समाचार

भूकम्पपीडित पुरुषलाई राहतमा स्यानेटरी प्याड !

२०७२ साउन २० गते १२:५२

भक्तपुर, २० साउन– राहतमा चामलको आशा गरेर शिविरमा बसेका भक्तपुरका ज्येष्ठ नागरिक र पुरुष भूकम्पपीडितलाई दाताले महिनावारी हुँदा प्रयोग हुने स्यानेटरी प्याड बाँडेपछि टोक्नु न बोक्नु भएको छ । भूकम्पपीडितको शिविरमा राहत बाँड्न आएको युनिसेफले भक्तपुरको दूधपाटी नजिकै रहेको नःपुखुको किनारामा शिविर बनाएर बसेका...

दामोदर कुण्डमा भक्तजनको भीड

२०७२ साउन २० गते १२:४८

मुस्ताङ, २० साउन – मस्ताङको सुर्खाङ गाविसमा पर्ने दामोदर कुण्डमा स्नान गर्न भक्तजनको भीड लाग्न थालेको छ । असारदेखि असोज महिनासम्म दामोदरकुण्डमा नेपाली तथा भारतीय भक्तजन निरन्तर रुपमा स्नानका लागि जाने गर्दछन् । जनै पूर्णिमाका दिन कुण्डमा विशेष पूजापाठ हुने भएकाले तुलनात्मक रुपमा बढी...

इलाममा आत्महत्या गर्नेको संख्या बढ्दो

२०७२ साउन २० गते १२:३६

इलाम, २० साउन – एक वर्षमा इलाममा ४१ जना महिला तथा बालबालिकाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ३३ जनाले झुन्डिएर र आठ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । झुन्डिएर आत्महत्या गर्नेमा ३१ जना महिला र दुई जना...

एसएलसी पुरक परीक्षा शुरु

२०७२ साउन २० गते १२:१२

काठमाण्डु, साउन २० – एसएलसीको पुरक परीक्षा बुधबारबाट सुरु भएको छ । २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तिर्ण भएका परीक्षार्थी पुरक परीक्षामा सहभागी भएका हुन् । पुरक परीक्षाको पहिलो दिन विद्यार्थीले अनिवार्य अंग्रेजी विषयको जाँच दिएका छन् । परीक्षामा १ लाख २४ हजार २...

दुर्घटना न्यूनीकरण गर्न चेतनामूलक अभियान

२०७२ साउन २० गते ११:४७

म्याग्दी, २० साउन – बढ्दो दुुर्घटना न्यूनीकरण गर्न अनेरास्ववियु म्याग्दीले तीनदिने ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतनामूलक अभियान मंगलबार शुरु गरेको छ । मानवीय कमजोरीकै कारण धेरैजसो सवारी दुर्घटना निम्तने भएकाले जनसमुदायमा ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतना जगाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको अनेरास्ववियु म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए...

कांंग्रेस नेता पूर्वसांसद सूर्यप्रसाद प्रधानको निधन

२०७२ साउन २० गते ११:३८

बुटवल, २० साउन-नेपाली कांंग्रेसका नेता तथा पूर्व सांसद सूर्यप्रसाद प्रधानको निधन भएको छ । बुटवल निवासी प्रधानको ७४ वर्षको उमेरमा बुधबार बिहान लुम्बिनी अञ्चल अस्पताल बुटवलमा निधन भएको हो । राति एक्कासि बेहोस भएका प्रधानलाई तत्कालै अस्पताल पु¥याइएको थियो । उनको बिहान ६ बजेर...

चितवनमा डेंगु रोग नियन्त्रणमा !

२०७२ साउन २० गते ११:२६

चितवन, २० साउन– चितवमा डेंगु रोग नियन्त्रणमा आएको छ । गएको जेठ महिनापछि अहिलेसम्म कुनै पनि मानिसमा डेंगु रोग नलागेको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जेठमा एक जनामा देखिएको र त्यसपछि अहिलेसम्म डेंगु नदेखिएको जानकारी दिए...

सोमलाल सुवेदीले पाए मुख्यसचिवको जिम्मेवारी

२०७२ साउन २० गते ११:१७

काठमाण्डु, २० साउन– नेपाल सरकारको मुख्य सचिवमा डा. सोमलाल सुवेदीलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । सुवेदी सचिवको विरियताक्रममा दोस्रो वरियतामा थिए । हालका मुख्य सचिव...

अज्ञात समूहद्वारा दुई मोटरसाइकलमा आगजनी

२०७२ साउन २० गते १०:३१

अर्घाखाँची, २० साउन–अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा गएराति पौने १२ बजे दुईवटा मोटरसाइकलमा आगजनी भएको छ । सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा पार्किङ गरिराखेको लु११प ७७८२ र लु४प २७२५ नम्बरको मोटरसाइकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । मोटरसाइकल आगो लगाउने समूह अथवा व्यक्तिको खोजी भइरहेको...

दुई सुरक्षाकर्मी निलम्बन

२०७२ साउन २० गते १०:०३

रौतहट, २० साउन – जिल्लाको हजमिनिया गाविसमा मादक पदार्थ सेवन गरी स्थानीय सर्वसाधारणलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका दुई सुरक्षाकर्मीलाई निलम्बन गरिएको छ । हाल इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुर दरबन्दी भएका प्रहरी जवान सर्वजित सिंह राजपुत र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (विओपी)...

फोहोरलाई शून्यमा झार्ने महिला अभियान

२०७२ साउन २० गते ९:२५

इलाम, २० साउन–इलामका गृहिणी भान्साबाट निस्कने फोहोरमैलालाई शून्य बनाउने अभियानमा जुटेका छन् । इलाम नगरपालिका कार्यालयले सञ्चालन गरेको हरितनगर अभियानलाई सहयोग पुर्‍याउँदै हरित नगर महिला समूहमा आबद्ध महिला फोहोर शून्य बनाउने अभियानमा जुटेका हुन् । फोहोर उत्पादन हुने घरको भान्साबाटै फोहोरलाई शून्यमा झार्न सकेमा...

पहिरोको डरले घर छाडे दरवासीले

२०७२ साउन २० गते ८:२९

म्याग्दी, २० साउन – म्याग्दीको मुना–७, ८ र ९ मा पर्ने दर गाउँका बासिन्दाले पहिरोको त्रासले घर छाड्न थालेका छन् । बस्ती माथिको बारी धाँजा फाटेर पहिरो खस्न थालेपछि सम्भावित दुर्घटनाबाट बच्नका लागि सुरक्षित ठाउँको खोजीमा लागेका हुन् । बेसीका गोठ र डाँडामा रहेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us