समाचार

६० वर्ष पुरानो झोलुंगे पुल मर्मत

२०७२ साउन २१ गते ९:१५

पर्वत, २१ साउन – पर्वतको सदरमुकाम कुस्माबजार नजिकै मोदीखोलामा रहेको जीर्ण पुल मर्मत गरिएको छ । सदरमुकाम कुस्मासहित दश गाविसका साथै स्याङ्जाका केही गाविसका बासिन्दाले शवयात्राका लागि प्रयोग गर्ने झोलुङ्गे पुल लामो समयसम्म मर्मत नहुँदा सर्वसाधारण समस्यामा परेका थिए । झन्डै ६ दशकअघि निर्मित...

ट्र्याक्टरबाट लडेर बालकको मृत्यु

२०७२ साउन २१ गते ९:०२

  गौशाला, २१ साउन – महात्तरीको इटहर्वाकट्टी गाविसमा बुधबार ट्र्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनराकट्टी गाविस–६ बस्ने ललिन्द्र सदाका ११ वर्षीय छोरा रामनाथ सदा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाको सोनौल गाविसबाट माटो लिएर आइरहेको ट्र्याक्टरको माटोमाथि...

विज्ञान र गणित विषयका दरबन्दी रिक्त हुँदा पठनपाठन प्रभावित

२०७२ साउन २१ गते ८:४६

इलाम, २१ साउन – सरकारले बिना लाइसेन्सका शिक्षकलाई धमाधम हटाउन थालेपछि इलाममा विज्ञान र गणित विषयका धेरै दरबन्दी रिक्त भएका छन् । गतिण र विज्ञान विषयमा लाइसेन्स प्राप्त शिक्षक पाउन मुस्किल र बिना लाइसेन्स पढाउँदै आएका शिक्षक हटाइएपछि ५३ विद्यालय दरबन्दी रिक्त भएका हुन्...

सिमसार क्षेत्र र सप्तकोसीमा माछा मार्न निषेध

२०७२ साउन २१ गते ८:३५

  इनरुवा, २१ साउन – कोसीटप्पु वन्यजन्तु आरक्षले सप्तकोसी नदी र सिमसार क्षेत्रमा तीन महिनासम्म माछा मार्न निषेध गरेको छ । वर्षाको समयमा माछाको प्रजनन हुने भएकाले असारदेखि भदौ महिना सम्मका लागि कोसी नदीमा र सिमसार क्षेत्रमा माछा मार्नका लागि निषेध गरिएको कोसी टप्पु...

बीचमै कुरा नबिग्रने हो भने, जनताले खोजेजस्तै प्रदेश बन्दैछन्

२०७२ साउन २१ गते ७:४७

काठमाण्डु, २१ साउन– राजनीतिक दलहरुबीच कुरा नबिग्रने हो भने जनताले दिएको सुझावजस्तै संघीय नेपालमा प्रदेशहरु निर्माण हुने सम्भावना बढेको छ । जनताले संघीयता नभए पनि हुन्छ, राख्ने नै भए थोरै प्रदेश बनाउन सुझाव दिएका थिए । नभन्दै अहिले दलहरु ६ प्रदेश जाने लगभग सहमति...

चौरीगाईको रगत पिउने हो ?, हो भने यसो छ कुरो

२०७२ साउन २० गते १९:१८

मुस्ताङ, २० साउन– मुस्ताङको जोमसोम गाविसस्थित नमखु लेकमा चौँरीगाईको आलो रगत पिउने मेला सुरु भएको छ । स्थानीय किसानको आयोजनामा सुरु भएको मेलामा रगत पिउन मुस्ताङका विभिन्न गाविसबाट सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । उच्च हिमाली क्षेत्रमा पालिने चौँरीगाईको रगत पिएमा गानोगोला, ग्याष्टिक, कमलपित्त,...

बुधबार फेरि भूकम्पको धक्का

२०७२ साउन २० गते १९:१३

काठमाण्डु, २० साउन– बुधबार दिउँसो १ बजेर ५९ मिनेट जाँदा ‘गोरखा भूकम्प’को परकम्प गएको छ । दिउँसो १ बजेर ५९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाई ४।३ रेक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।   विनासकारी भूकम्प...

सर्वोच्चले जनकपुर बम काण्डका अभियुक्त सञ्जय साहलाई रिहा गर्न मानेन

२०७२ साउन २० गते १९:०७

काठमाण्डु, २० साउन– सर्वोच्च अदालतले जनकपुर बम काण्डका अभियुक्त धनुषा क्षेत्र नम्बर ४ बाट संविधानसभाको सदस्यमा निर्वाचित भएका सञ्जय साहलाई रिहा गर्न अस्वीकार गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले सो बम काण्डमा प्रारम्भिक रुपमा दोषी देखिएको भन्दै साहलाई...

बामदेवले सदनमा भने, ‘आन्दोलनकारीले नै प्रहरीमाथि आक्रमण गरे’

२०७२ साउन २० गते १८:२३

काठमाण्डु, २० साउन–गृहमन्त्री बामदेव गौतमले दलित संघर्ष समितिको प्रदर्शनमा प्रहरी दमन नभइ प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको बताएका छन् । सोमबार हिन्दूबादीहरुले गरेको हतियारसहितको प्रदर्शनमा मुकदर्शक बनेको प्रहरीले मंगलबार दलित संघर्ष समितिको शान्तिपूर्ण प्रदर्शनमो निर्मम दमन गरेको भन्दै सर्वत्र विरोध भएको थियो । मंगलबार...

६ प्रदेशमै सीमांकनको टुंगो लगाउन सकिन्छः एमाले

२०७२ साउन २० गते १८:१६

काठमाण्डु, २० साउन– नेकपा एमालेले ६ प्रदेशको सीमांकनसहित साउनभित्रै संविधान ल्याउन अधिकतम पहल गर्ने निर्णय गरेको छ । बुधबार बसेको स्थायी कमिटीको बैठकले जनताले दिएका सुझावको आधारमा सीमांकन टुंग्याएर सविधान जारी गर्न अधिकतम प्रयास गर्ने निर्णय गरेको हो । एमाले सचिव योगेश भट्टराईले भौगोलिक...

राष्ट्रहित र राष्ट्रियता प्रवद्र्धनमा लाग्न राष्ट्रपतिको जोड

२०७२ साउन २० गते १७:४४

काठमाण्डु,२० साउन – राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रहित र राष्ट्रियताको प्रवद्र्धनमा कूटनीतिक सेवाका कर्मचारी पूर्ण जिम्मेवारका साथ क्रियाशील हुन आग्रह गरेका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा तालिमरत परराष्ट्र सेवाका नयाँ अधिकृतसँग बुधबार राष्ट्रपति कार्यालयमा भएको भेटमा उनले राष्ट्रसेवक सबै कर्मचारीले मुलुकको सर्वोपरी हितलाई...

सहकारीको वित्तीय कारोबारलाई सुरक्षित गर्न छुट्टै ऐनको आवश्यकता

२०७२ साउन २० गते १७:३८

काठमाण्डु, २० साउन – सरोकारवालाहरुले सहकारीको वित्तीय कारोबारलाई सुरक्षित गर्न यससम्बन्धी छुट्टै ऐनको आवश्यकता औँल्याएका छन् । नेपाल सहकारी पत्रकार समाजले बुधबार गरेको अन्तक्र्रियामा अभियन्ताले सहकारी क्षेत्रको जोखिम न्यूनीकरणका लागि ऐन ल्याउनुपर्नेमा जोड दिए । राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले सहकारी नीति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us