समाचार

ट्वीटरमा हाम्रा समाचार

२०७२ साउन १८ गते १५:३३

काठमाण्डु टुडेको ट्वीटर एकाउण्टमा समस्या आएका कारण नयाँ एकाउण्ट बनाएका छौँ । यदी तपाई ट्वीटरमा हुनुहुन्छ भने ताजा समाचार, सूचना र जानकारीका लागि हामीलाई फ्लो गर्नुहोस् । ktoday1234  ...

खुम बहादुरका कार्यकर्तासँग प्रहरी किन डरायो ?

२०७२ साउन १८ गते १५:२६

काठमाण्डु, १८ साउन– सोमबार संविधानमा सनातन हिन्दू राष्ट्र नेपाल हुनुपर्ने माग राख्दै हिन्दू सो अभियानका संयोजक तथा नेपाली कांग्रेसका नेता खुम बहादुर खड्काले काठमाण्डुमा जनप्रदर्शन गरे । यसअघि खुमबहादुरले दाङमा भनेजस्तो जनप्रदर्शनमा मानिसहरुको सहभागिता थिएन । प्रदर्शनमा खड्काका दुई सयको हाराहारीमा कार्यकर्ता थिए ।...

पुनः निर्माण प्राधिकरणको प्रमुख राजनीतिकर्मी हुनु हुँदैनः सभासदहरु

२०७२ साउन १८ गते १५:०८

काठमाण्डु, १८ साउन-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत शीध्र नियुक्त गर्न र यस्तो नियुक्ति हुने व्यक्ति राजनीतिकर्मी हुन नहुनेमा सांसद्हरुले जोड दिएका छन् ।   विनाशकारी भूकम्पको उत्पन्न गरेका क्षति एवम् अन्य प्राकृतिक प्रकोपले पु¥याएको विनाशलाई पुनःनिर्माण गर्ने प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिमा ढिलाइ हुँदा...

चौध वर्षदेखि थलिएका रामाचन्द्रकी आमाले रुँदै भनिन्, ‘छोराको रोग निको पार्ने भगवान् खोज्दैछौँ’

२०७२ साउन १८ गते १४:४२

गोरखाबजार १८ साउन-गोरखाको थालाजुङ गाविस–३ मुगेका रामचन्द्र अधिकारी १४ वर्षदेखि एकै थलोमा रहेका छन् । शारीरिक अपाङ्गताका कारणले गर्दा उनी हिँड्डुल गर्न सक्दैनन् । उनलाई घरभित्र गुन्द्रीमा सुताएर परिवारका सदस्य काममा जान्छन् ।   ‘बर्खाका बेला, कामको चापाचाप छ’ रामचन्द्रको ठूलीआमा सुमित्रा अधिकारीले भनिन,...

वीरगञ्जमा अत्याधिक गर्मीका कारण रोगी बढे

२०७२ साउन १८ गते १४:२९

वीरगन्ज, १८ साउन-बढ्दो गर्मीसँगै नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ‘भाइरल ज्वरो’ र ‘कमलपित्त’ को उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।   पानी नपरेर अत्यधिक गर्मी बढेकाले उपचारका लागि अस्पताल आउने बिरामीमध्ये दैनिक ३० देखि ४० जनासम्म भाइरल ज्वरोका बिरामी हुने गरेका छन्...

ससुरालीबाट हराएका कृष्णबहादुरको शव जंगलमा भेटियो !

२०७२ साउन १८ गते १४:१५

दाङ, १८ साउन-गत असार २८ गते लमहीको अर्नवास्थित आफ्नै ससुराली घरबाट हराएका भनिएका ललितपुरका ४० वर्षीय कृष्णबहादुर घर्तीको शव सोमबार नजिकै रहेको चप्परखोला सामुदायिक वनमा फेला परेको छ ।   जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कुबेर कडायतले दिनुभएको जानकारीअनुसार बिहान वनमा च्याउ खोज्न...

