प्यूठान, १७ साउन-मदिरा सेवन गरी भिगृ–८ नेवारेमा आइतबार एक व्यक्तिले आफ्नै श्रीमतीको घरेलु हतियार प्रहार गरी हत्या गरेका छन् । घरायसी सामान्य विवादमा नेवारेका ६५ वर्षीय खगिराम रामजालीले ५६ वर्षीया श्रीमती पवी रामजालीको हत्या गरेका हुन् । प्रहरीले खगिरामलाई पक्राउ गरेको जिल्ला...
काठमाण्डु, १७ साउन-राष्ट्रपति रामवरण यादवले चुरे–तराई क्षेत्रमा भएको वनविनासका कारण पानीका स्रोत घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल वातावरण पत्रकार समूहको संयोजनमा आइतबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको ‘चुरेको चर्चा’सम्बन्धी कार्यक्रममा राष्ट्रपति यादवले चुरे–तराई क्षेत्रमा वनविनास बढेपछि तराईमा पानीका मुहान सुक्दै...
काठमाण्डु, १७ साउन-वातावरण विभागले काठमाण्डु उपत्यकामा प्लास्टिक झोला निषेध गर्ने अभियानलाई फेरि कडाइका साथ लागू गराउन सुरु गरेको छ । अनुगमनका क्रममा आइतबार ९० किलो प्लास्टिक जफत गरिएको विभागले जनाएको छ । विभागका वातावरण निरीक्षकको समूहले शनिबार गरेको बजार अनुगमनका क्रममा विशालनगर क्षेत्रका...
बर्दिया, १७ साउन-बर्दियाको गोला गाविस–२ जोधिपुरका ३६ वर्षीय गङ्गाधर चालिसेको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोही ठाउँका श्याम बिसी भनिने टीकाराम बुढा क्षेत्रीले गङ्गाधरमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । आपसी लेनदेनको विवादमा गएराति टीकारामले गङ्गाधरलाई...
काठमाण्डु, १७ साउन– प्रधानमन्त्री सुशील कोइरालाले टाइपिस्टका कारण संविधानको मस्यौदामा त्रुटी भएको बताएका छन् । आइतबार आफ्नै निवास बाुलवाटारमा थारु कल्याणकारीणी सभाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले कर्मचारीको कम्जोरीका कारण मस्यौदामा कमि कम्जोरी भएको हाँस्दै जवाफ दिएका थिए । उनले कर्मचारीले आफ्ना धेरै कुराहरु समावेस...
काठमाण्डु, १७ साउन-मलेसिया र खाडीका छ मुलुकमा निःशुल्क हवाइ टिकट र प्रवेशाज्ञाको विषयमा सरकारसँग सहमति गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी सङ्घको नेतृत्वविरुद्ध व्यवसायी उभिएका छन् । सङ्घले आइतबार आयोजना गरेका व्यवसायी भेलामा नेतृत्वले आन्दोलनलाई धोका दिएको भन्दै व्यवसायीले सङ्घका पदाधीकारीहरुको राजीनामा माग गरेका...
काठमाण्डु, १७ साउन– एमाले नेता केपी ओली अभिव्यक्ति कलामा खप्पिस मानिन्छन् । पार्टीभित्र र बाहिरका विरोधीमाथि जाइलाग्नुपर्दा ओली सन्दर्भ मिल्दो उखान टुक्काको साहारा लिन्छन् । गाउँघरमा प्रयोग हुने झर्रा शब्द ओलीका मुखैमा झुण्डिएका छन् । भाषणमा मात्र होइन, अनौपचारिक भेटघाटमा समेत रमाइलो पारामा गफिनु...
काठमाण्डु, १७ साउन-एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले साउन महिनाभित्रै संविधान निर्माणका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । बैसठ्ठीऔँ भीमदत्त पन्त स्मृतिसभाको अवसरमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) द्वारा आइतबार आयोजित कार्यक्रममा उनले संविधान संसोधन गर्न मिल्ने सहमतिको दस्तावेज भएको...
काठमाण्डु, १७ साउन – चिकित्सा विज्ञान अध्ययनको क्षेत्रमा निकै छोटो समयमै नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य विज्ञान संस्थान अब्बल ठहरिएको छ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित समारोहमा डाक्टर र नर्स पढ्नेको पहिलो रोजाइ सेनाले सञ्चालन गरेको कलेज...
विराटनगर, १७ साउन-बोलबम यात्रु बोकेको जिप आइतबार अपराह्न सप्तकोसी नदीमा खस्दा जिपमा सवार १९ श्रद्धालु घाइते भएका छन् । सुनसरीको चतराबाट बराहक्षेत्र जाँदै गरेको को १ ज १३९ नम्बरको सो जिप बराह क्षेत्र–१ स्थित सडकखण्डबाट सप्तकोसी नदीमा खसेको थियो । घाइतेमध्ये १७...
काठमाण्डु, १७ साउन-सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालसँग सञ्चार क्षेत्रमा कार्यरत पत्रकार, कर्मचारी र कामदारको लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिकलाई लागू गर्न अनुरोध गरिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष पोषण केसीको नेतृत्वमा गएको समितिका पदाधिकारीहरुले मन्त्री...
काठमाण्डु, १७ साउन– भूकम्प गएको तीन महिना बितिसक्दा पनि सरकारले पीडितलाई उचित राहत दिन नसकेको भन्दै सभासदहरुले सरकारको आलोचना गरेका छन् । व्यवस्थापिका संसदको आइतबारको बैठकमा सभासदहरुले सरकारले आफू निर्णय गरेको र संसदले दिएको निर्देशन पालना नगर्दा पीडितहरुले राहत नपाएको गुनासो गरे । एमाओवादी...