैको आत्मासम्मान र भावनालाई सम्बोधन गरिन्छः आचार्य

२०७२ साउन २२ गते १९:३६

काठमाण्डु, २२ साउन-महिला सुरक्षा दबाब समूहले ‘सामूहिक नागरिक आवाज नागरिक विशेषाङ्क’ शुक्रबार सार्वजनिक गरेको छ ।   सो कृतिमा महिला अधिकारसम्बन्धी पारित भएको अन्तर्राष्ट्रिय महत्वपूर्ण दस्तावेज, महिला आयोगको सुझाव, नेपालको भावी संविधानमा नागरिकताको अधिकार, नागरिकताबारे सर्वोच्च अदालतले गरेका फैसलाका केही नजिर तथा सपना प्रधान,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us