समाचार

नगरपालिकामा गाभ्ने निर्णयप्रति स्थानीयवासीको असहमति

२०७२ साउन १८ गते १७:०५

झापा, १८ साउन- झापाको दुहागढी गाविसलाई मेचीनगर नगरपालिकामा गाभ्ने निर्णयप्रति स्थानीयवासीले असहमति जाहेर गरेका छन् ।   सोमबार गाविसमा सम्पन्न सर्वदलीय बैठकले यो जनभावना विपरीत भएको भन्दै यस्तो निर्णय गरेको गाविस सचिव कविन्द्रविक्रम नेम्वाङले जानकारी दिए ।   मेचीनगर नगरपालिकाले आफ्नो क्षेत्र विस्तार गरी...

बन्दै गरेको लगानी अनुकूलको वातावरण नबिथोलौंः कोइराला

२०७२ साउन १८ गते १७:०१

उदयपुर, १८ साउन – प्रधानमन्त्री सुशील कोइरालाले सबै पक्षका विचार समेटेर लोकतान्त्रिक संविधान जारी गर्न दलहरु लागिपरेको बताएक छन् । बुधबार उदयपुरको मैनामैनीमा कोसी पुलको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले संविधान जारी भएलगत्तै विधिको शासन पद्धति स्थापित गर्दै राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउन कानुनी आधार...

एसएलसी पूरक परीक्षाका लागि २४७ परीक्षा केन्द्र निर्धारण

२०७२ साउन १८ गते १६:५४

भक्तपुर, १८ साउन-परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन २० गते बुधबारदेखि सुरु गर्ने एसएलसी पूरक (मौका) परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ ।   वि।सं २०७१ को एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गर्ने मौका परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा...

खानी विभागले भूकम्प प्रभावित क्षेत्रको अध्ययन गर्ने

२०७२ साउन १८ गते १६:४३

काठमाण्डु, १८ साउन- खानी तथा भूगर्भ विभागले यो आवमा भूकम्प प्रभावित क्षेत्रमा भूगर्भसम्बन्धी अध्ययन गर्ने भएको छ ।   भूकम्पले क्षति पु¥याएको स्थानमा बस्न योग्य छ कि छैन भनी अध्ययन गर्ने विभागका प्रवक्ता कृष्णदेव झाले जानकारी दिए ।   उनले भूकम्पले क्षति पुगेका स्थानमा...

बालकलाई बलि दिने अभियुक्तलाई कारबाहीको माग गर्दै प्रदर्शन

२०७२ साउन १८ गते १६:३३

परासी, १८ साउन-नवलपरासीमा बालक जीवन कोहारलाई बलि दिने अभियुक्तहरुलाई कडाभन्दा कडा कारबाहीको माग राख्दै सोमबार बालकका आफन्त र स्थानीयवासीले प्रदर्शन गरेका छन् ।   दश वर्षीय बालक जीवनलाई बलि दिने कार्यमा संलग्न मुख्य योजनाकार कोदाई हरिजनसहित पक्राउ परेका सबै दोषीलाई हदैसम्मको कारबाहीको माग राख्दै...

बजेट छलफलमा प्रमुख प्रतिपक्षी एमाओवादीको बहिस्कार

२०७२ साउन १८ गते १६:३०

काठमाण्डु, १८ साउन – प्रमुख प्रतिपक्षी दल एनेकपा माओवादीले व्यवस्थापिका–संसद्को बुधबारको बैठक बहिष्कार गरेको छ । विनियोजन विधेयक २०७२ माथि छलफलका लागि तोकिएको कार्यतालिका अधुरो रहेको आरोप लगाउँदै एनेकपा माओवादीका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् । एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बजेट निर्माण प्रक्रियामा...

बजेट कांग्रेसको महाधिवेसन केन्द्रित भएको भन्दै खारेज गर्न एमाले सभासदको माग

२०७२ साउन १८ गते १६:१६

काठमाण्डु, १८ साउन– सरकारले ल्याएको बजेट कांग्रेसको महाधिवेसन लक्षित भएको भन्दै सत्तारुढ दल नेकपा एमालेले नै बिरोध गरेको छ । व्यवस्थाापिका संसदको सोमबार बजेटको विनियोजन विधेयकको सैद्धान्तिक बैठकमा एमाले सभासदहरुले मन्त्रालयगत बजेट कांग्रेसको आसन्न १२ औं महाधिवेसना केन्द्रित भएको आरोप लगाए । कांग्रेसको महाधिवेसन...

फुलकाहामा सशस्त्र प्रहरी बेस क्याम्पको शिलान्यास

२०७२ साउन १८ गते १६:०९

महोत्तरी, १८ साउन– महोत्तरीको फुलकाहामा एक समारोहका बीच सशस्त्र प्रहरी बेस क्याम्पको शिलान्यास भएको छ । सोमबार बिहान फुलकाहा– ९ जमुनियामा ११ लाखको लागतमा निर्माण हुने सो क्याम्पको शिलान्यास भएको हो ।   सशस्त्र प्रहरी मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाका सशस्त्र प्रहरी नायब महानिरीक्षक रामशरण...

फेवाताल घूम्नेहरुका लागि आमाहरुको यो राहात

२०७२ साउन १८ गते १५:४९

पोखरा, १८ साउन-फेवाताल किनारमा रहेको फुटट्र्याकमा फेवातालमा टहलिँदै हिँड्दा बस्न मिलोस् भन्दै पोखरा–६ बैदाममा रहेको खहरे आमा समूहले कुर्ची राख्ने अभियान थालेका छन् ।   हल्ननचोकदेखि खहरेसम्म फेवाताल किनारामा फलामका कुर्ची राख्ने योजना रहेको आमा समूहले जानकारी दिएको छ । अहिलेसम्म छवटा कुर्ची राखिसकेको...

फरार अभियुक्त पक्राउ

२०७२ साउन १८ गते १५:४१

इलाम, १८ साउन-वन मुद्दामा संलग्न एक फरार अभियुक्तलाई प्रहरीले सोमबार बिहान दानाबारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दानाबारी–६ का तुलाबहादुर राई रहेका छन् ।   जिल्ला अदालत इलामले राईलाई एक वर्ष कैद र ५४ हजार ७० जरिवानाको फैसला सुनाएपछि राई दुई वर्षदेखि फरार...

अधिकार सुनिश्चित गराउन तीन तहमा आन्दोलन गर्ने

२०७२ साउन १८ गते १५:३६

काठमाण्डु, १३ भदौ – दलित सभासदहरुले नयाँ बन्ने संविधानमा आफ्नो अधिकार सुनिश्चित गर्न संविधानसभा, पार्टी र संघर्ष समितिमार्फत सडक गरी तीन तहमा आन्दोलन सञ्चालन गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सभासद मान बहादुर विश्वकर्माले...

माछा मार्न गएका बलबहादुर चार दिनदेखि बेपत्ता

२०७२ साउन १८ गते १५:३५

गुल्मी, १८ साउन-गुल्मीको मुसिकोट गाविस वडा नं ६ झरुवा निवासी ५८ वर्षीय बलबहादुर कुमाल गत ४ दिनदेखि बेपत्ता छन् ।   साउन १४ गते बेलुकी करिब १० बजेतिर बडिगाड खोलामा ढडिया लिएर माछा मार्न हिँडेका कुमाल अहिलेसम्म पनि सम्पर्कमा नआएको वामी प्रहरी चौकीले जानकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us