संविधानमा राजनीतिक अधिकारको माग गर्दै ७५ जिल्ला घेराउ

२०७२ साउन १८ गते १४:१०

काठमाण्डु, १८ साउन-संविधानमा नै अपाङ्गता भएका व्यक्तिको राजनीतिक अधिकार उल्लेख गर्नुपर्ने भन्दै उनीहरुले देशभरका जिल्ला प्रशासन कार्यालयमा सोमबार घेराउ गरेका छन् ।   काठमाण्डुमा बिहान ९ बजेदेखि ११ बजेसम्म विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिले बालुवाटारमा धर्ना दिएका थिए भने सोही समयमा ७४ जिल्लाका प्रशासन...

बस्नेतले भने, ‘दुई साताभित्र सबैको मन जित्ने संविधान आउँदैछ’

२०७२ साउन १८ गते १४:०३

भक्तपुर, १८ साउन-उद्योगमन्त्री महेश बस्नेतले आगामी दुई साताभित्र सबैको मन जित्ने संविधान जारी हुने बताएका छन् ।   शिक्षा मन्त्रालयअन्तर्गतका नेपाल निजामती कर्मचारी सङ्गठन, विभागीय कार्य समितिले सोमबार शैक्षिक जनशक्ति विकास केन्द्रमा आयोजित कार्यक्रममा दुई साताभित्र सबैको मन जित्ने संविधान जारी हुने बताएका हुन्...

साउनभित्र संविधान ल्याउन गम्भीर छलफल भैरहेको छः प्रचण्ड

२०७२ साउन १८ गते १३:४२

काठमाण्डु, १८ साउन-संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेको शीर्ष नेता सम्मिलित विशेष समितिको बैठकमा यही साउन महिनाभित्र नयाँ संविधान ल्याउने गरी नै गम्भीर रुपमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।   संविधानको पहिलो मस्यौदामा जनताले दिएका राय सुझावका आधारमा सङ्घीयताको सीमाङ्कन, शासकीय...

जंगली जनावरले गाउँले आतंकित

२०७२ साउन १८ गते १३:३७

नवलपरासी, १८ साउन – चितवन राष्ट्रिय निकुञ्जबाट आएका जंगली जनावरका कारण राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासीको मध्यवर्ती र सो आसपास क्षेत्रका स्थानीय बासिन्दा हैरानीमा परेका छन् । निकुञ्ज र मध्यवर्ती वन क्षेत्रबाट आउने गैँडा, बँदेल, हरिणलगायतका जनावरले धानबालीमा नोक्सान पु¥याउँदा हैरानमा परेको देवचुली–१० का स्थानीय एवम्...

प्रधानमन्त्रीद्वारा कोसी पुल उद्घाटन

२०७२ साउन १८ गते १३:३१

उदयपुर, १८ साउन – प्रधानमन्त्री सुशील कोइरालाले सुनसरी र उदयपुरलाई जोड्ने सप्तकोसी नदीमा निर्मित पुलको उद्घाटन गरेका छन् । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौँडा सडक खण्डअन्तर्गत उदयपुरको मैनामैनी गाविस र सुनसरीको बराह क्षेत्र गाविसमा पुल निर्माण गरिएको हो । एसियाली विकास बैंकको अनुदान तथा नेपाल सरकारद्वारा संयुक्त रुपमा...

यौन प्रस्ताव गरेर व्यापारी फसाउँन खोज्ने युवती जेल चलान

२०७२ साउन १८ गते १३:१६

झापा, १८ साउन – फोनमा रमाईला यौन र रोमान्सका कुरा गरेर व्यापारी फराउँन खोज्ने एक युवतीलाई झापा जिल्ला अदालतले जेल चलान गरेको छ । पैसा हुनेहरुको खोजी गर्ने र फोनबाट प्रेम र यौनको जालोमा फसाउँन इलामकी २६ वर्षीया कमला मास्के र उनको समूहका राजीव...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us