समाचार

संरक्षणको पर्खाइमा चैकोट दरबार

२०७२ साउन १७ गते १२:२३

डडेलधुरा, १७ साउन – डडेल्धुराको परशुराम नगरपालिकामा रहेको परापूर्वकालमा निर्मित चैकोट दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको छ । ब्रह्मदेव राजाले वि. सं १८७० मा निर्माण गरेको चैकोट वा जैकोट दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको हो । तत्कालीन राजा ब्रह्मदेवले राज्य बिस्तारका क्रममा...

भदौ १ गते संविधान जारीः मन्त्री बस्नेत

२०७२ साउन १७ गते १२:१८

भक्तपुर, १७ साउन– उद्योग मन्त्री महेश बस्नेतले नयाँ संविधान भदौ १ गतेभित्र आउने बताउनुभएको छ । आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा कार्यक्रममा बोल्दै उहाँले साउन महिनाको ३२ गते नयाँ संविधान जारी गर्ने तयारी भइरहेको उल्लेख गरे । मन्त्री बस्नेतले भने –...

अविरल वर्षाले धनगढी नगर क्षेत्र जलमग्न

२०७२ साउन १७ गते ११:१०

धनगढी, १७ साउन । गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण धनगढी नगर क्षेत्रका अधिकांश बस्ती जलमग्न भएका छन् । वर्षाका कारण धनगढीको विशालनगर, शिवनगर, सेतो पुल, त्रिवेणी चोक, बोराडाँडी, हसनपुर, पशुपति टोल, बैयाबेहडीलगायतका क्षेत्रमा चार÷पाँच फिटसम्म पानी जमेपछि आवागमनमा समस्या भएको छ । वर्षाको पानी...

प्रतिकूल मौसमले सामान ढुवानीमा कठिनाइ

२०७२ साउन १७ गते १०:२०

रसुवा १७ साउन – गत तीन दिनयताको प्रतिकूल मौसमका कारण लाङटाङ क्षेत्रमा खाद्यान्न ढुवानी गर्न समस्या भएको छ । लाङटाङका पुनर्वास अभियानकर्मी सुप्पा तामाङका अनुसार भूकम्पपछि विस्थापित भई काठमाण्डुको पँहेलो गुम्बामा शरण लिई बसेका लाङटाङवासीलाई आफ्नो थातथलोमा फर्काउन आवश्यक पर्ने सामग्री र ढुवानीका लागि...

श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै विदेशबाट आएर छिमेकीको हत्या

२०७२ साउन १७ गते १०:१३

बर्दिया, १७ साउन– बर्दियामा एक व्यक्तिले श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा छिमेकीको हत्या गरेका छन् । गोला–७ का श्याम केसीले कुखुरी प्रहार गरी छिमेकी ३५ वर्षीय गंगाधार चोलागाईंको शनिबार राति हत्या गरेका हुन् । चौलागाईंको शव घर नजिकै बाटोमा फेला परेको जिल्ला प्रहरी कार्यालय...

कैलाली र कञ्चनपुरका चार नगरपालिकामा ११ अर्ब ५० करोड लगानी हुँने

२०७२ साउन १७ गते ९:४४

धनगढी, १७ साउन– एसियाली विकास बैंक (एडिबी)को सहयोगमा कैलाली र कञ्चनपुर जिल्लाका चार नगरपालिका क्षेत्रमा व्यवस्थित सहरी विकास परियोजना लागू गर्ने तयारी गरिएको छ । कैलालीका धनगढी नगरपालिका र अत्तरिया नगरपालिका तथा कञ्चनपुरका झलारी–पिपलाडी नगरपालिका र भीमदत्त नगरपालिका क्षेत्रमा सो परियोजना लागू गरिने धनगढी...

बाबुले लिए आफ्नै छोराको ज्यान

२०७२ साउन १७ गते ९:२२

गाईघाट, १७ साउन–उदयपुरको पहाडी गाविस बाँसबोटे–७ बुथकुनीमा शनिबार साँझ छुरा प्रहार भएर एक युवकको हत्या भएको छ । बुथकुनीका ४८ वर्षीय दलबहादुर राईले आफ्नो १८ वर्षको छोरा गम्भीरराजको हत्या गरेको अभियोग लगाइएको छ । स्थानीयवासी शिक्षक कुम्भराज राईका अनुसार बाबुछोराको बेंसी खेतमा धान रोप्ने...

मोरङमा छ सय परिवार बाढीको जोखिममा

२०७२ साउन १७ गते ९:१७

मोरङ, १७ साउन– मोरङको केराबारी–७ का ६०० परिवार बाढीको जोखिममा परेका छन् । यस वर्षको बाढी स्थानीय मुगु खोला पूर्वपट्टिको भागमा धार परिवर्तन गरीस्थानीय बस्ती नजिकै भङ्गालो आइपुगेकाले गाउँले रातभरि जाग्राम बस्ने गरेको स्थानीयवासी मधु राईले बताए । स्थानीयवासी चिन्तामणि गुरागाईंका अनुसार खोला नियन्त्रणका...

पाँच विद्यालयलाई ८० बन्डल जस्तापाता

२०७२ साउन १७ गते ९:०९

नुवाकोट– बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले सिटिजन्स बैंक इन्टरनेसनलको सहयोगमा भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेका पाँच विद्यालयलाई जस्तापाता वितरण गरेको छ । संस्थाले आफ्नो कार्यक्षेत्रभित्र रहेका आफ्ना ग्राहक सदस्यका बालबच्चा पठनपाठन गर्ने विद्यालयलाई शनिबार ८० बन्डल जस्तापाता दिएको हो ।...

डुब्न लाग्यो जनकपुर

२०७२ साउन १७ गते ८:४९

जनकपुरधाम, १७ साउन–मिथिलाको प्राचीन एवम् ऐतिहासिक नगरीका रुपमा परिचित जनकपुरमा खाल्टाखुल्डी सडक, ढलको उचित निकास र फोहर व्यवस्थापन मुख्य समस्याका रुपमा रहेको छ । दुई दिन भएको मुसलधारे वर्षाका कारणले गर्दा सडक जलमग्न बनेको छ । सम्बन्धित निकायले ध्यान नदिएका कारण जनकपुर फोहरले भरिएको...

पर्यटकीय गाउँमा अब प्लास्टिक हटाइने

२०७२ साउन १७ गते ८:४२

म्याग्दी, १७ साउन– म्याग्दीका पर्यटकीय गाउँलाई प्लास्टिक मुक्त क्षेत्र बनाउने अभियान थालिएको छ । दीर्घकालसम्म मानव स्वास्थ्य र वातावरणलाई प्रभाव पार्ने भएकाले स्थानीय पर्यटन व्यवसायीको अग्रसरतामा नागी, टिकोट, खिवाङ, शिख, घार, पाउद्वार र नारच्याङ गाउँ प्लास्टिक मुक्त क्षेत्र बनेका हुन् । साथै अन्नपूर्ण–धौलागिरि सामुदायिक...

दुईवटा ट्रकको बीचमा मोटरसाइकल च्यापिँदा २ जनाको मृत्यु

२०७२ साउन १६ गते १९:१९

चितवन, १६ साउन-नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत कालीखोलामा शनिबार दिउँसो ट्रकले च्यापिएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग३प ३५८१ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको ट्रकमा च्यापिएर मृत्यु भएको हो । ट्रकका च्यापिएर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us