बागलुङ, १९ साउन –पश्चिमाञ्चल क्षेत्रकै सबैभन्दा ठूलो शिवलिङ्ग रहेको त्रिपुरेश्वर महादेवको मन्दिर ओझेलमा परेको छ । जिल्लाको बिहूँ गाविसमा रहेको परमानन्द सन्न्यास आश्रम रामकोट नामले समेत परिचित शिव मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । मन्दिरमा भारतको नर्मदा नदीबाट ल्याइएको शिवलिङ्ग राखिएको छ । धार्मिक...
म्याग्दी, १९ साउन – म्याग्दीको पाखापानी गाविसको घोप्टेखोलामा आएको बाढीले घोप्टेखोला जलविद्युत आयोजनाको बाँध भत्काइदिँदा २२० किलोवाट क्षमताको घोप्टेखोला जलविद्युत् आयोजना बन्द भएको छ । आयोजना बन्द हुँदा गाउँका २०० घरधुरी अध्याँरोमा बस्न बाध्य भएका छन् । मौसममा सुधार नआउन्जेल जलविद्युत् आयोजनाको बाँधको पुनःनिर्माण...
म्याग्दी, १९ साउन–म्याग्दीको मुदी र मुना गाविसमा पहिरोमा परी ज्यान गुमाएका तीन मृतकका आफन्तलाई किरियाखर्च उपलब्ध गराइएको छ । यही साउन १३ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका मुदीका दलदेवी पुन, तीर्थमान घर्ती र मुनाका मेलिना पुनका परिवारलाई गाविस कार्यालयमार्फत सरकारका तर्फबाट ४० हजारका दरले...
काठमाण्डु, १८ साउन-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमाङ्कनसहित साउनभित्रै नेपालको संविधान जारी हुने बताएका छन् । गन्तव्य नेपालको ११औँ वार्षिकोत्सव समारोह–२०७२ को उद्घाटन गर्र्दै उनले एकरदुईदिनभित्रमा सहमति जुटाई सीमाङ्कनसहित साउनभित्रै संविधान जारी हुने बताए । अध्यक्ष ओलीले भने, ‘सीमाङ्कन बडो ठूलो...
काठमाण्डु, १८ साउन-नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले लिपुलेक, कालापानी र सुस्ता नेपालकै भएको बताएका छन् । साताव्यापी भारत भ्रमणबाट सोमबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले आफूले भारत भ्रमणमा लिपुलेक, कालापानी र सुस्ता नेपालकै हो भनेर स्पष्ट...
कपिलवस्तु, १८ साउन– जिल्लाको मानपुरमा एक युवती झुण्डिएको अवस्थामा सोमबार मृत फेला परेकी छन् । खुरुहुरिया गाविस–४ खुरुहुरिया बस्ने २६ वर्षीया जैनव लोनिया गणेशपुर गाबिस–६ मानपुर गाउँस्थित माछा पोखरीको डिलको सिसौको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हु्न् । उनी नाइलनको डोरीको पासो लगाई झुन्डिएर...
भक्तपुर, १८ साउन-पूर्वयुवराज पारस शाहले ‘केदारनाथको शिर’ डोलेश्वर महादेव मन्दिरमा सोमबार अपराह्न दर्शन र पूजाअर्चना गरेका छन् । पूजाआजा सकेपछि मन्दिरको गतिविधि र गुरुयोजनाका बारेमा डोलेश्वर संरक्षण तथा विकास समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले शाहलाई जानकारी गराएका थिए । शाहले सोमबारनै सिपाडोलस्थित आशापुरी...
काठमाण्डु, १९ साउन– संविधान निर्माण र १६ बुँदे सहमतिका विषयमा असन्तुष्ट दलका नेताको भेला काठमाण्डुको वालकुमारीमा बसेको छ । बैठकले प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, फो लोकतान्त्रिकले गरेको १६ बुँदे सहमतिका आधारमा जारी गरिएको नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा आफूहरुलाई...
काठमाण्डु, १८ साउन-विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध समुदायले अधिकार प्राप्तिका लागि सम्पूर्ण सभासद्लाई सोमबार ‘प्रेमपत्र’ पठाएका छन् । ‘साठी लाख दलित समुदायले अध्यक्ष तथा सबै सभासद्लाई स्नेह र प्रेमका साथ अधिकार संरक्षणका लागि पत्राचारमा दलितमैत्री संविधान जारी गर्न माग...
काठमाण्डु १८ साउन-नेकपा एमालेका नेता माधवकुमार नेपालले जनताबाट प्राप्त सुझावलाई अधिकतम समेट्ने र अधिकतम दलको सहमतिमा संविधान जारी गर्ने प्रयत्न भइरहेको बताएका छन् । नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीसँग सोमबार आफ्नो निवासमा भएको भेटमा उनले स्थानीय निकायको निर्वाचन नहुँदा विनाशकारी भूकम्पपछि...
काठमाण्डु, १८ साउन- प्रेस चौतारी नेपालले साना लगानीका मिडियालाई जोगाउन ध्यान दिनुपर्ने, पत्रपत्रिका वर्गीकरण पारदर्शी हुनुपर्ने, पत्रकार–सम्पादक बन्न नयाँ मापदण्ड तयार गर्नुपर्ने, वर्गीकरणभित्र श्रमजीवी पत्रकारको पनि स्वामित्व ग्रहण गराइनुपर्ने सुझाव प्रेस काउन्सिल नेपाललाई दिएको छ । काउन्सिल र चौतारीबीच सोमबार प्रेससँग सम्बन्धित विभिन्न...
दमक, १८ साउन– नेकपा माओवादीले झापाको दमक नगरपालिकास्थित मालपोल कार्यालयमा कार्यरत अधिकृत होमनाथ सेडाईलाई कालोमोसो लगाएको छ । सोमबार दिउँसो कार्यालयमै माओवादी कार्यकर्ता र स्थानियहरुले कालोमोसो लगाएका हुन् । मेची उपव्यूरो इन्चार्ज राजेन्द्र कार्कीले दिएको जानकारी अनुसार आर्थिक प्रलोभनमा परी ऐलानी जमिन व्यक्तिको नाममा गर्ने...