दैलेख, २० साउन – दैलेखको डाबमा मंगलबार दिउँसो मानसिक रोगीले झारफुक गरिरहेका एक धामीको हत्या गरेका छन् । डाबका मानसिक रोगी नारायण शाहीको हँसिया प्रहारबाट चामुण्डा गाविस–७ का धामी सेते कामीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए । झारफुक गरिरहेका बखत...
नुवाकोट, १९ साउन-बेलकोटमा करेन्ट लागेर मंगलबार एक महिलाको मृत्यु भएको छ । घाँस काटेर ल्याई घरको पालीमा राख्न लाग्दा करेन्ट लाग्दा बेलकोट –७ अमारेकी २५ वर्षीया ममता पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।...
भक्तपुर, १९ साउन-गुरुपूर्णिमाको विषयलाई लिएर भक्तपुरको दुई क्याम्पसमा विद्यार्थी सङ्गठनबीच झडप भएको छ । सानोठिमी क्याम्पसमा मंगलबार पढाइ भइरहेको बेलामा नेकपा–माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका विद्यार्थीले चारवटा कम्प्युटर तोडफोड गरेका छन् । साउन १५ गते एमाले निकट अनेरास्ववियू र अखिल क्रान्तिकारीबीच भएको...
काठमाण्डु, १९ साउन-बलात्कारपछि ‘एसिड’ खुवाएर अपराधीकै नियन्त्रणमा ३७ दिन बिताएकी एक किशोरीको यही साउन १६ गते आइतबार मृत्यु भएको महिला पुनःस्थापना केन्द्र ९ओरेक०ले जनाएको छ । सिरहाको लहानस्थित ‘राकेश होटल एन्ड लज लहान’मा भाँडा माझ्ने काम गर्दै आएकी किशोरीलाई वैशाख १२ गते बलात्कारपछि...
काठमाण्डु, १९ साउन-सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हालसम्म ७५१ मुद्दाको उजुरी परेको छ । वि।सं २०६८ असारमा स्थापित विभागमा अवैध रुपमा कमाइएको सम्पत्तिसम्बन्धी मुद्दा दर्ता हुने गरेको विभागका प्रवक्ता शिशिर घिमिरेले जानकारी दिए । घिमिरेले दर्ता भएकामध्ये १५० उजुरीको छानबिन भइसकेको र बाँकी ६०१...
जनकपुरधाम, १९ साउन-प्रत्येक वर्ष श्रावण कृष्णपक्ष (मौना) पञ्चमी तिथिदेखि शुक्ल तृतीयासम्म मनाइने मधुश्रावणी पर्व मंगलबारदेखि मिथिलाञ्चल क्षेत्रमा सुरु भएको छ । मिथिलाञ्चल प्राचीनकालदेखि नै समृद्ध संस्कृतिका रुपमा विशिष्ट स्थान ओगटेको क्षेत्र हो । मिथिला क्षेत्रको प्रारम्भ राजर्षि जनकबाट भएको हो । करिब चार...
काठमाण्डु, १९ साउन–प्रमुख प्रतिपक्षी एमाओवादीले दोस्रो दिन पनि व्यवस्थापिका संसदको बैठक बहिष्कार गरेको छ । मंगलबार संसद बैठक सुरु भएको केही बेरमै एमाओवादी सभासद साहले बजेट बारेमा धारणा राखेका थिए । एमाओवादीले सरकारले बजेमा एकलौटी गरेको, द्वन्द्पीडित घाइते, अपांग, बेपत्ता तथा सहिद परिवारलाई सम्बोधन...
चौतारा, १९ साउन-प्रधानन्यायाधीश कल्याण श्रेष्ठले समयमै सेवा दिई सर्वसाधारण जनताको मन जित्नुपर्ने बताएका छन् । गत वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएको सिन्धुपाल्चोक जिल्ला अदालत भवनको निरीक्षण गर्न मंगलबार चौतारा पुगेका प्रधानन्यायाधीश श्रेष्ठले राज्यको सुविधा लिएपछि सकेसम्म गाउँसम्म पुगेर सेवा दिन सक्नुपर्ने बताए...
उदयपुर, १९ साउन-उदयपुर जिल्लामा एक वर्षभित्र झन्डै १२ हजार युवा जनशक्ति विदेश पलायन भएका छन् । विगतका वर्षहरुमा जस्तै ०७१/७२ सालको एक आवभित्र उदयपुर जिल्लाबाट ११ हजार ९५४ जना युवा जनशक्ति विदेश पलायन भएको जिल्ला प्रशासन कार्यालय उदयपुरको तथ्याङ्कले देखाएको छ । ...
काठमाण्डु, १९ साउन– नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान बन्न नदिने ठुलो खेल भइरहेको बताएका छन् । अध्यक्ष ओलीले संविधान बन्न नदिन खेल मात्र नभइ ओलम्पिक खेलसमेत भएको दावी गरेका छन् । प्रमुख दलहरुबीच सीमांकनसहितको संविधान जारी गर्न गंभिर छलफल भइरहेका बेला अध्यक्ष ओलीले...
भक्तपुर, १९ साउन-भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलस्थित आशापुरी महादेव मन्दिरमा दर्शन गरेर फर्कने क्रममा तीर्थयात्री बोकेको माइक्रोबस मंगलबार दुर्घटना हुँदा दुई बच्चासहित १५ जना घाइते भएका छन् । लोकन्थलीबाट रिजर्भमा २१ जना महिला तीर्थयात्री लिएर डोलेश्वर र आशापुरी मन्दिर गएको बा १ ज ८४३९...
काठमाण्डु, १९ साउन–संविधानमा आफ्नो अधिकार सुनिश्चित गराउन शान्तिपूर्ण आन्दोलन गरिरहेको दलित समुदायमाथि प्रहरीले दमन गरेको भन्दै सभासदहरुले विरोध जनाएपछि सभामुख सुवासचन्द्र नेम्वाङले गृहमन्त्री बमदेव गौतमलाई सदनमा जानकारी दिन निर्देशन दिएका छन् । मंगलबार बिहान बिजुलीबजारमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका सभासदसहितका दलित समुदायमाथि व्यापक दमन गरेको...