समाचार

च्याङ्थापु कार्यालयमा कर्मचारी जानै मान्दैनन् !

२०७२ साउन १९ गते १३:१७

पाँचथर, १९ साउन-यस जिल्लाको च्याङ्थापुमा रहेको सीमा प्रशासन कार्यालय अझै कर्मचारीविहीन छ । असारको अन्तिमसम्ममा अधिकृतस्तरका कर्मचारीको पदस्थापन गर्ने भनिएपनि मन्त्रालयले पदस्थापन नगरेको जिल्ला प्रशासन कार्यालय, पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी केशवप्रसाद रिजालले बताए ।   अधिकृतस्तरका कर्मचारीको दरबन्दी रहेको सीमा...

संविधानको विषयमा सञ्चारमाध्यामले नकारात्मक सन्देश प्रवाह गर्नु्भएन: प्रधानमन्त्री

२०७२ साउन १९ गते १३:१०

काठमाण्डु, १९ साउन-प्रधानमन्त्री सुशील कोइरालाले दलहरू छलफलमा जुटिरहेकाले यही साउनभित्रै संविधान जारी गर्नुको विकल्प नभएको बताएका छन् ।   संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री कोइरालाले पूर्व प्रतिबद्धताअनुसार संविधान नआएमा जनतामा निराशा उत्पन्न हुने बताए ।   प्रधानमन्त्री...

प्रहरीसंगको झडपमा अधिकारकर्मी तथा दलित नेता घाइते

२०७२ साउन १९ गते १२:४९

काठमाण्डु, १९ साउन – विभिन्न दलित अधिकारसँग सम्बन्धित संघसंस्था तथा राजनीतिक दल आबद्ध दलित समुदायका नेता लगायतले दलितमैत्री संविधान जारी गर्न माग गर्दै मंगलबार गरेको प्रदर्शनमा प्रहरी झडप भएपछि करिब दुई दर्जन अधिकारकर्मी तथा दलित नेता घाइते भएका छन् । दलित अधिकार संघर्ष समितिले...

विरोध भएपछि बुटवल दक्षिणबाट रेलमार्ग सर्वे गरिँदै

२०७२ साउन १९ गते १२:४२

बुटवल, १९ साउन – बुटवलमा व्यापक विरोध भएपछि पूर्व पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बुटवलको कालिकानगरमा सर्वे भएको मार्ग परिवर्तनका लागि बुटवलभन्दा दक्षिणबाट सर्वे गर्ने तयारी गरिएको छ । पूर्व पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत तम्सरिया–बुटवलखण्ड तथा बुटवल–भैरहवा–लुम्बिनी लिङ्कका लागि यसअघि सर्वे भई डिपिआर तयार भइसकेको छ ।...

भक्तपुरमा बलात्कारका घटना बढे

२०७२ साउन १९ गते १२:३७

भक्तपुर, १९ साउन–विगतका वर्षहरुमा भन्दा यसवर्ष भक्तपुरमा बलात्कारका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले विगत दुईवर्षको दाँजोमा यसवर्ष बलात्कारका घटनामा वृद्धि भएको जानकारी दिएको हो । आव २०६९/७० मा १५ वटा बलात्कार र दुईवटा बलात्कारको उद्योगसम्बन्धी घटना भएको भक्तपुरमा आव २०७०/७१...

श्रीमतीसँग झगडा परेपछि शेषले गरे विष सेवन गरेर आत्महत्या

२०७२ साउन १९ गते १२:३६

महोत्तरी, १९ साउन– पत्नीसँग झगडा पर्दा महोत्तरीको धीरापुर गाविसमा गएराति एक जनाले विषादी सेवन गरी आत्महत्या गरेका छन् । मृत्यु हुनेमा धीरापुर गाविस–५ बस्ने नथुनी शेषका छोरा ३३ वर्षीय जसाउद्दिन शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घरायसी समस्यालाई लिएर विगत केहीदिनदेखि...

पार्टी नीतिविपरीत बोलेको भन्दै अमरेशसँग स्पष्टीकरण

२०७२ साउन १९ गते १२:०१

काठमाण्डु, १९ साउन– नेपाली कांग्रेसले केन्द्रिय सदस्य तथा सभासद डा. अमरेशकुमार सिंहले पार्टी नीति र विधान विपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टिकरण सोधेको छ । गत शनिबार बसेको केन्द्रिय कार्यसमित र संसदीय दलको संयुक्त बैठकले सभासद सिंहले पार्टी नीति र संसदीय दलको विधान विपरीत अभिव्यक्ति...

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, २१ घाइते

२०७२ साउन १९ गते ११:४१

नवलपरासी, १९ साउन –पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भनी २१ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार नेपालगन्जबाट काठमाडौँका लागि छुटेको ना ५ ख ६१३५ नम्बर बस र विपरीत दिशातर्फ गुडिरहेको ना...

गगन भन्छन्, ‘मैले विप्लवको प्रशंसा गरेकै छैन’

२०७२ साउन १९ गते ११:३९

काठमाण्डु, १९ साउन–कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद गगन थापाले आफूले नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवको प्रशंसा नगरेको स्पष्ट पारेका छन् । सभासद थापाले आइतबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै सञ्चारमध्यममा आएजस्तै आफूले विप्लवको प्रशंसा नगरेको बताएका छन् । समाचारमा भनेजस्तो कुनै कार्यक्रममा आफू...

युवकको शव फेला

२०७२ साउन १९ गते १०:४५

सप्तरी, १९ साउन । सप्तरीको राजविराज नगरपालिका–१ स्थित कपडा पसलमा झुन्डिएको अवस्थामा सोमबार साँझ एक युवक मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा राजविराज नगरपालिका–४ निवासी २८ वर्षीय वसन्त साह रहेको प्रहरीले जनाएको छ । गत शनिबारदेखि बेपत्ता रहेको साहको खोजी गर्दा आज...

खोलामा डुबेर बालकको मृत्यु

२०७२ साउन १९ गते १०:४२

महोत्तरी, १९ साउन – महोत्तरीको बगडा गाविसमा गाई चराउन गएका एक बालकको सोमबार साँझ खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बगडा गाविस–९ सुखनियाटोल बस्ने खेहरू महराका १० वर्षीय छोरा राजे महरा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घरबाट पाँच सय...

दूर्लभ सालक जोगाउन हम्मे

२०७२ साउन १९ गते १०:१३

बनेपा, १९ साउन– विश्वमै दुर्लभ मानिएको स्तनधारी जनावर सालक संरक्षण गर्न मुस्किल भएको छ । यद्यपि संरक्षणका प्रयास हुँदै नभएको भने होइन । हालै सालक संरक्षण गर्न काभ्रेपलाञ्चोकमा जनचेतनामूलक कार्यक्रम सुरु भएको छ । काभ्रेपलाञ्चोकको महाभारत शङ्खलासँग जोडिएका अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित वासस्थान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us