समाचार

झाडापखालाबाट एकै परिवारका चारजना सिकिस्त

२०७२ साउन २१ गते १५:४५

सप्तरी, २१ साउन-विगत एक सातादेखि फैलिएको झाडापखालाबाट सप्तरीको मलेठ गाविस–८ स्थित मुसहर बस्तीमा एकै परिवारका चारजना सिकिस्त बिरामी परेका छन् । बिरामी पर्नेमा स्थानीय गागिया देवी सदा, प्रियतम सदा, रुन्द्री देवी सदा र करण रहेका छन् । त्यस्तै, सो वस्तीमा झाडापखालाका कारण अन्य केही...

अरनिको राजमार्ग आवागमनका निम्ति खुला

२०७२ साउन २१ गते १५:४०

काठमाण्डु, २१ साउन-वैशाख १२ को भूकम्पसँगै खसेको पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग चिनियाँ सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले आवागमनका निम्ति खुला गरेको छ ।   नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवको अवसर पारेर गत शनिबारदेखि अवरुद्ध बाटो खोल्न संयुक्त रुपमा...

सुुदूरपश्चिम टुक्राउन खोजे दुर्भाग्यपूर्ण हुने तीन दलका भातृ संगठनको चेतावनी

२०७२ साउन २१ गते १५:१३

काठमाण्डु, २१ साउन– प्रमुख ठूला तीन दल कांग्रेस, एमाले र एमाओवादीका युवा र विद्यार्थी संगठनले अखण्ड सुदूरपश्चिमलाई टुक्राएर संघीय प्रदेश निर्माण गर्न खोजे त्यो मुलुकको लागि दुर्भाग्यपूर्ण हुने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले कैलाली र कञ्चनपुरका डगौरा...

नवलपरासीमा सीमाङ्कनको विवाद बिहीबार टुङ्गिने

२०७२ साउन २१ गते १५:११

परासी, २१ साउन-नवलपरासी जिल्लालाई टुक्रयाउने कि नटुक्रयाउने भन्ने विषयमा बिहीबार निर्णय हुने भएको छ ।   नवलपरासीको गैँडाकोटदेखि दाउन्नेसम्मको क्षेत्रलाई रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया मिलाएर बनाइने नयाँ प्रदेशमा समेट्न नहुने भन्दै सभासद्हरुले छलफल चलाएका हुन् ।   सीमाङ्कनका विषयमा दलहरुबीच छलफल जारी...

धर्म गुरुहरुको सामुहिक उद्घोष, ‘हिन्दू राष्ट्र नभएसम्म हामी सडक छाड्दैनौं’

२०७२ साउन २१ गते १५:०२

काठमाण्डु, २१ साउन–देशभरबाट आएका धर्म गुरुहरुले नेपाल पुनः हिन्दू राष्ट्र कायम नभएसम्म आफूहरु सडक छाडेर आश्रम नजाने घोषणा गरेका छन् । हिन्दू राष्ट्र रक्षा महाभियानले बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले आश्रममा ध्यान र पूजा अर्चना बन्द गरेर आफूहरु सडकमा आएको...

नवनियुक्त मुख्यसचिव सुवेदीले भने, ‘कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न विशेष ध्यान दिन्छु ’

२०७२ साउन २१ गते १४:५८

काठमाण्डु, २१ साउन-मुख्य सचिवमा बढुवा भएका डा सोमलाल सुवेदीले स्थायी सरकारका रुपमा रहेको निजामती प्रशासनलाई नतिजामुखी, सेवामुखी र जवाफदेही बनाउन दृढता व्यक्त गरेका छन् ।   सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्दै उनले निजामती सेवामा रहेका राष्ट्रसेवकको क्षमता अभिवृद्धि गर्न ध्यान दिने प्रतिबद्धता...

शोक प्रस्ताव पारित गर्दै संविधानसभा बैठक स्थगित

२०७२ साउन २१ गते १४:४३

काठमाण्ढडु, २१ साउन-व्यवस्थापिका–संसद्को बिहीबारको बैठकले प्रतिनिधिसभाका पूर्व सदस्य सूर्यप्रसाद प्रधानको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।   वि।सं २०५६ को प्रतिनिधिसभा सदस्यमा रुपन्देही जिल्ला क्षेत्र नं ३ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित प्रधानको बुधबार लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा असामयिक निधन भएको थियो...

यी हुन् भाउजुको हत्या गर्ने दम्पत्ति

२०७२ साउन २१ गते १४:३६

भीमदत्तनगर, २१ साउन– भाउजुसँगको जग्गा विवादका कारण कञ्चनपुरको बेलौरी नगरपालिकामा एक दम्पत्तिले एकैघरका भाउजुलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   गत शुक्रबार देवर र देउरानीको कुटाइबाट घाइते भएकी बेलौरी नगरपालिका–१० की ५० वर्षीया रामलल्ली बोटको उपचारका क्रममा मृत्यु भएको...

बि एन्ड सी टिचिङ हस्पिटलमा क्यान्सर उपचार सुरु

२०७२ साउन २१ गते १४:२५

झापा, २१ साउन-गत वैशाख १० गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको बी एन्ड सी टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, बिर्तामोडले बिहीबारदेखि क्यान्सर रोगको जाँच तथा उपचार (केमोथेरापी) सेवा सुरु गरेको छ ।   अस्पतालका निर्देशक डा उमेशकुमार शर्माका अनुसार भरतपुर क्यान्सर अस्पतालमा नियमित उपचार गराइरहेका पाँचजना...

विद्यालयको भवन भत्किएपछि कक्षा सञ्चालनमा समस्या

२०७२ साउन २१ गते १४:१३

मुगु, २१ साउन– वर्षाको पानीले यहाँको एक विद्यालय भवन भत्किँदा कक्षा सञ्चालनमा कठिनाइ भएको छ । जिल्ला सदरमुकाम गमगढीबाट २१ कोस उत्तर दक्षिणमा रहेको भिई गाउँमा पर्ने प्राथमिक विद्यालय भामगाउँको दुईतले भवन साउन १७ गतेको अविरल वर्षाले भत्काउँदा कक्षा सञ्चालनमा कठिनाइ भएको हो ।...

रेडपान्डा संरक्षणमा जुटे फेदीका जनता

२०७२ साउन २१ गते १४:०५

खोटाङ, २१ साउन– जिल्लाको उत्तरी क्षेत्रका सामुदायिक वनमा पाइने रेडपान्डा संरक्षण अभियानमा स्थानीय जनता लागिपरेका छन् । संसारकै दुर्लभ मानिएको रेडपान्डा चोरी निकासी हुन थालेपछि त्यसको संरक्षणमा स्थानीय जनता लागिपरेका हुन् । लोपोन्मुख रेडपान्डाको जिल्लाबाट चोरी निकासी हुन थालेपछि संरक्षण अभियान थालिएको फेदीस्थित चिलिम...

सोलुको नेचा बतासेमा राईको शव भेटियो

२०७२ साउन २१ गते १३:१०

सोलुखुम्बु, २१ साउन-सोलुखुम्बुको नेचा बतासेमा बिहीबार बिहान एक पुरुषको शव फेला परेको छ ।   नेचा बतासे–४ बस्ने ५४ वर्षीय लालबहादुर राईको शव नेचा बतासे वडा नं ३ र ५ को बीचमा पर्ने सम्सले खोलाको बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us