समाचार

माथेमा प्रतिवेदनको खाका बनाउन कार्यसमिति गठन

२०७२ साउन २१ गते १८:४८

काठमाण्डु, २१ साउन-त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमाका अध्यक्षतामा गठित चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२ ले औँल्याएका सुझावको कार्ययोजनाको खाका बनाउन कार्यसमिति गठन गरिएको छ ।   मन्त्रिपरिषद्, सामाजिक समितिको यही साउन १९ गतेको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्दै प्रतिवेदनले औँल्याइएका सुझावका...

संविधानमा ‘धर्मनिरपेक्षता’ शब्द हटाए प्रतिकार गर्ने चेतावनी

२०७२ साउन २१ गते १८:२६

काठमाण्डु, २१ साउन-बौद्ध, किराँत, इस्लाम, इसाई, सिख धर्मावलम्बीहरुले अन्तरिम संविधान, २०६३ मा व्यवस्था भएको धर्मनिरपेक्षतालाई कायमै राख्न आग्रह गरेका छन् ।   धर्म निरपेक्ष संरक्षण महासमितिको आयोजनामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा ती धर्मका धर्मगुरुहरुले मुलुकमा गणतन्त्र स्थापना भइसकेको र अन्तरिम संविधानमा पनि व्यवस्था भइसकेको...

पूर्वसभासद् कुशवाह धरौटीमा रिहा

२०७२ साउन २१ गते १८:११

कलैया, २१ साउन-जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक अपराधमा प्रहरीले हिरासत्मा लिएका पूर्वसभासद् शिवचन्द्र कुशवाहलाई २० हजार धरौटी लिई तारेखमा रिहा गरेको छ । यही साउन ३ गते बरियारपुरमा जग्गासम्बन्धी दुई पक्षबीच झैझगडा भएको र साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा छलफलका क्रममा बोलाइएका कुशवाहाले...

उद्योग वाणिज्य समितिको प्रतिवेदन पारित

२०७२ साउन २१ गते १७:४८

काठमाण्डु, २१ साउन-व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले ग्यासको आपूर्ति तथा व्यवस्थाका सम्बन्धमा तयार गरिएको प्रतिवेदनलाई बिहीबार पारित गरेको छ ।   समितिका सभापति भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले ग्यास आपूर्ति तथा व्यवस्थापनसम्बन्धी उपसमितिले तयार पारेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको समितिका सचिव...

भूकम्पमा परेका ६ हजारभन्दा बढी घरपरिवारको स्थानान्तरण

२०७२ साउन २१ गते १७:३८

काठमाण्डु, २१ साउन-भूकम्पपछिको जोखिमका कारण छ हजारभन्दा बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।   भूकम्पपछि जमिन चिरा र धाँजा फाटेर जोखिमपूर्ण अवस्थाका १८ जिल्लाका १९ हजार ४१ घर परिवार सार्नुपर्नेमा छ हजार ८४८ परिवार मात्र सारिएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी...

सहमति जुट्नै लागेको बेलामा शीर्ष नेताको बैठक छाडेर किन हिँडे गच्छदार ?

२०७२ साउन २१ गते १६:५७

काठमाण्डु, २१ साउन–मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार शीर्ष नेताको बैठक छोडेर विराटनगरतिर लागेका छन् । सप्तरी जिल्लालाई कोशीपारी पूर्वको प्रदेशमा राख्नुपर्ने अडान राख्दै आएका गच्छदारले आफ्नो अडानको सुनुवाइ नभएको भन्दै बैठकबाट बाहिरीएको स्रोतले काठमाण्डु टुडेलाई बतायो । उनी बिहीबार दिउँसो शीर्ष नेताहरुको...

मोबाइलको लोभमा चापागाईंको हत्या !

२०७२ साउन २१ गते १६:४९

मेलम्ची, २१ साउन-सिन्धुपाल्चोक जिल्लाको थाङ्पालधाप गाविस वडा नं ३ का एक युवकलाई कुटपिट गरी हत्यापश्चात् स्थानीय गुठेभिरबाट दुई सय मिटर तल फालिएको अवस्थामा बुधवार शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीले बताएको छ ।   गत मङ्गलबार मध्यराति थाङ्पालकोट गाविस–२, भिरखर्कको स्थानीय एक होटल...

अपांगता भएका समुदायको मागप्रति सकारात्मक छौँ: शीर्ष नेता

२०७२ साउन २१ गते १६:१२

काठमाण्डु, २१ साउन- अपाङ्गता भएका समुदायलाई नयाँ संविधानमा कसरी समेट्ने भन्ने विषयमा प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।   संविधानको प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिन दलहरुबीच छलफल जारी रहँदा अपाङ्गता भएका समुदायका मागबारे पनि छलफल भएको शीर्ष नेताहरुले जानकारी दिएका...

व्यवसायीको प्रभावमा ट्याक्सी थप्न लागेको आरोप

२०७२ साउन २१ गते १६:०२

काठमाण्डु, २१ साउन–ट्याक्सी व्यवसायीहरुले आफूहरुको रोजगार खोस्न मोटर व्यवसायीहरुको आर्थिक प्रभावमा परेर सरकारले ८ सय सिसीको २ हजार ३ तीन ५० नयाँ ट्याक्सी थप्ने निर्णय भएको दावी गरेका छन् । श्री स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी व्यवसायी संघले आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरुले त्यस्तो आरोप...

बालिका बलात्कार गरेर भागेका ७२ वर्षीय पुष्पलाल राजधानीबाट पक्राउ

२०७२ साउन २१ गते १५:५७

काठमाण्डु, २१ साउन- बालिका बलात्कार गरेर भागेका सर्लाही हरिवनका पुष्पलाल उप्रेती काठमाण्डुबाट पक्राउ परेका छन् । ७२ वर्षीय पुष्पलाल एक १३ वर्षीया बालिका बलात्कारपछि फरार थिए । उनलाई राजधानीको सिनामंगलबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखा काठमाण्डुले जनाएको छ । काठमाण्डु जिल्ला अदालतले पुष्पलाललाई...

एक दलालसहित आठ बालक पक्राउ

२०७२ साउन २१ गते १५:५२

गौशाला, २१ साउन-जोखिमपूर्ण कामका लागि अवैध रुपमा भारततर्फ लाँदै गरेका आठ बालक र एक दलाललाई प्रहरीले बिहीबार महोत्तरीको मलिवाराबाट पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा महोत्तरीको हतिसर्वा गाविस– ५ बस्ने समेराजुल अन्सारी, जुवैद नदाफ, सफिक अन्सारी, कलाम अन्सारी, इल्फान अन्सारी, अनवर अन्सारी, धनुषाको...

बल्खुमा कृृषि बजार स्थापना

२०७२ साउन २१ गते १५:५०

काठमाण्डु, २१ साउन – शुभश्री एग्रो प्रालीले बल्खुमा तरकारी बजार स्थापना गरेको छ । बल्खु तथा त्यस आसपास क्षेत्रमा सस्तो र गुणस्तरीय तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यले करिब दुई करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको बजारमा १०५ बिक्री कक्ष सञ्चालनमा आएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us