चितवन, १७ साउन-यही सन् २०१५ को नोभेम्बरसम्ममा अनिवार्य रुपमा एमआरपी लिनुपर्ने भएपछि यहाँबाट राहदानी लिनेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनले दिएको जानकारीअनुसार, गत आवमा २० हजार ४१७ जनाले राहदानी लिएका छन् । अघिल्लो आवमा यो सङ्ख्या १६ हजार ३०१...
काठमाण्डु, १७ साउन –नेपाल वायु सेवा निगमको साख जोगाउन त्यहाँभित्र हुने राजनीतिकरणको अन्त्य गरी व्यावसायिक ढंगले छवि सुधार्नेतर्फ प्रभावकारी कार्ययोजना ल्याइनुपर्नेमा सभासद् तथा सरोकारवालाले जोड दिएका छन् । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबारको बैठकमा समितिका सदस्यहरुले निगममा हुने राजनीतिक हस्तक्षेप अन्त्य गरी...
डोल्पा, १७ साउन– डोल्पामा बहुमूल्य जडीबुटी यार्सागुम्बा बिक्री वितरणमा संलग्न व्यापारीलाई प्रहरी सुरक्षा घेरामा चीन लैजाने तयारी भइरहेको छ । सूचना जारी गरेपछि ६० देखि ७० जना यार्सागुम्बा व्यापारी जम्मा भइसकेको र अझै व्यापारीहरु आउने क्रम जारी रहेको प्रहरी नायब उपरीक्षक धु्रवराज रावतले जानकारी...
भीमदत्तनगर, १७ साउन-बझाङ कारागारका कैदीबन्दीले कारागार ढोकामा आइतबार दिउँसो तालाबन्दी गरेका छन् । नयाँ संविधान घोषणाको अवसरमा कैदीबन्दीलाई आममाफी दिनुपर्ने माग गर्दै रहेको ५० कैदीबन्दीले कारागारमा तालाबन्दी गरेका हुन् । त्यसैगरी, उनीहरुले जिल्ला प्रशासन कार्यालय बझाङमार्फत प्रधानमन्त्री कार्यालयलाई एक ज्ञापनपत्रसमेत बुझाएका छन्...
काठमाण्डु, १७ साउन– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले केही दिन यता मुलुकका विभिन्न भागमा वर्षासँगै आएको बाढी र पहिरोका कारण ९० जनाको मृत्यु भएको र ३८ जना बेपत्ता भएको बताएका छन् । व्यवस्थापिका संसदको आइतबारको बैठकमा मन्त्री गौतमले लागातारको वर्षाका कारण मुलुकका विभिन्न भागमा...
रौतहट, १७ साउन-चन्द्रपुर नगरपालिका–१४ को चाँदी नदीस्थित जङ्गलमा सिकार खेल्न गएका एक सिकारी आफैले बोकेको बन्दुक पड्केर गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार अवैध हतियार बोकेर रातको समयमा जङ्गलमा सिकार खेल्न गएको अवस्थामा बन्दुक पड्केर २१ वर्षीय सुरज विक...
काठमाण्डु, १७ साउन –राज्य पुनर्संरचना आयोगका पूर्व पदाधिकारीहरुले प्रारम्भिक मस्यौदामा आएको ८ प्रदेशको संख्या सैद्धान्तिक आधारविनाको र अमूर्त भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा आयोगका सदस्य कृष्ण हाछेथुले संख्या तोकिनुभन्दा पहिला त्यो संख्या तोक्नुको सिद्धान्त तय हुनुपर्ने धारणा राख्दै...
काठमाण्डु, १७ साउन-राष्ट्रिय मानव अधिकार आयोगले तन्त्रमन्त्रका नाममा नवलपरासीको कुडिया– ४ मर्चहवाका १० वर्षीय बालकको घाँटी रेटी गरिएको हत्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सदरमुकामदेखि २० किलोमिटर टाढा पर्ने मर्चहवामा स्थानीय कोदई हरिजनका बिरामी छोराको उपचारको नाममा झाँक्रीको सल्लाहमा भएको बलि...
काठमाण्डु, १७ साउन– नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको दुर्घटना बीमाको प्रक्रिया अघि बढ्न थालेको सबै पत्रकारहरुलाई तयारी अवस्थामा बस्न आग्रह गरेको छ । महासंघका महासचिव उजिर मगरद्वारा आइतबार जारी विज्ञप्तीमा सो आव्हान गरिएको हो । आउँदो कातिक १ गतेदेखि दुर्घटना बिमाको प्रक्रियालाई अघि बढाउने...
काठमाण्डु, १७ साउन– पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुँदा निर्वाचनमा देखिने गरेका विकृतिहरु समाधान भएर जान सक्ने विश्वास व्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा चुनाव महँगो भएकोले चुनाव लड्न सक्ने अवस्था भनएको भन्दै...
काठमाण्डु, १७ साउन-गायिका अभया सुब्बा र बिबिसी नेपाली सेवाका नेपाल प्रमुख रवीन्द्र मिश्रले शनिबार कमलपोखरीस्थित इस्लिङ्टन कलेजमा युवाका लागि ‘युथ लिडरसिप वर्कसप’ सञ्चालन गरे । भूकम्पपछि पुनःनिर्माणमा लाग्न प्रोत्साहन गर्दै युवालाई नेतृत्व विकाससम्बन्धी कार्यशाला सञ्चालन गरिएको हो । गायिका सुब्बा, पत्रकार मिश्र...
उदयपुर, १७ साउन-सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले शान्तिपूर्ण रुपमा नयाँ संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् । प्रेस चौतारी नेपाल उदयपुरद्वारा आइतबार सदरमुकाम गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पण्डितले कुनै बाधा–अवरोध बिना नयाँ संविधान साउनभित्र नै जारी हुने बताए । प्रादेशिक...