काठमाण्डु, २२ साउन– प्रधानमन्त्रीसहित राजनीतिक दलका नेता भेट्न दैलेखबाट काठमाण्डु आएका राउटेहरुले शुक्रबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटे । सिंहदरबारस्थित सभाध्यक्षको कार्यकक्षमा भएको भेटमा राउटेहरुले नयाँ संविधानमा समेटिनुपर्ने माग पेश गरे । राउटेले नयाँ बन्ने संविधानको मस्यौदामा राखिएको नागरिकतासम्बन्धी व्यवस्थाले आफ्नो समुदायलाई गैरनेपाली बनाउन...
कालीकोट, २२ साउन-सदरमुकामसँगै जोडिएको कालीकोट जिल्लाको बदालकोट गाविस–२ बरातु गाउँमा जङ्गली च्याउ खाँदा एकै घरका दुईजनाको ज्यान गएको छ । मृत्यु हुनेमा ४० वर्षीय होइजाली रोकाया र १७ वर्षीया ममता रोकाया रहेको कालीकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार वनबाट ल्याएको च्याउको...
काठमाण्डु, २२ साउन– प्रहरीले शुक्रबार काठमाण्डुको डल्लुबाट बैंकिङ कसुर गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । अर्काको चेकमा आफै दस्तखत गरेर तीन लाख निकालेर ठगी गरेको आरोपमा काभ्रे जिल्ला कोशीदेखा– ८ का ४० वर्षीय लुंगबहादुर लामा पक्राउ परेका हुन् । टिस्टुङ– ७ मकवानपुरका...
काठमाण्डु, २२ साउन- एमाओवादीले कसैको निर्वाचन क्षेत्र कहाँ पर्छ र कहाँ स्थान सुरक्षित हुन्छ भन्ने मान्यता नराखी संघीय राज्यको सीमांकन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको स्थायी समितिको बैठकले जनताको सुझावका आधारमा संघीय राज्यको सीमा निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ । सहमतिका...
काठमाण्डु, २२ साउन-सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले सूचनाको हक खोज्ने व्यक्तिले अर्काको गोपनीयताको हकको पनि सम्मान गर्न जान्नुपर्ने बताएका छन् । फ्रिडम फोरमले शुक्रबार आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै सञ्चारमन्त्र िरिजालले सो कुरा बताएका हुन् । सरकारतर्फबाट दिइनुपर्ने सूचना लुकाउन...
काठमाण्डु, २२ साउन– शिक्षामन्त्री चित्रलेखा यादवलाई व्यवस्थापिका संसदको महिला, बालबालिका तथा समाजकल्याण समितिले स्पष्टीकरण सोध्ने भएको छ । शुक्रबार बसेको समितिको बैठकमा आमन्त्रण गरिएकी उनी विना जानकारी अनुपस्थित भएपछि स्पष्टीकरण लिन थालिएको हो । शिक्षा मन्त्रालय र सम्बद्ध निकायसँग सम्बन्धित लामो इतिहास बोकेका साझा...
खोटाङ, २२ साउन-भूकम्पले मुहान सुकेपछि खोटाङको प्रसिद्ध तीर्थस्थल हलेसीमा खानेपानीको हाहाकार भएको छ । वैशाख १२ गतेको भूकम्पका कारण हलेसीको बसाहाथानदेखि उत्तरपट्टि रहेको मुहान सुकेपछि खानेपानीको हाहाकार भएको हो । भूकम्प गएलगत्तै केही दिनपछि विस्तारै धारामा आउने पानी सुक्दै गएको हलेसी विकास समितिका...
पर्वत, २२ साउन-पर्वतको देउराली–६ को सिङ्गो गाउँ पहिरोको जोखिममा रहेको छ । गत ८ असारदेखि गाउँ माथिबाट निरन्तर पहिरो बग्न थालेपछि सिङ्गो गाउँ पहिरोको जोखिममा परेको हो । देउराली– ६ को जयले गाउँका १८ परिवार पहिरोको खतरामा परेका हुन् । पहिरोका कारण स्थानीय...
काठमाण्डु, २२ साउन–कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद् अमरेशकुमार सिंहले संसदीय दलले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । शुक्रबार उनले पत्रमार्फत संसदीय दललाई जवाफ दिएका हुन् । कंग्रेसको नीतिविपरीत गएर देश टुक्राउने अभिव्यक्ति दिएको, सुझाब संकलनका लागि जिल्ला नगएको र पार्टीविरोधी गतिविधि गरेको भन्दै मंगलबार...
बनेपा, २२ साउन-विश्वमा दुर्लभ मानिएको स्तनधारी जनावर सालकको खपटा र छाला काभ्रेपलाञ्चोकको ग्रामीण भेगबाट तस्करी हुने गरेको छ । दुर्लभ सालकको विषयमा अनुसन्धान गरिरहेकी नेपाल ग्रामीण विकास तथा वातावरण संरक्षण परिषद् काठमाण्डुकी अनुसन्धानकर्ता प्रतिभा कसपालले अनुसन्धानका क्रममा ग्रामीण क्षेत्रमा कृषकको घरमा सालकको खपटा...
जुम्ला, २२ साउन-हाल चलिरहेको एसएलसीको पुरक परीक्षामा शुक्रबारको गणित विषयमा अर्काको सट्टामा परीक्षा दिँदै गरेका नौजना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली परीक्षार्थीहरुमा दुई महिला र सात पुरुष रहेका छन् । जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज...
इनरुवा, २२ साउन-संविधानमा हिन्दू राज्यको माग गर्दै शुक्रबार सुनसरी सदरमुकाम इनरुवा बन्द गरेको छ । बन्दका कारण इनरुवा बजार पूर्ण रुपले बन्द भएको छ भने लामो तथा छोटो दूरीका सवारीसाधनसमेत चल्न सकेको छैनन् ।...