समाचार

सामुदायिक विद्यालयको स्तर उठाउन जोड

२०७२ साउन २० गते १६:२४

काठमाण्डु, २० साउन – सभासद् गगन थापाले सामुदायिक विद्यालयको स्तर नउठेसम्म संविधान मात्र बनेर सन्तोष लिन नसकिने बताएका छन् । बूढानीलकण्ठ–१२, कपन, बेखस्थित बाल उद्धार उमाविको २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै नेता थापाले सामुदायिक विद्यालयको स्रोत र शिक्षक हुँदाहुँदै पनि प्रगति गर्न...

फरार अभियुक्त पक्राउ

२०७२ साउन २० गते १६:१९

सिन्धुपाल्चोक, २० साउन – वैशाख १२ गतेको भूकम्पपछि सिन्धुपाल्चोक जिल्ला कारागारबाट फरार भएका अभियुक्त बुधबार बिहान आफ्नै घरबाट पक्राउ परेका छन् । मेलम्ची नगरपालिका–२ ताला माराङ बस्ने वर्ष ३९ का धनबहादुर तामाङ पक्राउ रहेका हुन् । आफ्नै दाइ शेरबहादुर तामाङलाई खुकुरी प्रहार गरी ज्यान...

एमालेलाई सरकारमा जान हतार छैनः मन्त्री अधिकारी

२०७२ साउन २० गते १६:१५

पोखरा, २० साउन – स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले नेकपा एमालेलाई प्रधानमन्त्रीको कुर्सीको भन्दा नयाँ संविधान घोषणाको हतारो परेको बताएका छन् । स्व. बालकृष्ण उग्रताराको स्मृति पत्रकारिता पुरस्कार वितरण गर्न बुधबार आयोजना गरीएको कार्यक्रममा मन्त्री अधिकारीले तोकिएको समयमा संविधान जारी गर्न दलहरु लागिपरेको...

एमाओवादी ६ प्रदेशमा ओर्लिएपछि सीमांकनसहितको संविधानमा दलहरु सहमति नजिक

२०७२ साउन २० गते १५:५६

काठमाण्डु, २० साउन–एकीकृत माओवादीले आठ प्रस्तावको आफ्नो अडानमा परिवर्तन गर्दै सीमाकंनसहितको ६ प्रदेशमा सहमत हुन तयार भएको छ । त्यसका लागि भने माओवादीले पहिचान खुल्ने ६ प्रदेश नामांकन र सीमाकंनसहित हुनुपर्ने प्रस्ताव राखेको छ । शीर्ष चार दलहरु १६ बुँदे सहमतिमार्फत ८ प्रदेशमा सहमतिमा...

भारतबाट फर्केका नेपाली वनबासा पुलमा मृत भेटिए

२०७२ साउन २० गते १५:५२

भीमदत्तनगर, २० साउन– भारतबाट मजदुरी गरेर फर्किदै गरेका कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक स्थानीय नागरिक बुधबार बिहान पश्चिमी नाका गड्डाचौकीस्थित वनबासा पुलमा मृत अवस्थामा भेटिएका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीले दिएको जानकारीअनुसार भारतबाट पैदल नेपाल आउँदै गरेका पुनर्वास नगरपालिका–१ परासनका ४८ वर्षीय धनबहादुर विक...

फुजी आरोहणमा जान लागेका पण्डितलाई ओलीले दिए राष्ट्रिय झन्डा

२०७२ साउन २० गते १४:५६

काठमाण्डु, २० साउन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जापानको सर्वोच्च शिखर फुजीमा आरोहण गर्न जाने नेपाली अल्ट्रा धावक सञ्जय पण्डितलाई नेपालको झन्डा हस्तान्तरण गरे । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले पण्डितलाई सफलताको शुभकामना दिँदै नेपालको झन्डा हस्तान्तरण गरेका...

सत्तारुढ दलकै सभासद् भन्छन्, ‘सीमांकनविनाको संविधानले द्वन्द्वमात्रै बढाउछ’

२०७२ साउन २० गते १४:४८

झापा, २ साउन– विभिन्न राजनीतिक दलका केन्द्रीय तथा जिल्ला नेताले संघीय राज्यको सीमांकन र नामांकनसहित सबैको अधिकार समेटिएको संविधान जारी गर्नुपर्नेमा जोड दिएका छन् । संवाद समूहको सचिवालय झापाको संयोजनमा आज विर्तामोडमा भएको छलफलमा राजनीतिक दलका नेताहरुले सीमांकनबिना संविधान जारी गरिए त्यसले द्वन्द्व बढाउने...

दलजितले प्रहरीलाई भने, ‘हामीलाई होइन, सुशील र बामदेवलाई गोली हान’

२०७२ साउन २० गते १४:३८

काठमाण्डु, २० साउन– एकीकृत माओवादी सभासद् दलजित श्रीपालीले दलित समुदायले संविधानमा अधिकार माग्दा दमन भए शासक जातिले महंगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । संयुक्त दलित राजनीतिक संघर्ष समितिले बुधबार बानेश्वरमा गरेको विरोध सभामा उनले दलित समुदाय अरिंगाल र बाघ भएकाले नस्किाउन आग्रह गरे...

बामदेवले काइते जवाफ दिए हामी देखाइदिन्छौः विश्वकर्मा

२०७२ साउन २० गते १४:२२

काठमाण्डु, २० साउन– अधिकारको माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले प्रहरी प्रशासनको भरमा दमन गरेको भन्दै संयुक्त दलित संघर्ष समितिले विरोध प्रर्दशन गरेको छ । समितिले अब बन्ने संविधानमा दलितका अधिकारको माग गर्दा गृहप्रशासनले लाठी प्रहार गरेर दमन गरेको भन्दै कडा संघर्ष गर्ने चेतावनी...

बिमा रकमले केरा किसान उत्साहित

२०७२ साउन २० गते १३:५६

चितवन, २० साउन– हावाहुरीका कारण केरा ढलेर चितवनको जुटपानीका किसान गोविन्द दाहाललाई विगतमा लाखौँ रकमको केरा क्षति भएको थियो । तर उनी यसपाली भने पीडित भएर बन्नुपरेन । चार हजार ६ सय बोट केरा ढलेर करिब रु १० लाखको केरा क्षति बेहोर्न पुगेका दाहालले...

‘माइक्रोसफ्ट पावरप्वाइन्ट वल्र्डच्याम्पियनसीप’ मा निरौलाले नेपालको प्रतिनिधित्व गर्ने

२०७२ साउन २० गते १३:३८

काठमाण्डु, २० साउन – कक्षा १० मा अध्ययनरत आरम्भ निरौलाले अमेरिकाको टेक्सासमा हुने ‘माइक्रोसफ्ट पावरप्वाइन्ट वल्र्ड च्याम्पियनसीप’ मा नेपालबाट उत्कृष्ट हुँदै प्रतिनिधित्व गर्ने भएका छन् । यही साउन २४ देखि २७ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि झन्डै पाँच हजार प्रतिस्पर्धीलाई निरौलाले उछिनेका हुन् ।...

धनगढीमा डुबानको समस्या बढ्दै

२०७२ साउन २० गते १३:२९

धनगढी, २० साउन – धनगढी नगर क्षेत्रमा रहेका प्राकृतिक खोलानाला अतिक्रमण गरी घर, पर्खाललगायतका संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दै जाँदा नगर क्षेत्रमा डुबानको समस्या विकराल बन्दै गएको छ । अव्यवस्थित रुपमा र रेखांकनबिना नै विकास भएको धनगढी बजारको मुख्य सडक र सहायक सडक छेउमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us